निर्णय नं. ६१७१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१७१ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०३/१३ २६९७ निर्णय नं. ६१७१ ने.का.प. २०५३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्दराज पाण्डे २०५१ सालको रि.पु.इ.नं........ ५९ आदेश मितिः- २०५३।३।१३।५ विषय: उत्प्रेषण । निवेदकः- का.जि.का.न.पा. वडा नं. १ बस्ने उपेन्द्रनाथ उपाध्याय । ऐ.ऐ. बस्ने महेन्द्रनाथ उपाध्याय । विरुद्ध विपक्षीः- गुठी संस्थान के.का. रामशाहपथ । गुठी संस्थान, गुठी लगत तथा तहसिल कार्यालय । मालपोत कार्यालय, डिल्लिबजार का.जि. विष्णु गा.वि.स. वडा नं. ३ बस्ने माहिला नकर्मी । श्री भक्त हेमेश्वर, हेम भक्तेश्वर, सान्त बालेश्वर समेत श्री ३ शिवालय क्षेत्रपाटी । गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले गुठी अधिनस्थ जग्गाको बन्दोबस्त गर्ने सम्म व्यवस्था गरेको तर गुठी जग्गाको मोहियानी हकको तेरो मेरो परेकोमा सो विषयको निर्णय गर्ने अधिकार गुठी संस्थानलाई प्रदान गरेको नदेखिने । (प्र.नं.९) गुठी जग्गाको मोहियानी हकको तेरो मेरो सम्बन्धी विवादको निरोपण गर्ने अधिकार गुठी संस्थानलाई भएको देखिन आएन । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३१(क) ले मोहियानी हकको तेरो मेरो सम्बन्धी विवादको निर्णय गर्ने अधिकार भूमी सुधार अधिकारीलाई प्रदान गरेको सो दफाले गुठीको जग्गालाई बाहेक गरको समेत देखिन नआएबाट गुठी जग्गाको हकमा समेत सबुद प्रमाण बुझी मोही सम्बन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई भएको मान्नु पर्ने । (प्र.नं. ९) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षीतर्फबाटः- विद्वान वरिष्ठ सरकारीअधिवक्ता श्री देवशरण प्रसाद अबलम्बित नजीरः- २०४९ सालको दे.पु.नं. ७१६, ७९९ गणेश बहादुर गिरी विरुद्ध कालु गिरी भएको निर्णय बदर मुद्दामा प्रतिपादित सिद्धान्त । आदेश न्या. केशव प्रसाद उपाध्यायः- सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(ख) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः- २. हामी फुपु दिव्य कुमारीले भक्त हेमेश्वर, हेम भक्तेश्वर र सान्त बालेश्वर समेत श्री ३ शिवालय गुठी अन्तर्गतको जग्गा मध्ये दुई रोपनी खेत बहादुर सार्कीबाट संवत् २००४ सालमा खरीद गरी गुठीमा लाग्ने पोत साल सालै बुझाउदै भोग गर्दै आएकोमा नापीको समयमा फुपु वृद्ध हुनु भएको र हामी कर्मचारी भै बाहिर रहनु परेकोले उपस्थित हुन सकेनौ । नापीमा उक्त जग्गा जिल्ला काठमाण्डौ विष्णु गा.पं. वडा नं. ३(क) कि.नं. १०३ मा नरवेसी भै तीन रोपनी चार आना कायम भएकोमा फुपु परलोक भएपछि मिति १९९८।८।२१ मा फुपु दिव्य कुमारीले गरी दिनु भएको शेष पछिको बकसपत्र अनुसार हामीले भोग गरी विपक्षी श्री ३ शिवालय क्षेत्रपाटीलाई फुपुकै नामबाट बाली बुझाई आएकोमा उक्त जग्गा नापी हुँदा तुलसी नारायणले सो जग्गाको जग्गाधनी का.जि. नक्साल बस्ने जगनाथ उपाध्यायलाई देखाई आफुले मोही भै कमाएको भन्ने फिल्डबुकमा लेखाएको रहेछ । उक्त हाम्रो जग्गलाई माहिला नकर्मीले पचाउने नियत गरी वेखालाल श्रेष्ठको विर्ता जग्गा निजले रैकरमा परिणत नगरेको भनी मोहीको हैसियतले जग्गाको स्वामित्व प्राप्त गर्ने प्रयास गरेछन् । उक्त जग्गा फुपु दिव्य कुमारीको भएकोले उहाँको शेप पछिको हकवाला हामी निवेदकहरुको सो जग्गा हाम्रो नाउँमा दर्ता गरी जग्गाधनि प्रमाण पुर्जा पाउन विपक्षी मालपोत कार्यालयमा निवेदन दिएकोमा विपक्षी