निर्णय नं. ४५४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५४४ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०३/१७ २४५६ निर्णय नं. ४५४४ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं.६९१ आदेश भएको मिति २०४९।३।१७ मा निवेदक : प्युठान विजुवार पंचायत वा.नं.४ फुलवारी बस्ने वर्ष २६ को चतुरे भन्ने द्रोणप्रसाद पौड्याल विरुद्ध विपक्षी : का.मु.नापी अधिकृत, अग्नीधर शर्मासमेत विषय : उत्प्रेषण (१) यस अदालतको असाधाराण अधिकार क्षेत्रको सुरक्षणको माग गर्न आउँदा पक्षहरुले सफा हात आउनु पर्ने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदन यसप्रकार रहेछ । २. पिता पराश्वर पौड्यालले सुर्वणकुमारीको हक भोगको २४ सालमा नम्बरी दर्ता भएको जग्गा २०३५।२।१७ मा राजीनामा गरी लिनु भएको मु.टोपबहादुर जिम्माको प्यूठान मालमा तिरो दाखिल हुने जग्गा मध्ये पूर्व कुलो, पश्चिम बाटो उत्तर पूर्णलालको पाखो, दक्षिण मिनराजको बण्डा बमोजिमको पाखो यति ४ किल्ला भित्रको फुलवारी भन्ने पाखोको ३ खण्डको १ खण्ड र सोही राजीनामा मध्येको जि.बाबुराम जिम्माको ऐ. मालमा तिरी दाखिल गर्नु पर्ने पूर्व धारी कुलो उत्तर पूर्णलालको खेत दक्षिण दाजु मिनराजको बण्डाको खेत यति ४ किल्लाभित्रको डेवन डेरा फुलवारी भन्ने खेत ।६०।म।४०।म।१३ को खेत कित्ता १ समेत म निवेदक र पिता पराश्वर समेत बीच मिति २०३९।७।१८ मा पारीत भएको बण्डापत्रबाट मेरो अंश भागबाट हक स्थापित भएको जग्गा म निवेदकले निर्विवाद भोगी चर्ची आएको थिएँ । प्रत्यर्थी मध्येको पूर्णलाल र पिता पराश्वर बीच जग्गा खिचोला मुद्दा परी प्यूठान जिल्ला अदालतबाट विपक्षी वादी दावी नपुग्ने ठहर भई म.प.क्षे.अ.र सम्मानीत सर्वोच्च अदालतबाट वादी दावी पुग्ने ठहरी मिति २०४२।२।७ मा अन्तिम फैसला भए बमोजिम विपक्षीको वादी दावी बमोजिमको जग्गा क्षेत्रफल नखुलेको कारणले स.अ.को आदेश बमोजिमको जग्गा विपक्षीलाई प्यूठान जिल्ला अदालतबाट मिति २०४४।१०।१६ मा मुचुल्का सरजमीन भई विपक्षीले पाउने ठहर भएको जग्गा मिति ०४४।१०।२० मा चलन पुर्जी प्राप्त गरेको थियो । विपक्षीले आफूले चलन पाएको जग्गा र अन्य विपक्षीकै विवाद नपरेको जग्गा आफैंले भोग चरी आएको र निवेदकले पनि सो विवाद परी विपक्षीको फैसला बमोजिम ठहर भएको बाहेकको जग्गा म निवेदकले नै भोगी चर्ची आएको थिएँ तत्सम्बन्धमा कुनै विवाद थिएन । ३. प्यूठान जिल्लामा प्रत्यर्थी ९ नं.नापी गोश्वाराबाट नापजाँच प्रारम्भ हुँदा ९ नं.नापी गोश्वारा साविक १ नं.नापी टोली द्वारा विजुवार पंचायत वडा नं.४ मा नाप जाँच शुरु भएपछि म निवेदकले उल्लेखित सुवर्णकुमारीबाट पिता पाराश्वरले राजीनामा प्राप्त गरी पिताबाट अंश छुटी पारित बण्डापत्र बमोजिम हक स्थापित भएको जग्गाहरु विजुवार पंचायत वडा नं.४ मा नाप जाँच गर्ने साविक १ नं.टोली समक्ष उपस्थित भई आफ्नो हकको जग्गाहरु नाप नक्सा गराउँदा म निवेदकको नाउँमा प्यूठान जिल्ला विजुवार पंचायत वडा नं.४ अन्तर्गतको कि.नं.४ अन्तर्गतको कि.नं.३५८, ३५९, ३६०, ३६१, ३६२, ३६५, ३६६, ११४१, ११४२, ११४३, ११४६ समेत जम्मा ११ कित्ता म निवेदकको नाउँमा विधिवत नाप नक्सा भएको थियो । उक्त नाप नक्सा