निर्णय नं. ४५४५ - लागू औषध (हेरोइन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४५ - लागू औषध (हेरोइन) भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०१/२९ ३२३८ निर्णय नं. ४५४५ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको फौ.पु.नं.२४४ फैसला भएको मिति: २०४९।१।२९।२ मा पुनरावेदक/वादी: प्र.ज. अग्नु साहुतेली समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी: भारत मानपुर इम्फाल बस्ने जोफ्रीङ लुई खामसमेत मुद्दा : लागू औषध (हेरोइन) (१) शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको सहअभियुक्तको पोलको आधारमा आरोपित कसूर गरेको मान्न नसकिने । (प्रकरण नं. १९) पुनरावेदक/वादी तर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.लक्ष्मणप्रसाद अर्याल १. पू.क्षे.अ.को निर्णय उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. काकडभिट्टा गा.पं.वडा नं.८ स्थिति ए.वि.सी.लजमा नशालु पदार्थ सेवन गरी केही व्यक्ति बसेकाछन् भनी सुराक पत्ता लगाई गई हेर्दा उक्त मानिस हेरोइन अं. १५० मिलीग्राम सहित फेला परेकाले मौकामा बरामदी मुचुल्का समेत तयार पारी आवश्यक कारवाहीको लागि पेश गरेका छौं भन्ने समेत अग्नु तेलीसमेतको जाहेरी प्रतिवेदन । ३. प्रतिवादी मध्येका भेषराज कार्की र नाम थाहा नभएका एकजना मानिसले हामीसंग हेरोइन छ भनी मलाई भनेकाले हेरोइन सेवन तथा इन्जेक्सन लिने गरेको र आफूलाई सेवन गर्ने आवश्यक परेकोले भा.रु. ३००।– (तीनसय) मा खरीद गरी इन्जेक्सनद्वारा हेरोइन सेवन गराएको हुँ । बरामद भएको बाँकी हेरोइन यही हो भन्ने समेत व्यहोराको जोफ्रिङ लुईखामले प्रहरीमा गरेको बयान कागज । ४. हेरोइन मैले खरीद गरेको नभई भाइ जोफ्रिङ लुईखामले भेषराज कार्कीबाट भा.रु. ३००।– मा खरीद गरिलिएछ । सो हेरोइन भिक्सको बट्टामा पानी हाली पोलीसिरेन्जमा हाली पाखुरा कुइनाको जोडनी नशाबाट हेरोइन सेवन गरी मैले पनि सोहीबमोजिम हेरोइन सेवन गरेको हुँ भन्नेसमेत टोनिक लुईखामले प्रहरीमा गरेको बयान कागज । ५. बरामद भएको हेरोइन गोविन्द कार्कीले भारततर्फबाट ल्याई दिएकाले मैले जोफ्रिङ लुइखामलाई भा.रु. ३००।– मा बिक्री गरी दिएबाट सो बिक्री गरी दिए बापत भा.रु. २०।– कमिशन कटाई भा.रु. २८०।– गोविन्द कार्कीलाई दिएको हुँ भन्ने समेत व्यहोराको प्र.भेषराज कार्कीले प्रहरीमा गरेको बयान कागज । ६. मिति २०४५।२।२७ मा प्रहरीले प्रतिवादीहरुलाई ए.वि.सी. लजमा हेरोइन सेवन गरी बसेको अवस्थामा फेला पारी हेरोइन बरामद भएको ठिक हो भन्ने समेत सरजमीन मुचुल्का । ७. प्र.जोफ्रिङ लूइखाम र टोनिक लुइखामलाई खरीद र सेवन गरे बापत र भेषराज कार्की र गोविन्द कार्कीलाई बिक्री वितरण र पैठारी गरेतर्फ समेत लागू (पदार्थ) औषध नियन्त्रण ऐन, ०३३ को दफा ४ र १४ को (१)(ग) अनुसार हदैसम्म सजायँ होस भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ८. बरामद भई आएको हेरोइन भाइ जोफ्रिङले कहाँबाट खरीद गरी ल्याए मलाई थाहा छ्रैन भिक्सको बट्टामा पानी हाली हेरोइन घोली पहिला जोफ्रिङले इन्जेक्सन दिई त्यसपछि मैले एक इन्जेक्सन दिएको हुँ । औषधिका रुपमा हप्तामा एकपटक दिने गरेको छु । खरीद बिक्री गर्न र सेवन गर्ने गरेको छुइन प्रहरीमा गरेको कागज खुशीराजीसंग गरेको हुँ भन्ने समेत व्यहोराको प्र.टोनिक लुइखामले अदालतमा गरेको बयान । ९. हेरोइन मैले बिक्री गरेको नभई गोविन्द कार्कीले भा.रु. ३००।– मा बिक्री गरी प्र.जोफ्रिङ र टोनिकले पानीमा ह