निर्णय नं. ४५४६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/१२/३० २७७९ निर्णय नं. ४५४६ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४५ सालको रिट नं.८८७ आदेश भएको मिति: २०४८।१२।३०।१ मा निवेदक : हेटौंडा औद्योगिक क्षेत्रस्थित नेपाल सिन्थेटिक इण्डष्ट्रिज का तर्फबाट ऐ.को अधिकार प्राप्त महाप्रबन्धक शिलबहादुर बज्राचार्य विरुद्ध विपक्षी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्री महानिर्देशक श्रम विभागसमेत विषय : उत्प्रेषण (१) नसियत दिन पाउने अधिकार निवेदकलाई भएको निवेदकले आफ्नो कार्यमा कर्मचारीको सुधारको लागि नसियत दिने लगायतका अधिकार प्रयोग गरेकोमा स्पष्ट रुपमा कानुनको उल्लंघन भएको अवस्थामा बाहेक करारका कर्मचारीसंग माग गरिएको स्पष्टीकरण बदर गर्ने गरेको कानुनसंगत नहुँदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगाना विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षी नं.२ लाई यस उद्योगमा ज्यालादारीको रुपमा काम गर्ने गरी करारमा २०४०।५।२६ देखि काममा लगाइएकोमा केही समयपछि अनुशानहिन काम गरेकोले प्रथम पटक ०४२।२।२२ मा नसिहत दिइएको थियो । विपक्षीको रातको डिउटी हुँदा दिउँसो अनुमति बेगर कारखानामा प्रवेश गरी कामदारलाई विथोली काममा बाधा पुर्याएकोले स्पष्टीकरण माग गरिएकोमा सन्तोषजनक नभएकोले नसिहत दिइएको थियो । विपक्षीले नसिहत र बर्खास्तीको विरुद्ध निजले ना.अं. श्रम कार्यालय समक्ष दिनु भएको उजूरीमा कार्यालयको निर्णय सदर गरिएकोमा विपक्षीको श्रम विभागमा पुनरावेदन गर्दा उद्योग र श्रम कार्यालयको निर्णय बदर गरी मिति २०४४।५।४ मा निर्णय गरिएछ सो को जानकारी २०४४।५।१२ मा दिइयो । ३. विपक्षी नं.२ लाई नसिहत र बर्खास्त दिएकोमा निजले कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, ०१६ को दफा ५१(३) अन्तर्गत भनी श्रम कार्यालय र श्रम विभागमा उजूरी र पुनरावेदन दिनु भएको रहेछ । विपक्षी कारखानाका स्थायी कर्मचारी नभएकोले काम गर्दा मात्र ज्याला पाउने हुनाले निजको हकमा सो ऐन लाग्ने होइन । करारको कर्मचारी भन्ने प्रतिवाद उद्योगको भएपछि करार वा स्थायी के हो निर्णय गरी स्थायी भएमा मात्र विपक्षी विभागले पुनरावेदन हेर्नु पर्नेमा सो नगरी अ.बं. १८४क. को त्रुटि गरी निर्णय गरेको छ । विपक्षी समसूल अलीलाई ०४२।२।२२ र ०४२।२।२७ मा नसिहत दिई ०४२।३।४ को पत्रबाट बर्खास्त गरे उपरको पुनरावेदनमा श्रम विभागले उक्त मितिको बर्खास्ती बदर गरेको छ र ०४२।२।२७ को नसिहत कायमै छ । ४. विपक्षी समसूल मियालाई नसिहत दिइसकेपछि २०४२।३।३ मा आफ्नो काममा उपस्थित नभई बाहिर गएकाले मिति २०४२।३।४ को पत्रबाट बर्खास्त गरिएकोलाई श्रम विभागले विपक्षी समसूल अनुपस्थित रहेको तथ्ययुक्त देखियो तर प्राकृतिक न्याय सिद्धान्त विपरीत सफाईको मौका नदिई सेवाबाट बर्खास्त गरेको कानुन अनुरुप नहुँदा भनी गरेको निर्णयमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(१) विपरीत छ । विपक्षीलाई नसिहत दिएको कायमै रहेको भन्ने र ०४२।३।३।३ मा छड्केमा परेको कुरामा विवाद नभएको र करारमा काम गर्ने कर्मचारी