निर्णय नं. ४५४७ - अदालतको अपहेलनामा कारवाही गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५४७ - अदालतको अपहेलनामा कारवाही गरिपाउँ भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/१२/०६ २३२८ निर्णय नं. ४५४७ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको फौ.वि.नं.६८ फैसला भएको मिति: २०४८।१२।६।५ मा निवेदिका: का.न.पं. वा.नं.२७ बस्ने हिमा सिंह विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने उषा सिहंसमेत मुद्दा : अदालतको अपहेलनामा कारवाही गरिपाउँ (१) सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश तत्कालीन अंचलाधीशको कार्यालयका नाउँमा मात्र भएको र सो कार्यालय यस मुद्दामा विपक्षी समेत नरहेको साथै अंचलाधीशको कार्यालय खारेज भइसकेको स्थितिमा जसका नाउँमा अन्तरिम आदेश भएको हो सो कार्यालय बाहेकका अन्य व्यक्ति वा निकाय उपर अपहेलनामा कारवाही गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदिकातर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने, विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ तथा सर्वोच्च अदालत ऐन बमोजिम दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. स्व.कुलदीप सिंहका ३ छोराहरु क्रमशः शंशेर बहादुर, फत्तेबहादुर र चिनीयालाल बीच १९९६ सालमै बण्डा भएको हो । १९९७ सालमा राजकाज मुद्दामा फत्तेबहादुर र चिनियालालको अंश भाग सर्वस्वमा परे तापनि २००१।१।२२ र २००९।८।२७ मा फत्तेबहादुर चिनियालालकै हकवालाले फिर्र्ता समेत पाएँ । नापीमा ३ भागै एकै कित्ता गरी फत्तेबहादुरको नाउँमा का.जि. का.न.पं. वा.नं.२७ कि.नं.१३६९ कायम हुन पुगेछ । फत्तेबहादुर समेतबाट ३ भाग हुनु पर्ने आशय व्यक्त गर्दै ३ नं.नापी गोश्वारामा निवेदन परेको थियो । अर्कोतर्फ चिनियालालको पत्नीले फत्तेबहादुर उपर नालेश गर्दा अंशमा दावी नपुग्ने फैसला ठीक छ भनी २०४१।७।१५ मा सर्वोच्च अदालतले अन्तिम आदेश गरेको थियो । निवेदिकाको ससुरा फत्तेबहादुरका नाउँमा नापी भएको उक्त सम्पत्ति ३ भागमा बण्डा भएकोमा विवाद गर्ने ठाउँ समेत थिएन छैन । फत्तेबहादुरतर्फका हकवाला निवेदिका समेत हुँ भने चिनियालाल तर्फको घरकी मुख्य अविवाहिता छोरी विपक्षी उषा सिंह हुन । त्यस्तै अंश सर्वश्वमा नपरेको शम्सेरबहादुर तर्फको हकवालाले समेत मा.पो.का. मा उपस्थित भई आ–आफ्नो पूर्खाको बण्डा अनुरुप भागको लालपूर्जा प्राप्त गर्न बयान गर्नुभएको छ । चिनीयालालको तर्फको हाँगाकी घरकी मूल व्यक्ति विपक्षीले फत्तेबहादुर तर्फका हक हिस्सा मध्ये पसल कवलको बहाल खाई आएकी थिइन । मा.पो.का. मा ३ भाग छुट्याई लालपूर्जा पाउन मेरो निवेदन परेपछि आफ्नो आम्दानी घट्ने ठानी गृह मन्त्रालय अन्तर्गत तत्कालीन अंचलाधीश कार्यालय मार्फत दुःख दिने र मा.पो.का. को कार्य अघि बढाउन रोक्ने कार्य गरेपछि मैले यस अदालतमा प्रतिषेधको निवेदन दिएकोमा अन्तरिम आदेश जारी भएको थियो । सो बाट क्रुद्ध भई गृह मन्त्री र प्र.जि.अ.गुहारी मिति २०४७।२।२४ गते सादा लुगामा केही प्रहरी र जि.का.का कर्मचारी समेत आई बलपूर्वक रु. २,१७३७२।– को सामान लुट्न थाल्नुका साथै घरबाट समेत निकाली फत्तेबहादुर तर्फको हिस्सा समेत सम्पूर्ण कब्जा गरियो । सो तर्फ छुट्टै नालेश गर्नेछु । खटी आउनेहरुसंग स.अ.मा कारवाही चलेको र अन्तरिम आदेश भएको छ । यसो नगर्नुस भन्दा हामीलाई सि.डि.ओ. र गृह मन्त्रीको आदेश नै पर्याप्त छ अदालतको आदेश मान्न बाध्य छैनौं भनी सा