निर्णय नं. ६१७३ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१७३ - जग्गा दर्ता भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/११/०८ २९९५ निर्णय नं. ६१७३ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०५० सालको दे.पु. नं........ १३२७ फैसला मितिः- २०५२।११।८।३ मुद्दा: जग्गा दर्ता । पुनरावेदक/प्रतिवादीः- जिल्ला सप्तरी हाल गा.वि.स. सारस्वर वडा नं. ९ बस्ने रामरुप गोप यादव मरी निजको हकमा पुनरावेदन गर्ने निजको छोरा शिव नारायण यादव । विरुद्ध प्रत्यर्थी/वादीः- ऐ. हाल गा.वि.स. फुलकाही वडा नं. ९ बस्ने सूर्य प्रसाद यादव । दरपीठ कीर्ते हो भनी वादीले यस अदालतमा पुनरावेदन कारवाही चलाइएको पाइएन । सक्कल राजीनामा लिखतमा दरपीठ गरी वादीले छोडपत्र गरी दिएको सद्दे सांचो देखिएपछि त्यस्तो जग्गामा उक्त लिखतको आधारबाट मेरो हक छ, जग्गा पजनीको २(क) नं. बमोजिम मेरो नाउँमा दा.खा. हुने हुँदा प्रतिवादीको दर्ता बदर गरीपाऊ भन्ने वादीको दाबी पुग्न नसक्ने । (प्र.नं.२१) मुलुकी ऐन, रजिष्ट्रेशनको महलको ३७ नं. बमोजिम अड्डाको श्रेस्ता नसच्याएको कारणबाट वादीको हक कायम रहेको भन्न नमिल्ने । (प्र.नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री कमलनारायण दास । प्रत्यर्थी वादी तर्फबाटः- × अबलम्बित नजीरः- × फैसला न्या. त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०४९।८।२५।५ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- २. विपक्षीको म संग रु.१३६१।- लिई निज नाउँ दर्ताको जिल्ला सप्तरी गाऊँ पंचायत मौजे मधुवनको सा.नं. ७०४ को -।२-।२ ऐ. नं. ७१८ को ३।।। समेत जम्मा ।०। १२ जग्गा २०२२।१०।५ गते राजीनामा गरी पास नगरेमा नालेश परी स.जि.अ. को फैसला बमोजिम २०२४।२।५ मा मालपोत कार्यालय सप्तरीबाट पारीत भएको दर्ता हुन बाँकी रहेको हाल सर्वेमा जिल्ला सप्तरी गाऊँ पंचायत सारस्वर वडा नं. ९ कि.नं. ४३० को ०-२-१३ ऐ. कि.नं. ४३६ को ०-५-१० समेत ०-८-३ मध्ये प्रतिवादीले आफ्ना नाउँमा दर्ता गराई लिएछन् सो जग्गा दर्ता गर्न मालपोत कार्यालयमा दरखास्त गर्दा झगडीया लिई आएमा कानून बमोजिम हुने गरी २०३८।९।२३।५ मा मालपोत कार्यालय सप्तरीबाट आदेश गरेकाले ३५ दिन भित्र नालेश गरेको छु, हाल सर्भेबाट कायम भएको जग्गा मेरा नाउँमा दर्ता गराई पाऊँ भन्ने समेत व्यहोराको मिति २०३८।१०।२० को फिरादपत्र । ३. विपक्षीलाई राजीनामा सम्म गरी दिएको सांचो हो, जग्गा बिक्री गरेको होईन । जग्गा लेखि राजीनामा गरी दिएको समयमा सांवा ब्याज बुझाउन नसकेकोले नालेश दिई लिखत पास गराए पनि विपक्षीको सांवा ब्याज बुझाई जग्गा फिर्ता गराउने ईच्छाले रजिष्ट्रेशन महलको २७ नं. र ३७ नं. अनुसार रुपैया बुझाई विपक्षी धनीको बाबु गोसाईको मन्जुरीसाथ रकम बुझी गोसाई, अधिकलाल रामजी समेतलाई साक्षी राखी सक्कल राजीनामाको पिठमा लिखत छोडपत्र दरपिठ गरी मलाई फिर्ता दिएकोले जग्गामा मेरो हक भोग पुगेकोले सर्भेमा आफ्ना नाउँमा नापी गराएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तरपत्र । ४. अ.बं. ८२ नं. ले हकदैया नै नपुग्ने र जग्गा नाप जांच ऐन, २०१९ को व्यवस्था भएको हदम्याद समेत नाघी पर्न आएको प्रस्तुत फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने २०४०।१०।८ को स.जि.अ.को फैसला । ५. शुरु जिल्ला अदालतको खारेजी फैसलाको ईन्साफमा चित्त बुझेन बदर गरी हक ईन्साफ पाऊँ भन्ने समेत २०४०।११।२२ को पुनरावेदन । ६. मालपोत कार्यालयम