निर्णय नं. ४५४८ - जीउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४८ - जीउ मास्ने बेच्ने भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/०३/२१ २५२२ निर्णय नं. ४५४८ ने.का.प. २०४९ (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको फौ.पु.नं.५३१, ५८० फैसला भएको मिति: २०४९।३।२१।१ मा पुनरावेदक/प्रतिवादी: केन्द्रीय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कृष्णबहादुर घलान विरुद्ध विपक्षी/वादी: पार्वती वाइवाको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा काठमाडौं, भद्रगोल शाखामा थुनामा रहेको लालबहादुर मोक्तान विरुद्ध विपक्षी/वादी: पार्वती वाइवाको जाहेरीले श्री ५ को सरकार मुद्दा : जीउ मास्ने बेच्ने (१) ज्यू मास्ने बेच्नेको १ नं.मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्नु हुँदैन भन्ने व्यवस्था पाइन्छ । यहाँ बिक्री गर्ने उद्देश्यले नेपाल सरहद बाहिर लगी बिक्री गर्ने कार्य नै मुख्य निषेधित कार्य रहेको छ । (प्रकरण नं. २५) (२) ज्यू मास्ने बेच्ने संगीन प्रकृतिका अपराधजन्य कार्यको हकमा सोही महल बमोजिम हुने सजायँलाई खण्डे र हदको सीमाले सीमांकन गर्न मिल्ने नहुँदा जीउ मास्ने बेच्ने महल बमोजिम कैद वर्ष (२०) बीसको सजायँ ठेक भएको अवस्थामा पुनरावेदनको रोहबाट निर्णय हुँदा थप सजायँ गर्न नमिल्ने भन्ने जिकिर सारगर्भित भन्न मान्न नमिल्ने । (प्रकरण नं. २६) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री नरहरी आचार्य, विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना विपक्षी/वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापती फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. म.क्षे.अ.को मिति २०४५।८।२।५ को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. जि.म. हाडी खोला गा.पं. वा.नं.१ चकरी गाउँ बस्ने हाल नाम थाहा भएकी श्रीमती विष्णुमाया दोड्डले २०४३।२।२२ गतेका दिन म मकै हेर्न जान लाग्दा भेटी मेरो दिदी विरामी भई उपचारार्थ विरगंज अस्पतालमा भर्ना भएको छ, साथी कोही पाइएन वीरगंजसम्म घुमेर आउँ भनी वीरगंज लगी आफ्नो पति खोजतलास गर्न आएकी मिना राजबंशी समेतलाई लिई वीरगंज अस्पताल गएँ, त्यहाँबाट डंकन अस्पताल लगेछ भनी रक्सौल पुर्याई विष्णुमायाको दाई भन्ने र देवर भन्ने आएपछि ५ जना रेलमा गई बम्बैको चिम्बुर भन्ने ठाउँमा नेपाली आइमाई भएको घरमा बेची गए, निजले हामीलाई अन्यत्र लान बाहिर ल्याउँदा त्यहाँबाट भागी भारतीय प्रहरीले मिना र म समेतलाई आश्रममा लगी राखे, केही महीनापछि अड्डासार गरी पठाउँदा ०४३।४।२४ गते यस कार्यालयमा बुझाउँदा मौकाको कागज समेत गरी गएको छु । निज विष्णुमायालाई देखी चिनी पक्राउ गरी बुझाउन ल्याएको, निजको दाई भन्ने देवर भन्ने को हुन खुलाई बकाई कारवाही गरी पाउँ भन्ने समेत पार्वती वाइवाको जाहेरी दर्खास्त । ३. इन्सपेक्टर अफ पुलिस काइम ब्रान्च बम्बईको पत्र साथ अड्डासार भई आएकी पार्वती लामा समेतलाई अभिभावकका जिम्मा लगाउन अड्डासार गरी पठाएको जिल्ला प्रहरी कार्यालय पर्साको पत्र समेत मिसिल संलग्न कागज । ४. मैले देखे चिन्ने ठेगाना र नाम थाहा नभएकी एकजना २५।२६ वर्षकी स्वास्नी मानिसले मलाई फकाई भारतको बम्बई शरहमा लगी बिक्री गरेको हो भन्ने समेत व्यहोराको पार्वती लामा भन्ने पार्वती वाइवाले गरेको कागज । ५. भारत बम्बईबाट अड्डासार हुँदै आएकी पार्वती वाइवालाई निजको अभि