निर्णय नं. ८५७७ - ट्रेडमार्क दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५७७ - ट्रेडमार्क दर्ता भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/११/०२ ९८७५ निर्णय नं. ८५७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६४ सालको दे.पु.नं... १०७४ फैसला मितिः २०६७।११।२।२ मुद्दा :– ट्रेडमार्क दर्ता । पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला, मुकुन्दपुर गा.वि.स. वडा नं. ९ वेल्डिया स्थित सुमी डिष्टिलरी प्रा.लि. र ऐ. का सञ्चालक समितिका तर्फबाट अख्तियारप्राप्त कर्मा घले विरुद्ध विपक्षी वादीः नेदरल्याण्ड स्थित Guinness United Distillers Vintners Amsterdan Bv (हाल Diageo Bronds SBV कायम गरिएको) को तर्फबाट अधिकारप्राप्त व्यक्ति ललितपुर जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १३ वस्ने अञ्जू उप्रेती ढकाल § उद्योगमा पेटेन्ट डिजाइन र ट्रेडमार्क महत्वपूर्ण हुन्छ । अर्थतन्त्र जतिसुकै Liberal र सरकारको भूमिका केवल License प्रदान गर्ने कार्य Licensing regime मा सीमित रहने भए पनि पेटेन्ट, डिजाइन र ट्रेडमार्क जस्ता Industrial Property मा उद्योगको एकाधिकार हुने । § खुला अर्थतन्त्र भएको देशमा सरकारले नै कुनै मालमा एक उद्योगीको मात्र एकधिकार हुन नदिन राज्यले नै प्रतिस्पर्धाको लागि Encourage गर्दछ । त्यही अनुकूल कानून पनि बनेको हुन्छ । तर, त्यस्तो अवस्थामा पनि कुनै उत्पादन तथा सेवामा प्रयोग हुने Patent, Design र Trade Mark को विकास र प्रयोग गर्नेको लागि कुनै उद्यमी तथा व्यवसायीले गरेको उत्पादित वस्तु वा सेवाको उपभोग गर्ने उपभोक्ताको हित रक्षाको लागि समेत यस्तो Patent, Design र Trade Mark को रक्षा गर्नु कुनै पनि राज्यको सार्वजनिक कर्तव्यको रुपमा लिइन्छ । कुनै व्यक्तिको आर्जन गरेको अन्य सम्पत्तिसरह यस्ता बौद्धिक सम्पत्तिको रक्षा गर्नु राज्यको प्रमुख दायित्व हुने । (प्रकरण नं.७) § पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को कानूनी व्यवस्थाअनुसार ट्रेडमार्क संरक्षणको लागि नेपालमा उद्योग विभागमा दर्ता गर्नुपर्ने र दर्तापश्चात्को संरक्षण, खारेजीको कारवाही समेतको व्यवस्थाले दर्ता भैसकेका ट्रेडमार्कले अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पुग्ने देखेमा विभागले दर्ता बदर समेत गर्न सक्ने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा र श्री हीरा रेग्मी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री तीलकविक्रम पाण्डे, श्री शिवप्रसाद रिजाल र श्री अञ्जू उप्रेती ढकाल अवलम्बत नजीरः सम्बद्ध कानूनः § नेपाल सन्धि ऐन, २०४७ § नेपाल पेटेन्ट डिजाइन तथा ट्र्ेडमार्क सम्बन्धी ऐन, २०२२ को दफा ३, १२ र १६ फैसला न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको फैसलामा चित्त नवुझी यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः यसमा Netherlands स्थित Guinness United Distillers Vintners Amsterdan B.V. ले आफ्नो उत्पादनमा लगाई आएको GORDON’S नामक ट्रेडमार्क अन्तराष्ट्रिय वर्ग ३३ अन्तर्गतका वस्तुमा प्रयोग गर्ने गरी नेपालमा पनि दर्ता गर्न भनी आवश्यक कागजातसहितको अधिकारनामा हामीलाई प्राप्त हुन आएकोले उक्त ट्रेडमार्क दर्ताको लागि अनुरोध गरिन्छ भनी लयर्स एण्ड लयर्स प्रा.लि.ले मिति ०६०।९।१४ मा निवेदन दिएकोमा सुमी डिष्टिलरीको नाममा CORDON दर्ता भैसकेको भन्ने उद्योग विभागबाट निवेदकलाई जानकारी गराइएकोमा निवेदकको नेपालस्थित प्रतिनिधि