निर्णय नं. ४५४९ - सुनको गहना निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५४९ - सुनको गहना निखनाई पाउँ भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०६/२७ २७०६ निर्णय नं. ४५४९ ने.का.प. २०४९ (ख) अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको दे.पु.नं.७५ फैसला भएको मिति: २०४९।६।२७।३ मा निवेदिका/प्रतिवादी: का.न.पं. वडा नं.२९ ठमेल केशरमहल बस्ने कृष्णचन्द देवी राणा विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. वा.नं.२ टंगाल बस्ने पद्मलक्ष्मी राज भण्डारी मुद्दा : सुनको गहना निखनाई पाउँ (१) नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइने । (प्रकरण नं. १७) (२) नासो धरौट कायम हुनलाई कुनै धन माल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्नको निमित्त कसैलाई दिएको हुन पर्ने । (प्रकरण नं. १७) (३) दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने बोली परी लिखत भएको देखिन्छ । यस प्रकारको व्यवहारमा नासो धरौटको १ नं.र ६ नं.आकर्षित हुने स्थिति देखिंदैन । त्यसकारण नासो धरौटको ७ नं.को हदम्याद नलाग्ने । (प्रकरण नं. १७) निवेदक/प्रत्यवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी प्रत्यर्थी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.मोहनप्रसाद शर्मा १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्तइजलासको २०४५।११।१ को निर्णय दोहर्याई पाउँ भनी प्रत्यवादीले न्यायिक समिति मार्फत चढाई पठाउनु भएको निवेदनपत्र र न्यायिक समितिबाट चढाई पठाएको पत्र साथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४६।१२।१४ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार छ :– २. पिता भिमबहादुरले मेरो लागि बनाई दिनु भएको नम्बरी सुन तोला २८।–।६ अठाइस तोला ६ लालको चन्द्रहार १ र ऐ.सुन तोला ११–९–८ एघार तोला नौमासा आठ लालको चुरी थान ४ समेत जम्मा सुन तोला ४०।१४ चालीस तोला चौध लाल विपक्षीलाई बन्धकी दिई रु. ८,५००।– २०२१।१२।२५।४ मा लिएको थिएँ । उक्त गहना बन्धकी दिएको निस्सा २०२१।१२।२५।४ को लिखत र रु. ८,५००।– बुझाई निखनी लिन भनी २०४० सालमा जाँदा धेरै वर्षको कुरा भयो यति पछि निखन्न मिल्दैन भन्ने जवाफ बक्सेकोले नालिस गर्न आएको छु । उक्त रु. ८,५००।– विपक्षीलाई बुझाउन लगाई उक्त सुनका गहना निखनाई पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको फिराद । ३. फिराद लेखबाट २०२१।१२।२५।४ मा धन माल गहना धरौट राखी रुपैयाँ लिई रसीद भर्पाई गराई लिएको देखिन्छ । नासो ऐन नासो धरौटको ७ नं.अनुसार १० वर्षभित्रको फिराद हुनु पर्नेमा १९ वर्ष पछि २०४० सालमा हदम्याद नाघेको आधारबाट खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको कृष्णचन्द्रदेवी राणाको प्रतिउत्तर । ४. वादीले प्रमाण दिएको लिखत २०२१ सालको भई फिरादपत्र २०४० सालमा पर्न आएकोमा १० वर्ष बितिसकेपछि पर्न आएको फिरादबाट नासो धरौटको ७ नं.को म्याद नाघी आएको हुँदा कारवाही गर्न नमिली खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।१।१२ को फैसला । ५. कानुन बमोजिमको लिखतलाई मान्यता नदिई १० वर्षको हदम्याद नाघेको भनी खार