निर्णय नं. ४५५० - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५५० - लिखत दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०४/२७ ३०११ निर्णय नं. ४५५० ने.का.प. २०४९ (ख) अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको दे.पु.इ.नं.९७ फैसला भएको मिति: २०४९।४।२७।३ मा निवेदक/प्रतिवादी: बारा जिल्ला झिटकैया गा.वि.स. वा.नं.१ झिटकैया बस्ने योगन्द्रप्रसाद यादव विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. कलैया न.पा. वा.नं.२ औधापुर बस्ने सुर्जोदेवी अहिरसमेत मुद्दा : लिखत दर्ता बदर (१) साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको दर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न नमिल्ने । (प्रकरण १३) (२) अंशबण्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात बाबुको हकमा प्रयोग हुने हो बाबु बाहेकका घरको मुख्यलाई अंशबण्डाको १९ नं.नलाग्ने । अंशबण्डाको १९ नं.मा पनि बाबु स्वयं नै कारणी भएर व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा अंशबण्डाको १९ नं.नलाग्ने । (प्रकरण १३) (३) लेनदेन व्यवहारको १० नं.अनुसार सगोलमा रहेको अंशीयार साक्षी नराखी निजको मन्जूरीको लिखत समेत नगराई, गराई लिएको रजिष्ट्रेशन पारित भएको भनेको राजीनामा लिखत मध्ये वादीको हक भाग पनि निजको मन्जूरी बेगर लिखत गरी लिएको कानुनसंगत नदेखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल अवलम्बित नजीर: ने.का.प. २०४५ अंक ८, पृष्ठ ७४३) फैसला न्या.लक्ष्मणप्रसाद अर्याल १. श्री ५ महाराजाधिराजका हजूरमा मुद्दा दोहराई पाउँ भनी योगेन्द्रप्रसाद यादवले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्र र न्यायिक समितिको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४५।५।२ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. गोपाल भगत र मेरो गर्भबाट जन्मेको जेठो छोरा विपक्ष प्रेम राउत माइला जगदीश र कान्छा राम शंकर समेत ३ छोरा छन् । घरमा परिवार बढेकोले आपसमा २०३७।७।५।१५ मा मानो छुट्टी जग्गाहरु लोग्ने बाबु गोपाल भगत र छोरा दाजु प्रेमको नाममा कायमै राखि आएको थियौं । विपक्ष प्रेमले हाम्रो अंश मार्ने नियतबाट विपक्ष योगेन्द्रप्रसादलाई रु. ३१५६०।– लिई आफ्नो नाउँ दर्ताको झिटकैया गा.पं. वा.नं.१ कि.नं.२०२ को ज.वि. ०–१६–० र कि.नं.२०४ को ज.वि. १–०–० समेत घरसारमा राजीनामा गरी लोग्ने बाबु गोपाल भगतलाई साक्षी राखी २०३७।११।२८ मा रजिष्ट्रेशन पास भएको कुरा गाउँ घरमा सुनी २०३८।१।९ मा नक्कल लिई थाहा पाएकोले प्रेम राउतले हाम्रो हक मेटिने गरी योगेन्द्रप्रसादलाई लिखत गरी दिएको हुनाले लेनदेन व्यवहारको १० नं.को दावी लिई फिराद गर्न आएका छौं । उक्त ४ खण्ड को ३ खण्ड लिखत दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । ३. विपक्षी मध्येका सुर्जिका छोरा जगदिश र राजशंकरको दाजु प्रेमबहादुर राउतले आफ्