निर्णय नं. ४५५१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५५१ - लेनदेन भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०१/२२ २३४४ निर्णय नं. ४५५१ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४५ सालको दे.पु.नं.८२८ फैसला भएको मिति: २०४९।१।२२।२ पुनरावेदक/वादी: का.न.पं. वा.नं.३० कमलादी बस्ने नानी महर्जन विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.वा.नं.१२ बस्ने बेखानारायण प्रज्ञापतिसमेत मुद्दा : लेनदेन (१) कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्त राम भण्डारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) (ग) बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. काठमाडौं जिल्ला का.न.प. १२ वडा ध्याचलखु कुमाननी टोलको पूर्व ध्रुव महर्जनको घर पश्चिम गोपाल श्रेष्ठको घर उत्तर गोपाल श्रेष्ठको घर दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको १० हात लम्बाई चौडाई पाताल जग्गा १ पूर्व ध्याचलखु कुमाननी चोक पश्चिम गोपाल श्रेष्ठको घर उत्तर बेखानारायणको भागमा परेको घर, दक्षिण ध्रुव प्रजापतिको घर यति ४ किल्लाभित्रको ३ कवले ४ तल्ले पक्की झिंगटी घर समेत १ मध्ये दक्षिण पट्टिको २ कबल २ नाले ४ तले पक्की झिंगटी घर समेत विपक्षका पिता नारायण प्रजापतिले म बाट रु. २५,०००।– कर्जा लिए बापत २०३४।४।१ गते राजीनामा तमसूक लेखी दिनु भएको, रजिष्ट्रेशन पारीत हुन नपाउँदै नारायण प्रजापति ०३५।७।२३।५ मा परलोक हुनुभएकोले अपुताली खाने विपक्षहरुले उक्त तमसूक लिखत अनुसार सावाँ व्याज नबुझाई बखेडा खडा गरेकोले लेनदेन व्यवहारको २ र २२ का आधारमा लिखत कपाली भएका मितिदेखि ०३५।१०।७ गतेसम्मको व्याज रु. ३७७०।७२ र साँवा रु. २५,०००।– समेत जम्मा रु. २८,७७०।७२, लेनदेन व्यहारको ४ नं.अनुसार अन्तिम फैसला भएको मितिसम्मको व्याज समेत विपक्षीहरुबाट बराबरका दरले दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. म प्रतिवादी बेखानारायण वादी नानी माया, प्र.नाती समेत एकै बाबु आमाबाट जन्मेका दाजु बैनी दिदी भाइ हो, बाबुले कर्जा लिई घर राजीनामा गरी दिनु भएको छैन । भए सो तमसूकमा मलाई साक्षी राख्नु पर्ने राखेको छैन, घर जग्गा राजीनामा लिएको भए रजिष्ट्रेशनका ४ नं.को म्याद ६ महीनाभित्र साहू आसामी दुवै थर अड्डामा गई लिखत पास गराई लिन सक्नु पर्ने गरी नदिए सो म्याद नाघेका ३५ दिनभित्र रजिष्ट्रेशनको ५ नं.बमोजिम नालेश गरी लिखत पारित गराई लिन सक्नु पर्ने पारीत गराई लिन नसकेकोबाट पनि वादी दावी झुठ्ठा देखिन्छ । विपक्षीले पेश गरेको सक्कल कागज अ.बं. ७८ नं.बमोजिम देख्न सुन्न पाएका बखत सद्दे कीर्ते जालसाजी जे देखिन्छ नामाकरण गर्नेछु भन्ने समेत बेखानारायण प्रजापतिको प्रतिउत्तरपत्र । ४. प्रतिवादी नाती प्रजापतिको प्रतिउत्तरपत्र नपरेको । ५. प्रतिवादी मध्येका नाती प्रजापति बाबुलाई कुरी बसेका, निजहरु दिदी भाइ मिली मलाई अंश मार्नको निमित्त जालसाज गरी रु. २५,०००।– को लिखत खडा गरी मरी सकेका मेरा बाबुको ल्याप्चे सहीछाप लगाई लिखत तयार गरेको हुनुपर्छ । २०१५।८।२६।५ को भोगबन्धकी सक्कल तमसूकमा लागेको मेरा बाबुको ल्याप्चे सहीछापसंग उक्त सहिछाप विशेषज्ञद्वारा जाँच गरी जालसाजी लिखत खडा गर्