निर्णय नं. ६१७७ - कुत मोही

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१७७ - कुत मोही भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०३/११ २३३४ निर्णय नं. ६१७७ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५२ सालको दे.पु. नं. ....... २८७३ आदेश मितिः- २०५३।३।११।३ मुद्दा: कुत मोही । पुनरावेदक/प्रतिवादीः- पर्सा जिल्ला प्रसौनी माठा गाऊँ विकास समिति वडा नं. ६ बस्ने बलिदाश तत्मा । विरुद्ध प्रत्यर्थी/वादीः- ऐ.ऐ. वडा नं. ९ बस्ने बबिता कुमारी । विवादित जग्गाको मोही पुनरावेदक प्रतिवादी भएकोमा विवाद छैन । दाबीको २०४९ सालको कुत बाली जग्गा धनीलाई बुझाएको तथा नबुझेकोले यो यस ठाउँमा धरौट राखेको छु भनी प्रतिवादीले भन्न सकेको पाइदैन । दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाको उजुरीको आधारमा सम्बन्धित भूमी सुधार अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्न आदेश दिन सक्ने कानूनी व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा भएको पाइन्छ । पहिलोपटक बाली नबुझाउने मोहीको मोहियानी हक यथावत रहने गरी भूमि सम्बन्धी ऐनले त्यस्तो मोहीलाई सहुलियत दिएको समेत देखिंदैन । अतः कानून बमोजिमको आफ्नो दायित्व निर्वाह नगर्ने मोहीलाई मोहीको रुपमा यथावत कायम राख्न उपयुक्त नहुने र भूमि सम्बन्धी ऐनको त्यस किसिमको मनसाय समेत रहे भएको नदेखिने । (प्र.नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः- × प्रत्यर्थी वादी तर्फबाटः- × अबलम्बित नजीरः- × फैसला न्या. मोहन प्रसाद शर्माः- पुनरावेदन अदालत, हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. मेरा नाम दर्ताको जिल्ला पर्सा प्रसौनी माठा गा.वि.स. वडा नं. ९ कि.नं. २७ को क्षेत्रफल ०-४-० जग्गा मोही विपक्षीको बाबु रघुविर दाश तत्मा भएको र निज परलोक भएपछि विपक्षीले नै जग्गा जोतकमोद गर्दै आएकोमा २०४९ सालको कुतवाली नबुझाएको र कहिं धरौट समेत राखेको जानकारी नपाएकोले कानून बमोजिम हुने कुत धान मन २-१-२-० को दिए जिन्सी नै र नदिए बजारभाउले हुने जम्मा रु.५२९।- दिलाई विपक्षीलाई उक्त जग्गाको मोहीबाट निष्कासन समेत गरी पाऊँ भन्ने समेत व्यहोराको वादी । ३. दाबी बमोजिमको कुतबाली वादीलाई बुझाउनु पर्नेमा छोराको विवाह गरेकोले आर्थिक स्थिति कमजोर भएको कारण बुझाउन सकिन । वादीको बाली मेरो जिम्मा छ । बाली जिन्सी वा नगद बुझाउन लगाई मोहियानी यथावत कायम राखी पाऊँ भन्ने समेतको प्रतिउत्तर । ४. दाबी बमोजिमको बाली बुझाउन प्रतिवादी तत्पर भएको हुँदा नियमानुसारको बाली प्रतिवादी मोहीबाट जग्गाधनी वादीले भराई लिन पाउने ठहर्छ । पहिला पटकको उजुरी भएकोले मोही निष्कासन गरी रहनु परेन भन्ने समेत शुरु भूमी सुधार कार्यालय पर्साको मिति २०५०।६।२६ को निर्णय । ५. भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले बाली नबुझाउने मोहीलाई मोहीयानीबाट निष्कासन समेत गर्नु पर्नेमा पहिलो पटकको भन्दै बाली मात्र भरी पाउने गरी मोही यथावत राख्ने गरेको शुरु भूमिसुधार कार्यालयको निर्णयमा चित्त नबुझी वादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र । ६. भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन भएपछि मात्र दफा २९(३) ले बाली भराई दिनुपर्नेमा सो बमोजिम नभएको भूमी सुधार कार्यालय पर्साको निर्णय फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने समेतको मिति २०५१।७।१० को पुनरावेदन अदालत हेटौडाको आदेश । ७. २०४९ स