निर्णय नं. ४५५३ - जीऊ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५५३ - जीऊ मास्ने बेच्ने भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०६/२५ २३६९ निर्णय नं. ४५५३ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०४८ सालको फौ.पु.नं.२९५ फैसला भएको मिति: २०४९।६।२५।१ मा पुनरावेदक/वादी: निजामुद्दिन मियाँको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी: भद्रपुर न.पा. वा.नं.५ मा बस्ने हविव मिया मुद्दा : जीऊ मास्ने बेच्ने (१) जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ख) को कसूर हुनको लागि मानिसलाई विदेशमा लग्नु मात्र पर्याप्त हुँदैन, बेचबिखन गर्ने उदेश्यले लगेको भन्ने पनि देखिनु अनिवार्य हुने । (प्रकरण नं. २३) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ.को फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. छोरी गुलेरुदिन खातुन र गुल्सरा खातुनलाई हविव मिया र तत्मा बुढीले २ तिर पारी श्रीमतीलाई एकातिर गरी बिक्री गरेको रहेछ । श्रीमतीले थानामा उजूर गरी फुर्सद लिई घर आएपछि म छोरी खोज्न जाँदा ठूली छोरी पंजाब पटेला जिल्ला सन्देला बस्ती बस्ने महेन्द्र सिंह भन्ने पंजावीको घरमा र माइली छोरी गुल्सरा खातुनलाई राजोन जिल्ला दरौना बस्ती बस्ने दरवारा सिंहको घरमा भएको पत्ता लगाई छोरी हाम्रो हो हामी लान्छौं भन्दा ठूली मुलेरुन खातुनलाई २००० र माइली गुल्सरालाई २५००।– मा प्रमेश्वरी तत्मा बुढीले बिक्री गरी गएको लान दिन्न भनेकाले थानामा उजूर गरी ठूली छोरीलाई छुट्याई ल्याएँ, गुल्सरीलाई छुटाउन नसकेकीले जाहेरी दिन आएको छु । परमेश्वरी तत्मा र हविव मियालाई कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत निजामुद्दिन मियाँको जाहेरी दर्खास्त । ३. हामी कुल्ली काम गर्न लागेको ठाउँमा भारत तेजपुरतिर बस्ने कुमरीको आमा भन्ने परमेश्वरी तत्माले देल्लीमा राम्रो काम लगाई दिउँला भनी फकाउन लागेको, ०४३ जेष्ठमा हविव मियाँले देल्लीमा काम राम्रो लगाई दिन्छु अस्ति आउने बुढीको पास जाउ पुर्याई दिन्छु भनी म आमा र बैनी समेतलाई तेजपुर रेल्वे स्टेशनमा पुर्याए, त्यहाँ परमेश्वरी बुढीसंग भेट भएपछि हविव फक्र्यो । बुढीले रेलमा राखी देल्ली पुर्याई दिन्छु भनी लगेको पंजावमा निजको छोरीको घरमा ४ दिन राखेपछि सरदारको घरमा काम गर्न लगाएको, त्यहाँ राती भएपछि तलाई म विवाह गर्छु भन्दै करणी गर्न थाले, १ महीना ६ दिन पछि निज सरदारले अर्को ठाउँमा लगी छाडिदिए । ४।५ महिना पछि काका निजामुद्दिनले खोजी गर्न जाँदा परमेश्वरी बुढीले मलाई भा.रु. २०००।– मा र आमा बैनी समेतलाई बिक्री गरी पैसा लिई आएकी रहिछन् भन्ने समेत मुलेरुन खातुन मियाको कागज । ४. जाहेरवालाको श्रीमती र छोरीहरुलाई देल्लीमा राम्रो काम लगाई दिन्छु जाउँ भनेको, निजले मन्जूर गरेकोले यिनीहरुलाई तैयवपुर सम्म ल्याइदिनु गाडी भाडा र ल्याएको परिश्रम मिलाई दिउँला भनी हविव मियाँलाई भनेको, हविव मियाँले जाहेरवालीकी श्रीमती, २ छोरी र सानो काखको छोरा समेत तैयवपुरमा पुर्याई दिएछ, मैले छोरीको घर अमृतसरमा पुर्याई ५।६ दिन राखें, मेरो ज्वाई मंगलु सिंह सरदारले पंजावीलाई निजहरु जिम्मा दिई मेरो खर्च र फर्कन खर्च भनी भा.रु. ६००।– दिलाई दियो । मैले बिक्री गरेको होइन भन्ने समेत परमेश्वरी तत्माको प्रहरी समक्ष भएको बय