निर्णय नं. ६१७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१७८ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०३/२६ २७९८ निर्णय नं. ६१७८ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५२ सालको नि. नं. ....... ३५८० आदेश मितिः- २०५२।३।२६।२ मुद्दा: उत्प्रेषण । निवेदकः- महोत्तरी धगैरा गा.वि.स. वडा नं. ५ मा घर भै जिल्ला प्रहरी कार्यालय दरबन्दी भै जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा खटिरहेको तत्कालिन प्र.स.नि. रामचन्द्र महतो । विरुद्ध विपक्षीः- प्रहरी महानिरीक्षक श्री मोतीलाल बोहरा, प्र.प्र. का. नक्साल काठमाडौं । प्रहरी ना.महाननिरीक्षक श्री रामकाजी वान्तवा, म.क्षे.प्र.का. काठमाडौं । रिट निवेदक प्रहरी सहायक निरीक्षक दर्जाको कर्मचारी भनी रिट निवेदकले नै उल्लेख गरेको पाइन्छ । प्रहरी सहायक निरीक्षक दर्जाका कर्मचारीलाई नियुक्ती गर्ने अधिकारीमा प्रहरी महानिरीक्षक र प्रहरी नायब महानिरीक्षक दुवै रहने व्यवस्था प्रहरी नियमावली, २०४९ को नियम १०(ख) ले गरेको पाइन्छ । नियुक्ति गर्ने अधिकारीले सजाय गर्न सक्ने भएकोले निवेदकले अधिकारक्षेत्रात्मक त्रुटी भएको भनी उठाएको जिकिर मनासिव देखिन नआउने । (प्र.नं.७) निवेदकले सरकारी कामको सिलसिलामा खटिंदा लिई गएको हतियार तथा गोली निजले नजिकको प्रहरी कार्यालयमा जिम्मा नलगाई आफ्नो घरमा गै सिरानी मुनी राखेकोमा चोरी भयो भन्ने सम्बन्धमा निजकै लापरवाहीबाट उक्त निवेदकको जिम्माको रिभल्वर चोरी भएको तथ्यमा विवाद नदेखिएकोले आधार प्रमाण बिना सजाय गरियो भन्ने निवेदकको दोश्रो जिकिर पनि मनासिव नदेखिंने । (प्र.नं.७) निवेदकले बढुवाको सिफारिश भएको भनी निवेदन जिकिर लिएतापनि निजले बढुवाको कारवाही समाप्त भै निजले नियुक्ति पाइसकेको वा पदमा बहाल गरेको समेत नदेखिंदा रिट निवेदकको माग अनुसार निजलाई प्रहरी नायव निरीक्षक पदमा बहाल गराउने भन्ने परमादेश जारी गर्न नमिल्ने । (प्र.नं.७) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री रामकिशोर महतो प्रत्यर्थी वादी तर्फबाटः- विद्वान उप सरकारी अधिवक्ता श्री मोहन बन्जाडे अबलम्बित नजीरः- × आदेश न्या. हरि प्रसाद शर्माः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः- २. जि.प्र.का. धनुषामा कार्यरत म निवेदक तत्कालिन प्र.स.नि. लाई धनुषा जिल्लाको सथही गा.वि.स. अन्तर्गत लुकी छिपी बसेको अपराधी झोटेल भन्ने श्री कृष्ण मिश्रलाई पत्ता लगाउन सरकारी चाइनिज रिभल्वर (पिस्तोल) र गोली लिई जानु भनी प्रहरी उपरीक्षक ज्यूको मौखिक आदेशानुसार ३१०२७१२९ नं. को चाइनिज रिभलवर र ऐ.को गोली थान १, समेत बुझी सथही गा.वि.स.मा मैले पत्ता लगाउन गएको अपराधीलाई खोजतलाश गर्दा गर्दै रात परेको र अति नै नजिकैमा लेउरी गाउँमा मेरो आफ्नो घर भएकोले आफ्नो घरलाई सुरक्षित ठानी म र प्रहरी हवल्दार बोका ठाकुर मिति २०५०।१।४ गतेको राती मेरै घरमा बास बस्यौ । सोही राती म सुतेको कोठा लगायत अन्य कोठामा भए भरका अन्य सर सामानको साथै तकिया मुनी राखेको रिभल्वर र गोली समेत घरमा विभिन्न ठाउँमा सेन सुरुङ खनी चोरी गरी लगेको कुरा तत्कालै थाहा पाउन नसके तापनि बिहान अ. ५।३० बजे ब्युझी हेर्दा उक्त किसिमले रिभल्वर गोली चोरी भएको घटना सम्बन्धमा तत्कालै लोहारपट्टि थानामा गै संचारद्वारा जि.प्र.का.धनुषा र जि.प्र.का. महोत्तरीलाई जानकारी गराउँदा तुरुन्तै दुवै प्रहरी कार्यालयबाट स्वयं प्रहरी उप