निर्णय नं. ४५५४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५५४ - लिखत बदर भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०४/२१ ४९६५ निर्णय नं. ४५५४ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पु.नं.८८८ फैसला भएको मिति: २०४९।४।२१।४ मा निवेदक/वादी: का.न.पं. वा.नं.३१ बस्ने बलदेव उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने गीता भट्टराई मुद्दा : लिखत बदर (१) वादी र प्रतिवादी एकाघर सगोलमा रहे भएको अवस्थामा खरीद भएको विवादित जग्गा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने स्थिति हुँदा सगोलको अवस्थामा खरीद भएको भनी प्रमाण पुर्याउने भार वादी उपर थोपार्दा सो प्रमाण ऐनको दफा ६(क) को कानुनी व्यवस्थाको विपरीत हुने । (प्रकरण २४) (२) प्रमाण ऐन, २०३१ को दफा २९ मा अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्याउने भार सोही पक्षको हुनेछ भन्ने लेखिएको पाइन्छ । विवादको सम्पत्ति वादी समेतको अंश हक लाग्ने सगोलको सम्पत्ति हो भनी प्रमाण ऐन, ०३१ को दफा ६(क) बमोजिम अदालतले अनुमान गर्नु पर्ने भएकोमा सो वादी समेतको अंश हक लाग्ने सगोलको होइन प्रतिवादीको निजी एकलौटी स्वआर्जनको हो भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्याउनु पर्ने । (प्रकरण नं. २६) (३) सगोलको अवस्थामा खरीद भएको जग्गा आफ्नो नाउँमा खरीद गर्दैमा जग्गा स्वआर्जनबाट खरीद गरेको निजी एकलौटी भन्न नमिल्ने । (प्रकरण नं. २६) (४) स्वआर्जनबाट खरीद भएको एकलौटी निजीको पक्का प्रमाणको अभावमा विवादको जग्गा प्रतिवादीको एकलौटी हकको भन्न नमिल्ने । (प्रकरण नं. २७) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कालीराज जोशी फैसला न्या.त्रिलोकप्रताप राणा १. म.क्षे.अ.को मिति २०४५।१०।५ को आदेश उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. प्रतिवादी मध्येको गीता भट्टराई म फिरादीको श्रीमती हुन । सगोलको सम्पत्तिबाट २०४१।१।८।१ मा देवकुमारी गुरुङसेनीबाट साविक ल.पु.न.पं. वडा नं.२(ग) कि.नं.११० को रोपनी २–१४–० जग्गा मध्ये कित्ताकाट भई हाल कायम भएको कि.नं.३५३ को रोपनी १–८–०–२ जग्गा रु. ४०,०००।– मा मेरो श्रीमती विपक्षी गीता भट्टराईको नाउँमा खरीद गरेको थिएँ । मेरो समेत आधा हक लाग्ने उक्त जग्गा मध्ये रोपनी ०–५–३–२ मेरो मन्जूरी बिना नै माहिला महर्जनलाई ०४२।१।३१।२ मा बकसपत्र पास गरी दिनु भएको ०४२।२।२५।६ मा लिखतको नक्कल सारी लिंदा थाहा भएकोले फिराद गर्न आएको छु । ३. लेनदेन व्यवहारको १० नं.बमोजिम मेरो आधा भागमा बकसपत्र बदर गरी निजको नाममा दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको वलदेव उपाध्यायको फिराद दावी । ४. दान बकसको महलको १ नं.मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ भन्ने कानुनले अधिकार प्रदान गरेकोले अधिकार प्राप्त व्यक्ति प्र.मध्येकी मेरो दाता गीता भट्टराईले कसैको पनि मन्जूर लिन नपर्ने आफ्नो खुस गर्न पाउने ल.पु.न.पं. वडा नं.२(ग) कि.नं.३५३ को क्षेत्रफल १–८–०–२ मध्ये क्षेत्रफल ०–५–३–२ को जग्गा ०४२।१।३१ मा हालैदेखिको बकसपत्र पारित गरिदिनु भए