निर्णय नं. ८५७८ - नाताकायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५७८ - नाताकायम भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/०२/११ १६१४६ निर्णय नं. ८५७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६१ सालको फौ.पु.नं. ३५१० फैसला मितिः २०६७।२।११।३ मुद्दा : नाताकायम । पुनरावेदक प्रतिवादीः आसवीर गुरुङ्गको छोरा चितवन जिल्ला पटिहानी गा.वि.स.वडा नं ५ बस्ने २४ को राजीव गुरुङ्गको हकमा अ.बं ८३ नं अनुसार अनुमति लिएकी संरक्षक आमा ऐ.ऐ.बस्ने देवी गुरुङ्ग विरुद्ध विपक्षी वादीः राजीव गुरुङ्गको श्रीमती भनी फिरादपत्रमा झूठा व्यहोरा लेखिएकी राजुगुरुङ्गको श्रीमती जिल्ला चितवन शिवनगर गा.वि.स.वडा नं ८ भई ऐ वडा ७ माइत बस्ने नीता गुरुङ्ग शुरु फैसला गर्नेः मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री लोकेन्द्र मल्लिक § विदेश गएको मानिससँग नियमित टेलिफोन सम्पर्क हुन सक्ने अवस्थामा फर्की आउने मिति थाहा हुने र विदेशको ठेगाना समेत थाहा हुने हुँदा यस्तो अवस्थामा अ.वं. ८३(१) नं आकर्षण हुन नसक्ने । (प्रकरण नं.४) § विदेश गएको व्यक्तिलाई उमेर, सुस्तमनस्थिति र बहुलाएको व्यक्ति सरह राखे पनि खण्ड (च) मा पर्ने व्यक्तिको तर्फबाट जसलाई विवादको तथ्य नै थाहा हुँदैन, उसले दिएको प्रतिउत्तर र त्यस्तो व्यक्तिले दिएको प्रमाणको आधारमा इन्साफ गर्दा अदालत बहुतै होशियार हुनपर्ने । (प्रकरण नं.१०) § कुनै जातकको पितृत्वको विवादमा आमाको भनाइले महत्वपूर्ण स्थान रहन्छ । अन्य कुरासँग बाझिदैंन र परिस्थितिजन्य कुराहरूले समर्थन गर्दछ भने आमाको भनाइलाई नाताको विवादमा महत्वपूर्ण प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.१३) § Intimate Sample कारणीबाट नै निकालिएको भन्नेमा विवाद नभई निर्विवाद रुपले कारणीबाट नै निकालिएको अवस्थामा प्रमाणमा लिनुपर्ने । § Patterning सम्बन्धी विवाद, अपराध अनुसन्धान आदिमा DNA महत्वपूर्ण हुन्छ । तर, DNA Report प्रमाणमा लिन प्रयोगशाला (Laboratory) कोठाभित्र Sample निकाल्न कारणी र सम्बन्धित विशेषज्ञ मात्र प्रवेश गर्नुपर्ने । (प्रकरण नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हीरा रेग्मी प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री पदमराज काफ्ले, श्री विश्वप्रकाश भण्डारी, श्री मुक्ति प्रधान अवलम्बित नजीरः नेकाप २०३४, पृष्ठ १३९ सम्बद्ध कानूनः § अ.वं. ८३, ११०, १८४ र २०८ फैसला न्या.बलराम के.सी.: पुनरावेदन अदालत हेटौंडाँको मिति २०६०।१२।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) बमोजिम दोहोर्याउने निवेदन दायर भै निस्सा प्रदान भै यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : विपक्षी पति राजीव गुरुङ्गको घर र म फिरादीको माइती घर नजिकै भएकोले २०५७ साल फाल्गुणको शुरुदेखि प्रायजसो विहान बेलुका भेटघाट हुने र माया प्रेमका गफ गर्दथ्यौं । यसै क्रममा विपक्षीसँग कहिले सँगसँगै जँगल जाने, कहिले फिलिम हेर्न जाने गर्दा २०५७ चैत्र महिनाबाट २०५८ बेशाख २० गने सम्म धेरैजसो दिनहुँजसो करणी लिनुदिनु भएको र २०५८ बैशाखदेखि महिनावारी हुन रोकिएकोले मलाई घर लैजानुस् भनी विपक्षीसँग भन्दा आलटाल गरेको र विपक्षी पतिले बाबु आमाको दवावमा २०५८।१।२९ गते निमा गुरुङ्गसँग विवाह गर्नुभयो । मलाई विपक्षी पतिले बेलाबेलामा मेरो माइतीमा गई केहिले रु २००। कहिले रु ५००। दिने गरेकोमा आश्विनमा मल