निर्णय नं. ४५५५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५५५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०५/३१ ३११४ निर्णय नं. ४५५५ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट नं.८३७ आदेश भएको मिति: २०४९।५।३१ मा निवेदक : का.न.पा. वडा नं.१९ यटखा दमाईटोल बस्ने भाइकाजी सिलाकार विरुद्ध विपक्षी : म.क्षे.अ.समेत विषय : उत्प्रेषण (१) सोही मुद्दामा उसै झगडियाका नाउँमा अ.बं. ८५ नं.ले फिराद नलाग्ने हो । सोही मुद्दाको बस्तुस्थिति एवं दावी र यो मुद्दाको वस्तुस्थिति र दावी एकै हुनुपर्छ । अघिल्लो मुद्दाको विवादको विषय तथा निर्कोल गरिनु पर्ने कुरा र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निर्कोल गर्नुपर्ने कुरा एउटै हुनु पर्ने । (प्रकरण नं. २०) (२) वादी दावीको कुरामा प्रतिवादीले पृथक कुराको जिकिर लिएबाट वादी र प्रतिवादी बीच मुख नमिलेको कुरामा र सो मुद्दामा संलग्न वादी प्रतिवादी अथवा निजहरुको हकमा सोही मुख नमिलेको कुरामा आउने जोसुकै व्यक्तिका सम्बन्धमा अघि फैसला भइसकेको स्थितिमा प्राड्डन्यायको सिद्धान्त लाग्ने । (प्रकरण नं. २१) (३) रिट निवेदक र विपक्षको बीच अघि हक कायम मुद्दा चली हक कायम भएकोमा पछि सो सम्पत्ति भोगै गर्न नदिई खिचोला गरेको अवस्थामा सो खिचोला मेटाई भोगचलन गराई पाउन मुद्दै गर्न नपाइने भनी न्याय वा कानुनको कुनै सिद्धान्त रहेको देखिँदैन । तसर्थ प्राड्डन्यायको सिद्धान्त विरुद्ध क्षे.अ.बाट फैसला भएको छ भन्ने विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी मध्येको रामप्रसादसंग वर्तमान म.क्षे.अ.मा परेको मुद्दामा सो मुद्दा पर्नु भन्दा अघि नै सो चोक ढोका झ्याल सम्बन्धमा म.क्षे.अ.सम्मबाट किनारा लागि सकेको छ । सो मुद्दामा का.जि.अ.बाट फैसला हुँदा साविक बमोजिमको झ्याल ढोका कायम राखी मन्दिर सम्म आवत जावत गर्न प्रतिवादीले पाउने नै देखिएकोले सो लाई आवश्यक पर्ने बाटोसम्म यथावत कायम राखी अरु झगडा परेको बाँकी चोक फिरादीको हक कायम हुने भनी फैसला भएकोमा वा.अं.अ.ले अरु शुरु जि.अ.कै इन्साफ मिलेकै र ढोका झ्यालका हकमा न.पं. बोर्ड अपील कमिटीबाट मिति ०२१।३।१५ मा भएको फैसला अन्तिम रहेकोेले सो फैसला अनुरुप नहुने हुँदा शुरु फैसला केही उल्टी हुने ठहर्छ भनी ठहर भई चोकमा रहेको मन्दिरमा म प्रतिवादी भाइकाजी समेतले पूजा गर्न जान पाउने भन्ने शुरुको ठहर सदरै गरेकोलाई वादी रामप्रसादको कुनै उजूरी दावी र अनुमति समेतको निवेदन नपरेको हुँदा सो वा.अं.अ.ले ठहराएको ठहर अ.बं. ८५ नं.ले अकाट्य भई बसेको छ । ३. ३×३ इन्चको फरकमा डण्डी हाल्ने गरी कमिटीबाट फैसला नभएको हुँदा फैसला बाझियो पुनरावेदन गर्ने अनुमति पाउँ भनी म.क्षे.अ.मा परेको मेरो निवेदनमा कानुन बमोजिम गर्नु भनी ०४१।७।५ मा आदेश भयो । ४. वर्तमान म.क्षे.अ.मा भएको मुद्दामा ०४७।४।३० गते फैसला गर्दा म.क्षे.अ.सिंगलबेञ्चको निर्णय आदेशलाई असर पर्ने गरी अ.बं. ८५, ८६ नं.विपरीत मेरो घरको छिंडीबाट चोकमा रहेको ढोकाबाट बाहिर गई मैले र अरु समेतले चोकमा रहेको मन्दिरमा विराजमान कुमारीको पूजा गर्न