निर्णय नं. ४५५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५५७ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०६/०५ २४९१ निर्णय नं. ४५५७ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४७ सालको रि.नं.१२९६ आदेश भएको मिति: २०४९।६।५।२ मा निवेदक : धनुषा जनकपुरधाम न.पं. वा.नं.५ बस्ने रमेशप्रसाद सराफ विरुद्ध विपक्षी : कर कार्यालय, जनकपुरसमेत विषय : उत्प्रेषण (१) आयकर ऐन, २०३१ को दफा ३३(२) को (३) बमोजिमको कर निर्धारण हुनु पूर्व सोही ऐनको दफा ३३(४) बमोजिम खूद आय निर्धारण गर्दा कर अधिकृतले त्यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखित सूचना दिई आफ्नो आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्ने । (प्रकरण नं. ८) (२) कर कार्यालयबाट आयकर ऐनको दफा ३३(४) बमोजिमको सूचना भन्ने उल्लेख गरिनु मात्र पर्याप्त हुँदैन खूद आयको अंक एवं सो अंक कायम हुने समेत उल्लेख हुनु पर्ने । (प्रकरण नं. ८) (३) आयकर नियमावली, २०३९ अनुसार ४० हजार भन्दा बढी आय हुने करदाताको सम्बन्धमा कर निर्धारण गर्दा उक्त नियमावलीको नियम २६ बमोजिम गठित निर्धारण समितिमा पेश गर्नु पर्ने । (प्रकरण नं. ९) (४) कर कार्यालयबाट कर निर्धारण गरिंदा आयकर नियमावली, २०३९ बमोजिम गठित समितिमा पेश नै नगरी कर अधिकृतबाट निर्णय गरिएको नियम अनुरुप मिलेको नदेखिने । (प्रकरण नं. ९) (५) रिट निवेदकको उद्योगको सम्बन्धमा आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वकको सूचना निवेदकलाई दिएको देखिएन । आयकर नियमावली, २०३९ को नियम २७ बमोजिम आयकर निर्धारण समितिमा पेश नै नगरी कर अधिकृतबाट कर निर्धारण गरिएको पनि त्रुटिपूर्ण देखिँदा कर कार्यालयको कर निर्धारण आदेश र सोही सदर गरेको राजश्व न्यायाधीकरणको फैसला समेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषण आदेशले बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ । २. निवेदक धनुषा ट्रेडर्स स्वदेशी विदेशी कपडा र अन्य माल सामानको व्यापार गर्ने फर्म हो । यदाकदा निर्माण ठेक्काको काम पनि यस फर्मले गरेको थियो । आ.ब. ०३४।०३५ को दीपावलीको आय विवरण मिति २०३६।३।३२ मा आय निर्धारण समितिको फारम भरी कर कार्यालय, जनकपुरमा पेश गरेको थियो । हिसाब किताब नभएका कर दाताले आयकर नियमावली, २०२० को अनुसूची ४ को ढाँचामा रु. ३३००।– खूद आय हुने विवरण पेश गरेपछि सो विवरण फारामलाई गठित आय निर्धारण समितिमा पेश गर्नुपर्ने आयकर नियमावली, २०२० को नियम ९(२) मा प्रष्ट उल्लेख छ । तर कर अधिकृतले आय निर्धारण समितिमा सो विवरण फारम पेश नै नगरी आयकर ऐन, २०३१ को दफा ३३(१) मा कर निर्धारण गर्ने म्याद नाघि सकेपछि र आयकर नियमावली, २०३९ को नियम २५ मा ४० हजारभन्दा कम आय हुने करदाताको लागि साना करदाताको आय निर्धारण समितिको गठन भइसकेपछि नियम २७ बमोजिम सो समितिमा विवरण फारम पेश गरी निर्णय गराउन पर्नेमा सो नगरी आफैंले मिति २०४२।५।३१ मा खूद आय र कर निर्धारण गर्न भएको कानुन विपरीत छ । उक्त निर्णय उपर राजश्व न्यायाधीकरण, काठमाडौंमा पुनरावेदन दिएकोमा कर कार्यालय, जनकपुरको निर्णय सदर गर्नुभएको त्रुटिपूर्ण छ । आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिमको सू