निर्णय नं. ४५५८ - मोहियानी हकको प्रमाणपत्र पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५५८ - मोहियानी हकको प्रमाणपत्र पाउँ भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०५/३१ ३२१६ निर्णय नं. ४५५८ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको दे.वि.नं.६४ फैसला भएको मिति: २०४९।५।३१।४ मा पुनरावेदक/वादी: जि.डोटी दिपायल न.पं. वा.नं.१० दिपायल बस्ने लालबहादुर खड्कासमेत विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने शंकरदत्त भट्ट मुद्दा : मोहियानी हकको प्रमाणपत्र पाउँ (१) गुठी जग्गाको मोहियानी भू.सु.का. ले हेर्ने अधिकार भएको पाइँदैन । गुठी (कार्य व्यवस्था) विनियमको विनियम ११, १२, १३ ले गुठी संस्थानमा नै निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । पुनरावेदकहरुले जोताहाको निस्सा पाउँ भन्ने माग दावी नभई मोही हकको प्रमाणप्रत्र पाउँ भनेको मोहियानी हक सम्बन्धमा हेर्ने भू.सु.अ.को अधिकार क्षेत्र भित्र परेको नपाइने । (प्रकरण नं. २१) (२) भू.सु.का. ले गुठी जग्गाको मोहियानी तेरो मेरो परेको मुद्दामा मोही ठहर गरी प्रमाणपत्र दिने ठहर्‍याएको बदर गर्ने गरेको अंचल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २२) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. सू.प.क्षे.अ.को इन्साफ उपर श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको विन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भई आएको मुद्दाको संक्षिप्त तथ्य जिकिर यस प्रकार रहेछ । २. डोटी सिलगढी स्थित श्री काल श्रृड्डार अविवरण भैरवको पूजा र फकीर सन्यासीलाई खान खर्च समेतको लागि चौतारिया पुष्कर शाहले उक्त जग्गाको आयस्ताबाट चलाउन गुठी जग्गा, १६ घर मोही समेत राखी चलन भोग समेत गरी श्री को पूजा र सदावर्त चलाउने गरी आएको त्यस्तो गुठी जग्गामा भोगचलन गर्ने मोहीलाई मोहियानी हक प्रदान गर्ने नयाँ व्यवस्था भएको भन्ने बुझिन आएकोले पुस्तौं देखि जग्गा कमाउन १६ थर रैती भएकाले १८९० सालको लालमोहरमा लेखिएका इन्द्रचोक सदावर्त गुठी जग्गाको सम्बन्धमा भएको द्वारे र दिपालय ऐरा चौराई खेत कि.नं.१५, १६, २०, ५५, २०५ को कानून बमोजिम मोहियानी हकको प्रमाणपत्र गरिपाउँ भन्ने समेत व्यहोराको गोरखबहादुर खड्का समेतको उजूरी निवेदनपत्र । ३. सो उजूरी निवेदन हामीले दिएका हौं हामी साविक देखिको मोही हुँदा सो गुठी जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने समेत निवेदक वा.समेतको गोरखबहादुर खड्काले गरेको कागज । ४. मेरो बुवा डोटी सिलगढी इन्द्रचोक सदावर्त गुठीका मुखिया भई मधिरनाथको अनिनाथ योगीबाट १९९६ सालमा मोही धनिनाथले आफ्नो मोहियानीको राजीनामा गरी दिई गुठी रोक्का लालमोहरमा लेखिए अनुसारको काम गरे बापत तोकिएको आज यी काम गरी आएको यस अवस्थामा मुद्दा चली भएका फैसला बमोजिम समेत मोही भइरहेको लक्ष्मीदत्त भट्टका शेषपछि शंकरदत्त भट्टले आफ्ना नाममा दा.खा. नामसारी गरी सो बमोजिम निज बन्दी कायम गरी नापीबाट शंकरदत्त भट्टका नाममा नापी समेत भएको छ । साविक बमोजिम जो जे गर्न गराउन पर्ने काम काज गरी १६ थर संरक्षकहरुले लालमोहर हकमा लेखिए अनुसार काम गरेपछि आज पाउने हुँदा निजहरुको मोहियानी प्रमाणपूर्जा पाउने होइन झुठ्ठा उजूर गरेका हुन मेरो मोही कायम राखी पाउनेछु भन्ने समेतको प्रतिवादी शंकरदत्त भट्टको वा.धर्मराज श्रेष्ठले भू.सु.अ.शाखा डोटीमा गरेको बयान कागज । ५. दिपायल स