निर्णय नं. ४५५९ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५५९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०३/१५ २४७२ निर्णय नं. ४५५९ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रि.नं.७१३ आदेश भएको मिति: २०४९।३।१५।२ मा निवेदक : जि.वि.स. साझा विकास वैतडीको साझा सहायक निरीक्षक जनकराज लेखक विरुद्ध विपक्षी : क्षेत्रीय साझा विकास अधिकृत क्षेत्रीय साझा विकास कार्यालय सुर्खेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) निवेदकलाई बर्खास्त गर्दा सफाईको मौका दिएको देखिएन । बर्खास्त गर्न खडा गरिएको पर्चामा निर्णय दिने अधिकारीले अपराधको विवेचना गरेको र सफाईको मौका दिन किन अव्यवहारिक हुने हो सो कुरा पर्चामा उल्लेख गर्नु पर्नेमा सो पनि उल्लेख गरेको देखिंदैन । निर्णयकर्ताले पर्चामा केवल सजायँको मात्र उल्लेख गरी सही गर्नु पर्याप्त हुँदैन । ऐनको मनसाय पनि त्यस प्रकारको नदेखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सीे. आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार रहेछ : २. म २०३२।११।१७ मा सहकारी शाखा कन्चनपुरमा रा.प.अ.द्वि. श्रेणीको सा.स.नि. पदमा नियुक्ति पाई काम गर्दै आएको हुँ । २०३७ देखि २०४२ सालसम्म सोही जिल्ला अन्तर्गतको बैजनाथ साना किसान साझा संस्थामा काजमा गई काम गरें । २०४२ सालमा मलाई साझा विकास शाखा बैतडीमा सरुवा गरियो वैतडीबाट बाजुरामा काजमा पठाइयो । पुनः बैतडीमा नै फिर्ता पठाइएकोले फर्की जाँदा तपाइले बुझाउनु पर्ने रकम बाँकी नबुझाएको कारण तपाईलाई निलम्बनमा राख्ने मिति ०४४।१०।१९ को निर्णय भएकोले सूचना गरिएको छ भनी पत्र दिइयो । मेरो हिसाब किताबको बारेमा मैले बराबर सोधनी गर्दा पनि जानकारी दिइएन । मैले मलाई समेत राखी हिसाब किताब फछ्र्यौट होस भनी निवेदन ताकेता गर्दा त्यस्को वास्ता नराखी एकोहोरो र एकपक्षीय हिसाब गरी मलाई बाँकी देखाउँदै अहिले अन्त्यमा आएर जम्मा रु. ५५,६९६।३३ लिनु पर्ने देखिएकोले सो असूल गर्ने र मलाई नि.से.नि., २०२१ को नियम १०.६(५) को कसूरमा १०.१(५) को सजायँ दिने भनी मिति २०४५।५।७।३ मा क्षेत्रीय साझा विकास अधिकृत ज्यूले पर्चा सदर गरी निर्णय गर्नु भयो । सो उपर प्रशासकीय अदालतमा पुनरावेदन दिएकोमा उठेका कानुनी प्रश्नको निराकरण नै नगरी शुरु निर्णय सदर गरियो । उपरोक्त रकम मैले लिए खाएको मासेको र संस्थालाई हानी नोक्सानी पुर्याएको कुनै कुरा होइन । मैले काम गर्दा बाँकी बेरुजू देखिएका पेश्की इत्यादि रकम संस्थालाई पटक पटक क्रमशः रु. २४,०००।– रु. १०,८००।– र रु. २,०००।– बुझाइसकेको छु । अरु बाँकी देखिएका रकमहरु मैले बुझाउन बाँकी छैन रु.३९,७४२।४४ ऋण लगानी रकम म संग असूल गर्ने भनी जुन निर्णय लिइएको छ । सो निर्णय सरासर अन्यायपूर्ण छ । ऋणीले संस्थानबाट बुझी लगेको ऋण रकम निजहरुबाट असूल उपर गर्नु पर्नेमा सो ऋणीहरुले ठाडो इन्कारी गर्दैमा म बाट असूल उपर गर्न कदापि मिल्ने होइन । ऋणीहरुलाई मैले ऋण रकम बुझाई गरिदिएका भर्पाई र प्रमाणहरु सम्पूर्ण श्रेस्ता संस्थामा नै मौजुद छ । पहिले ले.प.गर्दा ऋणीको भर्पाई कागज भएको आधारमा बेरुजू देखिएको थिएन । अन्यथा त्यतिबेला नै बेरुजु निस्कन सक्दथ्यो । अहिले मेरो नाउँमा नै सो ऋण रकम बेरुजु देखाएको आफैंमा