निर्णय नं. ४५६० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५६० - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०४/१४ २५७४ निर्णय नं. ४५६० ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रिट नं.८८० आदेश भएको मिति: २०४९।४।१४।४ मा निवेदक : सिद्धार्थनगर न.पं. वा.नं.१ बस्ने बृजकिशोर सिंहसमेत विरुद्ध विपक्षी : जिल्ला रुपन्देही वगहा गा.पं. वडा नं.५ बस्ने अदालत पठानसमेत विषय : उत्प्रेषण (१) अदालतहरु समेतबाट जितेको भनी दर्ता गरी पाउँ भनी निवेदन दिएपछि निवेदनमा उल्लेख भएको विपक्षीहरु झिकाई जग्गाको सन्दर्भमा बुझी निजहरुको भनाई र अदालतमा मुद्दा परी अन्तिम निर्णय भएको मिसिलहरुको फैसलाहरु समेत हेरी कानुन बमोजिम निर्णय गर्नु पर्ने। (प्रकरण नं. ११) (२) विपक्षीहरु समेत नबुझी मालपोत कार्यालयबाट निर्णय भएको देखिँदा मालपोत कार्यालयबाट गरेको आदेश प्रक्रियागत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री शेष अब्बास, विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यसप्रकार प्रकार छ : २. निवेदकहरुमध्ये म बृजकिशोर सिंहको साविक देखि जग्गा सर्भे हुँदा जिल्ला रुपन्देही भैरहवा न.पं. वडा नं.१घ कि.नं.५२, ५३, ४९ र वडा नं.१ङ कि.नं.२०१ वडा नं.१(ख) कि.नं.२९३, २९५ मा नापी दर्ता गराई तिरो भरो गरी भोग गर्दै आएको त्यस्तै म महम्मद सइखांको आफ्नो साविक देखिको जग्गा भई न.पं. वार्ड नं.१ङ कि.नं.७३, ७४ मा सर्भे नापी दर्ता गराई तिरो तिरी भोग गर्दै आएको छु । विपक्षी मध्येको अदालत पठानले कसैलाई प्रतिवादी नबनाई भैरहवा न.पं. वडा नं.१ख कि.नं.७२, २९३, २९४, २९५, वडा नं.१ग. कि.नं.१७२ वडा नं.१घ कि.नं.४९, ५२, ५३ वडा नं.१ङ कि.नं.७३, ७४, २०१ को जग्गा दर्ता गरी प्रमाण पूर्जा पाउँ भनी मिति २०३८।२।१६ मा मालपोत कार्यालयमा दिनु भएको मोठ श्रेस्ताबाट भैरहवा न.पं. वडा नं.१ङ कि.नं.७३, ७४ महम्द साइखाको नाममा र वडा नं.१घ कि.नं.५२, ५३, ४९ तथा वडा नं.१ङ कि.नं.२०१ वडा नं.२ख कि.नं.२९३, २९६ को जग्गा बृजकिशोर सिंहको नाममा नापी दर्ता पूर्जा तयार भएको देखिँदा त्यसमा आफ्नो हक भए कानुन बमोजिम गर्नु भनी अदालत पठाउँदा सुनाई दिने भनी मिति २०४१।६।९ मा आदेश भएको थियो । अदालत पठानले उपरोक्त आदेश बमोजिम आफ्नो हक कायम गराउन अदालतमा उजूर नगरी जिल्ला कार्यालयमा पुनरावेदन गरी शुरु मालपोत कार्यालयमा विपक्षी नबनाइएको हामी निवेदकहरुलाई उक्त कार्यालयबाट अ.बं. २०२ नं.बमोजिम झिकाई विपक्षी अदालत पठानको माग बमोजिम हाम्रो नामको जग्गा दर्ता गरी दिने गरी जिल्ला कार्यालयबाट मिति २०४३।४।२४ मा फैसला हुन गयो । जिल्ला कार्यालयको उक्त अनाधिकृत निर्णय उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी हाम्रो निवेदन पर्दा अनुमति प्राप्त भई मालपोत कार्यालयको त्रुटिपूर्ण निर्णय बदर गरी भएको जिल्ला कार्यालयको इन्साफ मनासिब ठहराई मिति २०४५।२।१२ मा निर्णय भएको छ । जिल्ला कार्यालयको मिति ०४३।४।२४ गतेको निर्णयलाई समर्थन गरी प.क्षे.अ.बाट भएको मिति २०४५।२।१२ गतेको निर्णय निम्न बमोजिम गैरकानुनी हुँदा बदरभागी छ । कुनै पनि मुद्दामा सम्बन्धित पक्षलाई प्रमाण प्रस्तुत गरी प्रतिवा