निर्णय नं. ६१८१ - जग्गा खिचोला दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१८१ - जग्गा खिचोला दर्ता बदर दर्ता भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/१२/०७ २६७३ निर्णय नं. ६१८१ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४८ सालको पुनरावेदन नं. ....... ९८६ फैसला मितिः- २०५१।१२।७ मुद्दा: जग्गा खिचोला दर्ता बदर दर्ता । पुनरावेदक/वादीः- जिल्ला धनुषा मिथिलेश्वर मोवाही गा.वि.स. वा.नं. ६ बस्ने लक्ष्मेश्वर मण्डलको छोरा वर्ष ५४ को रामपरीक्षण मण्डल । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः- जिल्ला धनुषा मिथिलेश्वर मोवाही गा.वि.स. वा.नं. ८ बस्ने बासोदेवी खतवे । ऐ. बस्ने लक्ष्मण खतवे । ऐ. बस्ने सत्यनारायण खतवे । नामसारी मृतकको जे जति जग्गा हुन्छ त्यतिमा मात्रै गरिने अवस्था पर्दछ । मृतक मनफुलको दर्ता कायम रहे भन्दा बढी जग्गामा हक कायम वा प्राप्तिको कानून बमोजिमको कारवाही बेगर नामसारी गरी दिन मिल्ने अवस्था नपर्ने । (प्र.नं.१४) पुनरावेदक वादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र अधिवक्ता श्री शेख अव्वास । प्रत्यर्थी तर्फबाटः- विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर अबलम्बित नजीरः- × फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः- मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छः- २. जि.ध. मिथिलेश्वर निकाश गा.प. वडा नं. ९(क) को क्षेत्रफल ०-९-७ जग्गा सदासर्वदा देखि मेरै हकभोगमा रहेको सा.कि.नं. ४४७, ४४८, ४४९ को रुपमा मेरै नाउँमा कायम थियो । हाल सर्वेमा वा.नं. ९ कि.नं. १६ को ०-२-० र सोही ९(क) को हाल विवादित जग्गा कि.नं. १७ को ०-९-७ को रुपमा भएको छ । सो सर्वे श्रेस्ता मेरो नाममा साविक २०२३ सालको रसिदको पृष्ठमा हाल कायम भएको कि.नं. १७ जनिएको छ । जग्गाधनी दर्ता प्रमाणपत्र समेत पाई पोत बुझाई आएको छु । सो जग्गा भोगी आएकोमा मिति २०४२।२।१५ का दिन ७ बजे विपक्षीले हलो जोत्न लाग्दा आश्चर्यमा परी विपक्षीलाई सोद्धा मेरो दर्ताको भएर जोतेको भन्दा पत्ता लगाउँदा विपक्षीको बाबुको नाममा उक्त कि.नं. १७ को जग्गालाई ट्रायल चेक गराई ०-९-१२ जग्गा क्षेत्रफल कायम गरी मनफुल खतवेको नामबाट आफ्नो नाउँमा संयुक्त नामसारी गराएको कुरा मिति २०४२।४।१० मा नक्कल लिएपछि जानकारी हुन आयो । अतः दर्ता बदर गरी खिचोला मेटाई पाऊँ भन्ने समेत दाबी । ३. वादीको हकभोग तथा दर्ताको जग्गा होइन । प्र. मध्ये लक्ष्मी खतवेको बाबु मनफुल खतवेको नाममा दर्ता रहेको अन्य जग्गा लगायत यो ९(क) कि.नं. १७ को हाम्रो नाममा आएको हो । कि.नं. १७ को जग्गा ट्रायल चेक गरी क्षेत्रफल सम्म थप भएको हो । दाबी हद म्यादभित्रको छैन भन्ने समेत प्रतिउत्तर पत्र । ४. मनफुल खतवेको नाममा दर्ता कायम रहेसम्म प्रतिवादी लक्ष्मी खतवे समेतको संयुक्त नाममा नामसारी भई दर्ता हुन आएको बदर गर्न नमिल्ने हुँदा प्रस्तुत फिराद खारेज हुन्छ भन्ने मिति २०४३।९।२९ को ध.जि.अ.को फैसला । ५. शुरु इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी पाऊँ भन्ने मिति २०४३।११।२२।३ को वादीको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन पत्र । ६. खारेजी फैसला बदर गरि दिएको छ । सबूद प्रमाण बुझी निर्णय गर्नु भन्ने मिति २०४५।११।१५ को जनकपुर अचल अदालतको फैसला । ७. ७ नं. फांटवारीमा उल्लेखित सा.कि.नं. ४४७, ४४८, ४४९ को जग्गाहरु नै कि.नं. १७ को जग्गा भन्ने कुरा वादी पक्षबाट प्रस्तुत २०२३।०२६, ०३० समेतका रसिद प्रमाणबाट यी वादीको भोग स्वामित्व यथावत रुपमा छ भन्ने मान्नु पर्ने हुन आउँछ । क्षेत्रीय किताब हेर