निर्णय नं. ४५६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५६३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०६/०७ ३०८२ निर्णय नं. ४५६३ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं.११८० आदेश भएको मिति: २०४९।६।७।४ मा रिट निवेदक: झापा जिल्ला सुरंगा गा.वि.स. वडा नं.१ बस्ने मोहिनीराज भन्ने मोहनराज उपाध्याय विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालयसमेत विषय : उत्प्रेषण (१) मुलुकी ऐन जग्गा पजनीको ८ नं., जग्गा मिच्नेको २ नं.को कानुनी व्यवस्था र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(२) को व्यवस्थालाई समष्टीगत रुपमा हेर्दा नदी उकासको जग्गा साविक दर्तावालाकै नाउँमा कायम रहने व्यवस्था रहे भएको देखिने । (प्रकरण नं. १०) (२) विवादको जग्गा सार्वजनिक जग्गा वा सरकारी वन क्षेत्रको जग्गा भन्ने विपक्षीहरुको लिखितजवाफ समेतबाट नदेखिई यी निवेदकको साविक दर्ताको नदी उकास जग्गा भन्ने दावी भएको हुँदा प्रस्तुत विवादको जग्गा दर्ता गर्ने सन्दर्भमा मालपोत ऐनको दफा २४ आकृष्ट हुन सक्ने अवस्था समेत नदेखिने । (प्रकरण नं. १०) (३) श्री ५ को सरकार (मन्त्रिपरिषद्) को निर्णय तथा विभागको परिपत्र अनुसार दर्ता गर्न नमिल्ने हो कि भन्नलाई त्यस्तो निर्णय एवं परिपत्रले कानुनको रुप धारण गर्न नसक्ने र स्पष्ट कानुनी व्यवस्था विद्यमान रहेको अवस्थामा त्यस्तो परिपत्र एवं निर्णय अनुसार गर्न नमिल्ने । (प्रकरण नं. १०) रिट निवेदकको तर्फबाट: विद्वान अधिवक्ता श्री पवनकुमार ओझा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलि अकबर मिकरानी अवलम्बित नजीर: बुद्धिरत्न तुलाधर वि. मा.पो.का. काठमाडौं (ने.का.प. २०४३, अंक ४, पृष्ठ ३२६) गणेशबहादुर श्रेष्ठ विरुद्ध मालपोत कार्यालय, काठमाडौं भएको उत्प्रेषण (ने.का.प. २०४४, अंक २, पृष्ठ २३९) मा प्रतिपादित सिद्धान्त ।) आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदकले सम्वत् २०२२ सालमा गंगा गिरीसंग राजीनामा गरी लिएको सम्वत् १९९४ सालको नापीमा झापा जिल्ला प्रगन्ना नजरपुर मौजे घैलाडुवाको रै.नं.२६३, ३३१, को १४–७–१८१२ मध्येको ९–१८–३ जग्गा अगाडि नै नदी काटमा परी झापा मालबाट जाँच बुझ गरी नदिकाट बुर्जा पूर्जा ठहराई पोत मिन्हा भइरहेको जग्गा सर्भे नापी हुँदा झापा जिल्लाको सुरंगा गा.पं. वडा नं.१ को कि.नं.२८१ मा ब्लकमा नदी भनी नापी भएको थियो । सो जग्गा २०३३ साल देखि नदी उकास भएकोले मिति २०३३।५।२८ गते मै तत्कालीन भू.प्र.का. मा नदी उकास दर्ता गर्न निवेदन दिएकोमा कुनै प्रकारको जग्गा दर्ता नगर्नु भनी श्री ५ को सरकारबाट परिपत्र भएको भनी कारवाही नगरी राखिएको र पछि उक्त कारवाही मिसिल मालपोत कार्यालमा प्राप्त भएपछि जग्गा नापजाँच ऐनको म्यादभित्र नपरेको भनी मालपोत कार्यालय झापाबाट निवेदन तामेलीमा राखी दिने गरी मिति २०३७।३।३२ मा निर्णय आदेश भएकोले सो उपर मेची अंचलाधीश समक्ष उजूर गर्दा तामेलीमा राखेको मिलेन कानुन बमोजिम निर्णय गर्नु निर्णय गर्न नमिले वन क्षेत्र सृद्दृढीकरण अधिकार सम्पन्न समितिमा पेश गरी दिने भनी अंचलाधीश कार्यालयबाट तामेली निर्णय उल्टाई मिति २०४२।५।१५।१ मा मालपोत कार्यालयको नाउँमा आदेश भयो । ३. उक्त आदेश पश्चात उक्त दर्ता सम्बन्धी मिसिल कारवाहीको लागि वन क्षेत्र सुद्धृढीकरण अधिकार सम्पन्न समितिमा पठाइएकोमा उ