निर्णय नं. ४५६४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५६४ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०६/२८ २४३० निर्णय नं. ४५६४ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रिट नं.१२०९ आदेश भएको मिति: २०४९।६।२८।४ मा निवेदक : धरान औद्योगिक क्षेत्रमा स्थापित अन्सारी कपडा उद्योग प्रा.लि. को तर्फबाट ऐ. को अख्तियार प्राप्त ऐ. को संचालक धरान न.पं. वार्ड नं.३ बस्ने अफताव अहमद विरुद्ध प्रत्यर्थी : श्री उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कारवाही चल्दाचल्दैको अवस्थामा कर कार्यालयले गरेको कर निर्धारण आदेश कानुन अनुरुपको देखिन नआएकोले निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा तथा आदेश यस प्रकार छ । २. धरान औद्योगिक क्षेत्रमा प्रत्यर्थी उद्योग विभागबाट मिति २०३९।१।८ मा प्रमाणपत्र प्राप्त गरी यस उद्योगबाट मिति २०४१।७।१३ देखि उत्पादन शुरु भई संचालन भइरहेको छ । यस उद्योग उत्पादनमुलक साना उद्योगभित्र पर्ने हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) को देहाय २(क) बमोजिम मूल्य अभिबृद्धिको आधारमा ५ वर्षको शतप्रतिशत आयकर छूट पाउने कानुनी अधिकार प्रदत्त छ । यस उद्योगले आयकर छूटको सुविधा प्राप्त गर्न सिफारिश पाउनको लागि उद्योगको नाफा नोक्सान वासलात सहित उद्योग विभागमा प्रस्तुत गरेकोमा सो मुताविक ५ वर्षको आयकर छूटको सुविधा उपलब्ध गराउनको लागि निर्णय गरी सिफारिस गरी सकेको थियो । त्यसपछि कर विभागले पनि उद्योग विभागको निर्णयलाई औपचारिकताको रुप दिनु भन्दा पूर्व कर कार्यालयको प्रतिक्रिया प्रेषित गर्न पत्राचार गरेको थियो । कर विभागले आयकर छूटको सम्बन्धमा के कस्तो निर्णय भयो अवगत हुन सकेन । यसै बीच आ.ब. ०४१।४२ को आय कर निर्धारण आदेश निर्णय मिति २०४६।९।१३ मा र आ.ब. ०४२।४३ को आयकर निर्धारण आदेश मिति २०४६।१२।६ मा भएको क्रमशः मिति २०४६।९।२८ र मिति २०४६।१२।२३ मा प्राप्त सूचनाबाट बोध भएकोले छुट्टा छुट्टै निवेदन प्रस्तुत गर्न आएको छु । ३. वस्तुतः औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) को देहाय २(क) बमोजिम ५ वर्षको आयकर सुविधा पाउने तथ्य निर्विवाद छ । उद्योग विभागले ५ वर्षको आयकर सुविधा उपलब्ध गराउनको लागि कर विभागलाई सिफारिश गरी सकेको छ । यस स्थितिमा उद्योगको हक कुण्ठित हुने गरी संविधानको धारा ५८ को सर्वथा प्रतिकूल हुने गरी कर लगाइएको अतिसय अन्याय भएको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को मिति २०४४।७।१ मा भएको संशोधन पश्चात श्री ५ को सरकारले मिति २०४४।१०।१ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा सुती कपडा उत्पादन गर्ने उद्योगलाई आधारभूत आवश्यकताको वस्तु उत्पादन गर्ने उद्योगमा समावेश गरिरहेको र त्यस्तो उद्योगले निर्वाध रुपमा आधार छुट पाउने कुराको उल्लेख छ । यस स्थितिमा ने.रा.प. मा प्रकाशित सूचनाको सर्वथा प्रतिकूल निर्णय गरिएको हुँदा अतिशय अन्याय हुन गएको छ । प्रत्यर्थीहरुको उक्त निर्णय र कारवाहीबाट निवेदकको संविधानको धारा १०(१), ११(२)(ङ) एवं १५ द्वारा प्रत्याभूत हकको उल्लंघन हुनुको साथै औ.व्य.ऐन, २०३८ बमोजिम प्रदत्त आयकर छूटको सुविधा प