निर्णय नं. ४५६६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५६६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०४/१८ २५४६ निर्णय नं. ४५६६ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं.९०६ आदेश भएको मिति: २०४९।४।१८।१ मा निवेदक : नेपालगंज न.पं. वडा नं.८ बस्ने नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्याल नेपालगंजको गोदाम रक्षक पदबाट हटाइएको हेमन्तकुमार पछाई विरुद्ध विपक्षी : ने.बै.लि. संचालक समिति काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कुनै दण्ड सजायँ वा विभागीय कारवाहीको सिलसिलामा प्रतिकूल असर पर्ने गरी निर्णय गर्नु भन्दा पहिले सम्बन्धित कर्मचारीलाई सफाईको मौका दिनु पर्ने प्राकृतिक न्याय सिद्धान्त अन्तर्गत बाध्यात्मक कार्यविधि रहेको । (प्रकरण नं. ८) (२) निवेदकको अवस्थाको सेवाको अन्त्य गरिनु सामान्य प्रकृयाले उमेरको हद वा राजीनामाबाट वा त्यस्तै सामान्य परिणती स्वरुप सेवाको अन्त हुनु परिणामतः कुनै भिन्नता नदेखिने । (प्रकरण नं. ८) (३) निवेदक स्वयंले आफ्नो क्रियाकलाप वा व्यवहारबाट उपदान स्वीकार गरी सकेकोमा सेवाको अन्त्य नहुनु पर्ने भनी दिएको प्रस्तुत रिटनिवेदनपत्र जारी हुनु पर्ने औचित्य समेत नदेखिएकोले खारेज हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की अवलम्बित नजीर: मदनप्रसाद शर्मा वि. ने.वैं.लि. लिमिटेड समेत (ने.का.प. २०४०, पृष्ठ ७९९) आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनपत्रको तथ्य यस प्रकार छ । २. निवेदकले मिति २०३९।१०।२० गते देखि नेपाल बैंक लिमिटेड पशुपतिनगर बर्दिया शाखाको सहायक गोदाम रक्षक पदमा नियुक्ति पाई बैंकको सेवामा प्रवेश गरेको छु । २०४१।११ देखि गोदाम रक्षक पदमा बढुवा भई विभिन्न शाखा हुँदै क्षेत्रीय कार्यालयमा सरुवा भएको थिएँ । निवेदकलाई एकाएक “तपाईको सेवा आवश्यक नभएकोले कर्मचारी नियमावली दफा ९.९(१) बमोजिम दुई महिनाको अग्रिम सूचनाको सट्टा दुई महिनाको तलब भत्ता दिने गरी तपाईलाई बैंक सेवाबाट हटाइएको कुरा सूचित गरिन्छ” भन्ने मिति १९।८।२०४५ को प्रत्यर्थी बैंकको कर्मचारी विभागको पत्र प्राप्त गरी संचालक समिति समक्ष कर्मचारी नियमावलीको नियम ९.९ (२) अन्तर्गत निवेदन दर्ता गरेको थिएँ । यस विभागको मिति १९।८।०४५ प.सं. १(क) ५१।९४२३ को पत्रबाट तपाइलाई कर्मचारी नियमावली बमोजिम बैंकको सेवाबाट हटाइएकोमा तपाइले पुनः नोकरीमा बहाली गरी पाउन श्रीमान अध्यक्षज्यूलाई संबोधन गरी पेश गर्नुभएको निवेदन उपर केही गर्न नमिल्ने व्यहोरा निर्णय अनुसार जानकारी गराइन्छ भन्ने व्यहोराको मिति २०४६।६।८ प.सं. १(क) ५२।६४४९ को पत्र २०।६।२०४६ मा प्राप्त भएको हुँदा अन्य कानुनी उपचारको मार्ग विद्यमान नभएकोले यो निवेदन गर्न आएको छु । कर्मचारी नियमावलीको नियम ९.९ (१) प्रयोग गरी मलाई बैंक सेवाबाट हटाइएको कारवाही पूर्णतया गैरकानुनी छ । मेरो सेवाको आवश्यक नभएको भन्ने आधारमा स्पष्टीकरण दिन मौका समेत नदिई बैंकको सेवाबाट मलाई हटाइएको छ । सेवाको आवश्यकता नभएको तथ्य वस्तुनिष्ट तवरबाट प्रमाणित हुनुपर्दछ आत्मनिष्ट ढंगबाट सेवाबाट हटाउनु कुनै हालतमा न्यायसंगत हुन सक्दैन, मिति २०४६।६।८ गतेको पत्रमा मैले नोकरीबाट हटाई सकेपछि दिएको पत्रमा केही गर्न नमिल्ने भन्ने कुरा व्यक्त गरिएको छ । जबकि संचालक समितिको अध्यक्