निर्णय नं. ४५६८ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५६८ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०५/२२ २६७१ निर्णय नं. ४५६८ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४८ सालको रिट नं.१६०२ आदेश भएको मिति: २०४९।५।२२।२ मा निवेदक : का.जि. कपन गा.वि.स. वडा नं.७ बस्ने कुमारप्रसाद पौडेल विरुद्ध विपक्ष : लोकसेवा आयोग कमलपोखरीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) निजामती सेवाको पदमा नियुक्ति निमित्त उपयुक्त उम्मेदवारको छनौट गर्न परीक्षा संचालन गर्ने अधिकार लो.से.आ. मा रहेकै देखिने । (प्रकरण नं. १२) (२) लो.से.आ. (कार्यविधि) ऐन, २०२० र नि.से.नि., २०२१ मा समेत प्रतियोगितात्मक परीक्षामा लिखित परीक्षा र अन्तर्वार्ताका अतिरिक्त अनुभवको अंक समेत अलग दिइने जस्तो स्पष्ट व्यवस्था रहेको देखिएन । लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको अंकको आधारमा मात्र बढुवा गरिनेछ भन्ने नि.से.नि.,२०२१ को नियम ३.३(११) को वाक्यांशले उल्लेखित विषयको प्राप्तांक मात्र बढुवाको आधारलाई सीमित पारेको छ । (प्रकरण नं. १२) (३) अन्तर्वार्ता समिति नै अन्तर्वार्ताको अंक प्रदान गर्ने सक्षम निकाय हो । अन्तर्वार्ता समितिबाट प्रदान गरेको अंक भन्दा बेग्लै अनुभव वापतको अंक भनी दिन मिल्ने कानुनी प्रावधान नरहेको । (प्रकरण नं. १२) (४) अनुभवको अंक भनी अलग दिई जोड्ने हो भने नि.से.नि., २०२१ को नियम ३.३(११) बमोजिम आन्तरिक प्रतियोगिताको परीक्षामा सम्मिलित हुन पाउने कानुनी व्यवस्थाको उद्देश्यमा प्रतिकूल प्रभाव पर्न जान्छ । अनुभव अवधि जस्को बढी हुन आउँछ उसैले नै बढी अंक प्राप्त गर्ने बढी सम्भावना रहेको स्पष्ट हुने । (प्रकरण नं. १२) (५) कानुनमा अनुभवको अंक बेग्लै जोड्न पाउने स्पष्ट कानुनी व्यवस्था बेगर ऐनको उद्देश्यमा प्रतिकूल असर पर्ने गरी परिपत्र गर्न नमिल्ने । (प्रकरण नं. १२) (६) अन्तर्वार्ता समितिले लिने अन्तर्वार्ताको विषय व्यक्तित्वको परिधिभित्र अनुभव आउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १२) (७) संविधान, ऐन, नियमको परिधि नाघि कार्य गर्न नमिल्ने, कानुनी व्यवस्था र उद्देश्यलाई प्रतिकूल असर पर्ने गरी परिपत्र निकाल्ने र कानुन बमोजिम बाहेक निवेदकको बढुवा हुने हकमा प्रतिकूल असर पर्ने गरी काम कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १२) (८) लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्त अंकमा बेग्लै अनुभवको अंक समेत राखी बढुवा गरेको लो.से.आ. परीक्षा एवं सिफारिश शाखाको निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बलराम काफ्ले, विद्वान अधिवक्ता श्री लक्ष्मण पौडेल विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट, विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री अर्जुन लम्साल आदेश न्या.कृष्णजंग रायमाझी १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. लो.से.आ. केन्द्रीय कार्यालय वि.नं.२६१।०४७ अनुसार रा.प. प्रथम श्रेणी प्रशासन सेवा सहसचिव (बढुवा) पद २ को लागि योग्यता पुग्ने कर्मचारीको हैसियतले मैले पनि रीतपूर्वकको निवेदन दर्ता गराई २०४८ असारमा संचालन भएको लिखित परीक्षामा काठमाडौं केन्द्रबाट सम्मिलित भएको थिएँ । मिति ०४८।