निर्णय नं. ६१८३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१८३ - परमादेश भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०३/१४ २६५८ निर्णय नं. ६१८३ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५० सालको रिट नं. ....... २८४९ फैसला मितिः- २०५२।३।१४।४ विषय: परमादेश । निवेदकः- चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ७ बस्ने खेमराज भट्टराई । विरुद्ध विपक्षीः- नेपाल बैंक लि. शाखा कार्यालय, नारायणगढ चितवन । मेनेजर, नेपाल बैंक लि. चितवन नारायणगढ । नेपाल बैंक केन्द्रीय कार्यालय, धर्मपथ काठमाडौं । चितवन टायल प्रा.लि.चितवन भरतपुर । अख्तियारवाला संचालक दुर्गादत्त ढकाल चितवन टायल प्रा.लि. । रिट निवेदक स्वयंको कुनै दायित्व बैंक प्रति रहेको भन्ने कतैबाट देखिंदैन । रिट निवेदकले आफ्नो श्रीमतिको नाउँको जेथा फुकुवा हुन्छ भन्ने विश्वासको भरमा आफूले व्यहोर्नु नै नपर्ने दायित्वमा खुद आसामीले बाँकी रकम बुझाएमा हिसाब मिलान गर्ने गरी आसामीबाट ऋण चुक्ता गराउन अग्रसरता देखाएको सम्म देखिन्छ । त्यस्तो रकम जे जुन शर्तमा जम्मा गरिएको छ त्यो भन्दा बाहिर गई रिट निवेदकको इच्छा विपरीत फिर्ता नदिई रोक्का राख्न वा आसामीको हिसाब मिलान गर्न पाउने विपक्षी बैंकलाई कुनै कानूनी हक अधिकार भएको नदेखिने । (प्र.नं.१७) रिट निवेदकले जे जुन शर्तमा आफ्नो धन राशी विपक्षी नेपाल बैंकमा जम्मा गरेको छ सो भन्दा बाहिर गै सो धनराशी लिन खान वा निवेदकलाई फिर्ता नदिनाले रिट निवेदकको सम्पत्ति सम्बन्धी संवैधानिक हक अधिकार हनन हुने स्पष्ट हुँदा रिट निवेदकले मिति २०४८।३।३२, २०४८।४।१ र २०४८।४।२ मा जम्मा गरेको रु.३,०८०००।- (तीन लाख आठ हजार) रकम निजलाई फिर्ता दिनु भनी विपक्षी नेपाल बैंक लिमिटेड नारायणगढ चितवनको नाउँमा परमादेश जारी हुने । (प्र.नं.१७) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल । अबलम्बित नजीरः- × आदेश न्या. केदारनाथ उपाध्यायः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः- २. निवेदकको चितवन टायल प्रा.लि.मा कुनै हक सरोकार रहेको छैन । प्रत्यर्थी चितवन टायलले लिने कर्जा ऋणको रकमको लागि मेरो श्रीमति यमुना देवी भट्टराईले रु.६,०८०००।- को लागि पंचायत कल्याणपुर वडा नं. ७(ग) को घर जग्गा सुरक्षण बापत लेखि दिएकी छिन् । उक्त सुरक्षण यद्यावधि बैंकको नाममा रहेको छ । चितवन टायल प्रा.लि.मा निवेदिका पत्निको पनि कुनै हकहित रहेको छैन । ३. मेरो पत्निले प्रा.लि. को नाममा सुरक्षण बापत सम्पत्ति राखी प्रत्यर्थी बैंकसंग ऋण कर्जा लिएको अवस्थामा उक्त ऋण रकम दायित्व बहन गरी मेरो श्रीमतिको घर जग्गा बैंकबाट फुकुवा गराउनु पर्ने अनिवार्य कर्तव्य प्रत्यर्थी चितवन टायल प्रा.लि.एवं दुर्गादत्त ढकालको भन्नेमा इन्कार गर्न नसकिने निश्चित छ । अद्यावधि प्रत्यर्थी चितवन टायल प्रा.लि. एवंम यसका संचालक तथा शेयर होल्डरहरुले प्रा.लि.को नामबाट लिएको ऋण रकमको दायित्व भुक्तान गरी मेरो श्रीमतिको नामको सुरक्षण बापत दिएको घर जग्गा बैंकको नामबाट फुकुवा गरी दिनु भएको छैन । । ४. यसरी आफ्नो श्रीमतिको नामको घर जग्गा प्रत्यर्थी चितवन टायल प्रा.लि. तथा संचालकहरु समेतले प्रत्यर्थी बैंकको नाममा रहेको सुरक्षण बापतको ऋण रकमको दायित्व बहन नगरी घर जग्गा फुकुवा नदिएकोबाट निवेदक पति चिन्तित हुनु स्