निर्णय नं. ४५७४ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५७४ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०५/२४ ३१२३ निर्णय नं. ४५७४ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा २०४५ सालको रिट नं.२०३७ आदेश भएको मिति: २०४९।५।२४।४ मा निवेदक : धा.जि. नौबिसे आ.गा.पं. वा.नं.९ बस्ने कृष्णप्रसाद उप्रेतीसमेत विरुद्ध विपक्ष : श्री ५ को सरकार, निर्माण तथा यातायात मन्त्रालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ (१) रिटनिवेदनबाट निर्विवाद हक अधिकारको मात्र प्रचलन हुन सक्ने हो, विवादित हक अधिकारको प्रचलन रिटनिवेदनबाट हुन नसक्ने । (प्रकरण नं. १५) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलि अकबर मिकरानी आदेश का.मु.प्र.न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. हामी निवेदक पति पत्नी मध्ये कृष्णप्रसादको हक भोग दर्ता तिराको धा.जि. नौबिसे गा.पं. वा.नं.९(क) कि.नं.३१७ को ज.रो. १–६–२–१ को ज.ध.प्र.पु. प्राप्त भइसकेको र ऐ.ऐ. कि.नं.२५५ को ज.रो. ०–१४–०–० र ऐ.ऐ. कि.नं.२५७ को ज.रो. ५–०–३–१ जग्गा नापी हुँदा फिल्डबुकमा दर्ता भएकोमा सडकको दायाँ बायाँको जग्गा हुँदा ज.ध.प्र.पु. वितरण रोकिई राखेकोमा मा.पो.का. धादिड्डबाट ज.ध.प्र.पु. दिने कारवाही चलिरहेको र सो मध्ये कि.नं.२५७ को जग्गामा घरवास समेत गरी आएको, म हिरामायाले ऐ.ऐ. कि.नं.३२ को ज.रो. ३–१२–०–१ र ऐ.ऐ. कि.नं.३२० को ज.रो. १–४–३–२ को ज.ध.प्र.पु. पाइसकेको र ऐ.ऐ. कि.नं.२५६ को ज.रो. ३–१४–३ जग्गा क्षेत्रीय किताबमा दर्ता भई उक्त बमोजिम नै ज.ध.प्र.पु. दिने कारवाही चलिरहेको छ र त्यस्तै रामकृष्ण श्रेष्ठका नाउँमा फिल्डबुकमा दर्ता भएको तर उक्त बमोजिम ज.ध.प्र.पु. वितरण भई नसकेकोबाट म हिरामायाले निज रामकृष्णबाट छोडपत्र गराई लिएको र घरहरु बनाई बसोवास गरी आएको ऐ.ऐ. कि.नं.२४९ को ज.रो. २–८–३ र ऐ.ऐ. कि.नं.२५० को ज.रो. २–९–०–१ घरजग्गाहरु समेत भोग चलन गरी आएका छौं । विपक्षी गा.पं. कार्यालयले ०४५।३।३० को पत्रबाट हामी निवेदकहरुलाई नौबिसे मलेखु खण्डको सडक सीमा श्री ५ को सरकारको सार्वजनिक सडक ऐन, ०३१ बमोजिम ०३४।३।२० को राजपत्रमा प्रकाशित सूचनाद्वारा सडकको केन्द्र रेखा देखि दायाँ बायाँ २५।२५ मिटर तोकेकोले यस सडकको निकट भविष्यमा शुरु हुने पुनः निर्माण कार्यमा उक्त सडक सीमाको २५।२५ मिटरभित्र यस आयोजनाको ठेकदार चाइना सिभिल इन्जिनियरिड्ड कन्स्ट्रक्सन कर्पोरेशनलाई बिना रोकटोक निर्माण कार्यमा सहयोग पुर्याई दिनु हुन र यस सम्बन्धमा आवश्यक सूचना प्रकाशित गरी दिन अनुरोध पठाएकोमा यस आयोजनाको ठेकेदारले २३ अप्रिल १९८८, सल्लाहकारले २५ अप्रिल १९८८ को पत्रद्वारा नौबिसे गा.पं. क्षेत्रमा यसैसाथ संलग्न विवरण अनुसारको व्यक्तिहरुले घर पर्खाल छाप्रो आदि भत्काउन नदिएकोले काम गर्न नसकिएको भनी लेखी आएकोले भत्काई कटाई दिनु हुन यथाशिघ्र आवश्यक व्यवस्था हुन अनुरोध छ भनी नौबिसे मुग्लिन सडक सुधार आयोजनाको ०४५।२।२७ को पत्रबाट लेखी आएकोले सो तपाईको सडक सीमा दायाँ बायाँ पर्ने घर छाप्रो भएकोले पत्र अनुसारको कार्य गर्न गराउन हुन भनी पत्र लेखी आएको र हामीले हाम्रो घर छाप्रो नहटाए पनि विपक्षीहरुका तर्फबाट बुल्डोजर चलाई भत्काउने हटाउने कार्य शुरु गरिने भन्ने बुझिएको, तर सो पर्खाल घर छाप्र