निर्णय नं. ४५७५ - बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५७५ - बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०५/२८ १९९६ निर्णय नं. ४५७५ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ २०४७ सालको दे.पु.नं.३८४ फैसला भएको मिति: २०४९।५।२८।१ मा पुनरावेदक/वादी: भ.पु. न.पा. वा.नं.१२ बोलाछेंटोल बस्ने कृष्णभक्त श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी: भ.पु.जि. सुडाल गा.वि.स. वा.नं.५ बस्ने आशाबहादुर मुस्याख्वासमेत विषय : बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ (१) बाली भराई मोही निष्कासन समेत गरिपाउँ भन्ने दावी रहेकोमा मोही निष्कासन नहुने भनी न्यायिक निर्णय गर्नु पर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक कारणहरु स्पष्ट रुपमा निर्णयमा उल्लेख गर्नु पर्ने । (प्रकरण नं. १३) (२) मोही हक निष्कासन नहुनु पर्ने भनी प्रतिवाद नै नगरी सर्वोच्च अदालतबाट जारी भएको म्याद पनि गुजारी बसेको देखिंदा उल्लेखित आधार प्रमाणबाट दावीको जग्गामा प्रतिवादीको मोही हक कायम रही रहन नसक्ने । (प्रकरण नं. १४) फैसला का.मु.प्र.न्या.सुरेन्द्रप्रसाद सिंह १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मेरो नाउँमा मा.पो.का. भक्तपुरको लगतमा दर्ता भई जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त भएको भ.पु.जि. सुडाल गा.पं. वडा नं.५(ग) कि.नं.१४३ को दोयम क्षेत्रफल १–६–० जग्गाको जोताहा दर्तावाला मोही विपक्षीहरुका बाबु सानुभाई मुस्याख्वा परलोक भएपछि निजका छोरा विपक्षहरु जना २ ले आधा आधा गरी कमाई ०४२ सालसम्म कुतबाली बुझाई आएको, २०४३ साल देखि नबुझाएकोले ताकेता गर्दा पनि नबुझाएको, ०४५ सालको समेत बाली पनि नबुझाएकोले विपक्षहरु उपर भू.सं. ऐन, २०२१ को दफा २९(क) को देहाय (ग) बमोजिम फिराद गर्न आएको छु, विपक्षहरुबाट ०४५ सालको कुत जम्मा धान १।५।६।२।। दिए जिन्सी नदिए धान मुरी १ को रु. ३००।– का दरले हुने नगदी रु. ३८६।७२ विपक्षहरुबाट बराबर भराई दिलाई जग्गाबाट निष्कासन समेत गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. प्रतिवादीहरुका नाउँमा म्याद जारी हुँदा म्यादभित्र प्रतिवादीहरुको प्रतिउत्तरपत्र नपरी म्याद गुजारी बसेको । ४. विपक्षहरुले प्रतिउत्तर समेत दिन नआएको सम्बन्धित गा.पं. मा समेत बाली धरौट राखेको नदेखिंदा वादीले दावी गरे बमोजिमको बाली विपक्षीहरुले बुझाउन पर्ने ठहर्छ । विपक्षीहरु उपस्थित नभएकोले निजहरुको स्थिति बुझ्न नसकिएको र बाली बुझाउन पर्ने निर्णय भएको समेत हुँदा जोत निष्कासन गर्न मिलेन भन्ने समेत भूमि सुधार कार्यालय भक्तपुरको २०४६।९।२६ को फैसला । ५. भूमि सुधार काार्यालयबाट जोत निष्कासन नगरी बाली मात्र भराउने गरेको निर्णय फैसलामा गम्भीर कानुनी त्रुटि भएकोले उक्त फैसला बदर गरी वादी दावी अनुसार जोत निष्कासन समेत गरी पाउँ भन्ने समेत कृष्णभक्त श्रेष्ठको बागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र । ६. प्रतिवादीले म्याद बुझी प्रतिउत्तर नफिराएको कारणबाट वादीको दावी अनुसार नै गर्नु पर्ने बाध्यता भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको देखिँदैन, एक वर्षको बालीका सम्बन्धमा मात्र दावी, अघि अघिका बालीमा समेत मुद्दा परेको देखिँदैन, यस अवस्थामा एक वर्षकै बाली नबुझाएकोमा प्रतिवादीलाई मोहीबाट निष्कासन गर्ने गरी निर्णय गर्नु उपयुक्त देखिन नआएकोले शुरुबाट भएको निर्णय मनासिब ठह