निर्णय नं. ४५७६ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५७६ - लिखत दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०४/११ २९२४ निर्णय नं. ४५७६ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं.५०६ फैसला भएको मिति: २०४९।४।११।१ मा पुनरावेदक/प्रतिवादी: मोरङ विराटनगर न.पं. वा.नं.५ बस्ने फणिन्द्र कुमार खड्का विरुद्ध वादी: विराटनगर न.पं. वा.नं.६ बस्ने अर्जनु भन्ने चेतेन्द्रबहादुर खड्कासमेत मुद्दा : लिखत दर्ता बदर (१) अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलन या उपयोग गर्न नसक्ने नपाउने भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ.को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(७) तथा १३(५)(ख)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. पिता योगेन्द्रबहादुर खड्का भन्ने गोपालकृष्ण खड्काको २ पत्नीमा स्व. जेठी पत्नीबाट हामी फिरादीहरु २ भाइ र जीवित कान्छी पत्नी पवित्रा देवी तर्फको जेठा लिलाबहादुर, माहिला विपक्षी फणिन्द्रकुमार, साहिला दिपककुमार, काहिला राजेश तथा कान्छा विमलकुमार समेत (९) नौ जना अंशियारमा घरसारमा मिति २०४०।९।१० मा अंशबण्डा लिखत गरी २०४०।९।१२ मा मा.पो.का. मोरङबाट रजिष्ट्रेशन पास गराएको उक्त लिखतमा “म बाचुन्जेल मेरो खुशी गरी र शेष पछि बाँकी सबै भाइ छोराहरुले बण्डा गरी खाने” भनी बुबाले लेखि दिनु भएको २०४३।१०।९ गते बुबा परलोक हुनु भएपछि निजको जग्गाहरु खोज्दा ०४३।२।१९ को पारीत शेष पछिको बकसपत्र लिखतको आधारमा बुबाको नामको जग्गा विपक्षीहरुले नामसारी गराएको थाहा पाई ०४३।११।५ गते उक्त बकसपत्रको नक्कल प्राप्त गरी हेर्दा मोरंग जिल्ला कंचनवारी गा.पं. वडा नं.८ को कि.नं.३९१ को ०–३–६, सुन्सरी जि. रामगन्ज बेल गाछिया गा.पं. वडा नं.४(क) को कि.नं.१११ को १–६–७, वडा नं.४(ख) को कि.नं.४० को ०–१–१४, कि.नं.४३ को ०–१–४ कि.नं.४१ को ०–१–१० वडा नं.६(क) को कि.नं.२२१ को १–०–०, कि.नं.२४१ को ०–७–० समेत जम्मा ३–१–१ जग्गाको बकसपत्र पारीत गराएको देखिन आयो । उक्त जग्गामा हामी अंशियारहरुको ७ बण्डा लाग्ने हुनाले सो हिसाबले हामी फिरादीहरुको २ बण्डा भागमा हुने जग्गा बिगाहा ०–१७–८ को लिखत बदर गरी दर्ता समेत बदर गरी हाम्रो नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. हामी वादी प्रतिवादीहरु समेत ०४०।९।१०।१ को बण्डा पत्र बमोजिम अंश बण्डा गरी आ–आफ्नो अंश भाग लिई पिता म समेतका मेरा सगोलका भाइहरुसंग साथ बस्नु भएको र विपक्षी दाजुहरु अलग बस्नु भएको अवस्थामा पिताजी बिरामी भएको अवस्थामा मैले स्याहार सम्हार गरी रिझाएकोले पिताले आफ्नो अंश भागमा परेको सम्पत्ति मलाई शेष पछिको बकसपत्र पारीत गरी दिनु भएको, दान बक्सको १ नं.बमोजिम पिताजीले आफू खुस गर्न पाउने सम्पत्ति हुँदा लिखत र दर्ता बदर हुनुपर्ने होइन भन्नेसमेत प्र.फणिन्द्र कुमार खड्काको प्रतिउत्तरपत्र । ४. यसमा वादी दावीको जग्गा मध्ये कि.नं.३९१ को ०–३–६ जग्गासम्म अंशबण्डाबाट वादी प्रतिवादीका पिताका भागमा परेको र शेष पछि बाँकी रहे सबै भाइ छोराले बाँडी खानु भनी लेखेकोबाट ७ भागको २ भाग जग्गाको सम्म शेष पछिको लिखत र दर्ता बदर भई वादीका नाउँमा दर्ता कायम हुने ठहर्छ । सो बाहेक अरु जग्गा शेष पछि सबैले बाँडी खाने