निर्णय नं. ४५७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५७९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०५/३१ २८०९ निर्णय नं. ४५७९ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको रिट नं.८६९ आदेश भएको मिति: २०४९।५।३१।४ मा निवेदक : जि.स.गा.पं. गमरिया वा. नं.९ मा बस्ने प्रदिप राय दोनबार भन्ने प्रदिप सिंह दनुवार विरुद्ध विपक्षी : जि.स.,गा.पं.गमहरिया वा.नं.७ बस्ने वीरेन्द्रकुमार सिंह दनुवारसमेत विषय : उत्प्रेषण (१) अदालतबाट चलन पुर्जी पाए पश्चात दाखिल खारेज गराउन मालपोत कार्यालयमा जाँदा उक्त कार्यालयको टिप्पणीबाट जग्गाहरु लिलाम भइसकेको थाहा पाई रिटनिवेदन दर्ता हुन आएको देखिएबाट अनूचित विलम्ब गरी आएको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) अदालतबाट मुद्दा चल्दा चल्दैको स्थितिमा विवादित जग्गाहरु लिलाम गर्ने अधिकार कसैलाई हुँदैन । यस्तो स्थितिमा मालपोत कार्यालयले मुद्दा विचाराधीन रहेको समयमा जग्गाहरु लिलाम गरेको त्रुटिपूर्ण देखिन आएको हुनाले लिलाम उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का, विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री सुनिल अधिकारी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. रावली राय दनुवारले राम चरित्रलाई तपसिलका ११ कित्ता जग्गा विगाहा ५–१०–१६ रु. १८,९९२।– मा मिति ०२३।१०।२५।३ मा राजीनामा गरिदिनु भएकोले सर्लाही मालपोत कार्यालयमा हकसाफी गरी माग्न जाँदा म निवेदकले हकसाफी गर्न पाउने भनी मिति २०२६।३।१७ मा निर्णय गरे उपर राम चरित्रको पुनरावेदन परी मुद्दा चल्दै जाँदा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३१।१०।१६ मा शुरुको निर्णय सदर भई सो जग्गा मैले नै हक भोग गरी आएको सो फैसला बमोजिम जग्गा मेरो नाउँमा दा.खा. दर्ता गरी पाउन स.जि.अ.मा निवेदन दिई ०४६।२।४ मा स.मा.का. को नाउँमा दर्ता समेत गर्न चलन पुर्जी पठाई मलाई बोधार्थ समेत दिएकोले सोही चलन पुर्जी अनुसार दाखिल खारेज गर्न जाँदा विपक्षीहरुले सो जग्गा मुद्दा चली रहेको कारणले नापीको समयमा आफ्नो नाममा नापी गराई ०२७।१०।२५ मा लिलाम गराएको । सो लिलाममा मंगल चौधरीले सकार गरी कि.नं.४२३ को ०–१६–० को कित्ता बाहेक सम्पूर्ण कित्ता साविक ज.ध. रामवली रायको छोरा वीरेन्द्रकुमार सिंहलाई छोडपत्र गरी दिएको र निज वीरेन्द्रकुमार सिंहले पनि कि.नं.२६१ को जग्गा राजगिर राय यादवलाई हक छोडि दिएको थाहा पाएँ । ३. मुद्दा पर्दा पर्दै लिलाम गरेको कानुनी नहुने र सो गैरकानुनी श्रोतबाट विपक्षीहरुले गरेको दर्ता दुषित हुने, सो दुषित दर्ता बदर गरी हक कायम गरी पाउँ भनी जिल्ला अदालतमा नालेश गरेको छु । मिति ०३१।१०।१६ मा मध्यमाञ्चल क्षेत्रीय अदालतले हक सफा हुने भनी गरेको फैसला अन्तिम भएर रहेको स्थितिमा स.मा.का. ले लिलाम चढाउनु, लिलाम गर्न, लिलाममा लिई पुनः जग्गाधनीको छोरालाई हक टुटाई दिएबाट सो नाटकीय देखिन्छ । रामवली रायले पोता नतिरेकोमा लिलाम गर्नु परे निजको हकको जग्गा मात्रै लिलाम गर्नु पर्ने हो । लिलाम गर्ने सो गैरकानुनी निर्णयबाट संविधानको धारा ११(२)(ङ) र १५ द्वारा प्रदत्त हक हनन् हुनुका साथै अदालतको फैसला समेत काटिएको हुँदा उत्प्रेषण लगायत