निर्णय नं. ४५८० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५८० - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०६/२६ २६८८ निर्णय नं. ४५८० ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४८ सालको फौ.सा.नं.८८ फैसला भएको मिति: २०४९।६।२६।२ मा वादी: विश्वनाथ खनालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: विराटनगर न.पं. वा. नं.२ बस्ने उद्धवकुमार पुडासैनी मुद्दा : कर्तव्य ज्यान (१) मृतकले आफ्नो मृत्युको कारणको सम्बन्धमा मृत्यु पूर्व होस छँदै व्यक्त गरेको बयान, लास प्रकृति मुचुल्का समेतबाट मृतकको मृत्यु प्रतिवादीहरुले आगो लगाई दिएबाट नै भएको देखिन आएको हुनाले प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. ३३) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ.बाट २०४७।१।२४।२ मा फैसला भई साधक सदरको लागि जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :– २. २०३७।११।२७ गते उद्धव पुडासैनीसंग मेरी छोरी संगीताको विवाह भई निजबाट १ छोरा पैदा भएको र छोरीको हाल ६ महीनाको गर्भ थियो । यही २०४१।१२।७ गते छोरी विराटनगर अस्पताल इमर्जेन्सी वार्डमा छ भन्ने चिठ्ठी आएकोले गई हेर्दा घाँटी देखि तल सबै शरीर जलेको बेहोस हालतमा देखी आई भोलिपल्ट श्रीमतीलाई पठाएँ । ३ दिन पछि श्रीमती अस्पतालबाट फर्केकीले ०४१।१२।१५ गते म गई छोरीसंग सोधपुछ गर्दा रोई रहेकी ज्वाई र संधिनीले समेत वास्ता नगरेकोले छोरीलाई बराबर सोधपुछ गर्दा ०४१।१२।१७ गते बिहान घरमा अन्न पानी केही थिएन, साँझ ८ बजेतिर सासूले किन खाना नपकाएकी भन्नु हुँदा घरमा के छ र भन्दा छोरालाई आउन दे अनि तेरो नतिजा देखाउँला भन्नु भयो, श्रीमान १० बजे राती मादक पदार्थ सेवन गरेर आउँदा कुरा लगाई दिए । श्रीमानले बिंडी खान सलाई माग्नु भएकोले ल्याइदिएँ । सासूले जगल्टा समाई लडाउन लाग्दा श्रीमानले नोख भएको जुत्ताले पेटमा हान्दा बेहोस भएछु, जीउमा आगोले पोलेकोले म उठी छटपटिई फेरि बेहोस भएछु । कसले अस्पताल ल्यायो थाहा छैन भनेको र छोरीको बाँच्ने आश छैन, निजको बयान गराई कारवाही गरी पाउँ भन्ने समेत विश्वनाथ खनालको जाहेरी दर्खास्त । ३. ०४१।१२।६ गते मंगलबार बेलुका ६ बजे देखि सासूसंग साधारण झगडा भइरहेको घरमा चामल नभएकोले खाना बनाएको थिइन, १० बजेतिर लोग्ने मादक पदार्थ सेवन गरी आएर सलाई माग्दा मैले भाडामा बस्ने गोपाल पौडेलसंग सलाई मागी दिएँ । सासूले लोग्नेलाई कुरा लगाई दिएछ । सासूले मलाई एक्कासी जगल्टा समाती मुड्कीले हान्ने र लोग्नेले नोख भएको जुत्ताले पेटमा हान्ने गर्दा म बेहोस भएछु । मलाई पछि सासू र लोग्नेले ओसारबाट भित्र कोठामा लगेछन् । मैले लगाएको कपडा तलबाट जली छातीमा पोलेकोले होस आउँदा आफ्नै कोठामा रहेछु, आगो लाग्यो भनी चिच्याउँदै उठ्दा कोठामा लोग्ने भएको, भित्रबाट छेस्किनी लागेको रहेछ । देवर प्रदिपले रिक्सामा अस्पताल ल्याएछ । ०४१।१२।९ गते मेरो ६ महीनाको गर्भ गिरेको थियो । सासू र लोग्ने भई मलाई मार्ने नियतले कुटी बेहोस बनाई आगो लगाई दिएको भन्ने मलाई लाग्छ भन्ने समेत संगीता पुडासैनीले अस्पतालमा डा.महावीरकृष्ण मल्लको रोहवरमा ०४१।१२।१७।७ मा गरेको कागज । ४. आजभन्दा १२।१३ दिन अगाडि दाजु उद्धव र भाउजु संगीताको बीच झगडा भएको सुनेको, झगडा शान्त भएपछि भाउजू मेरो घरमा आई दाजुले मलाई पिट्नु भयो कत