निर्णय नं. ४५८१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/०३ २७५३ निर्णय नं. ४५८१ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रि.नं.९११ आदेश भएको मिति: २०४९।७।३।२ मा निवेदक : का.न.पं. वा.नं.२७ त्यौडटोल बस्ने चैत्यनारायण डंगोल विरुद्ध विपक्षी : भूमि सुधार कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्तिको हक हनन् गर्ने अधिकार कुनै पनि निकायलाई प्राप्त नहुने । (प्रकरण नं. १२) (२) कानुन बमोजिम मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरेको मोहीलाई बिना कुनै कानुनी कारवाही र निर्णय मोहियानी हकबाट बन्चित गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की, विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. काठमाडौं बाँगेमुढा बस्ने चिरीन्जीवी गोविन्द श्रेष्ठ जग्गाधनी, मोही म निवेदक कायम भएको काठमाडौं जिल्ला गोंगबू पञ्चायत वा.नं.५(ख) कि.नं.१७० को क्षेत्रफल ६–६–० जग्गा र सो जग्गामा म मोही बसी आएको घर समेत नापी हुनु पूर्वदेखि जोताहाको हैसियतले भोगी चर्ची आएको, २०२१ सालमा नापी हुँदा समेत जोताहा कायम भई प्रत्यर्थी भूमिसुधार कार्यालयबाट ज.ध. चिरीन्जीवी गोविन्द र मोहीमा म निवेदक कायम भएको मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको, उक्त जोत हकको घर बारीको जग्गालाई कित्ताकाट गरी २ कित्तामा विभाजन गरी कायम भएको २८१ र २८२ मध्ये कि.नं.२८१ को ३–३–० जग्गा म निवेदक मोहीलाई कायमै राखी ०३९।१।१२ मा जग्गा धनीले राजीनामा गरी चण्डिकाप्रसाद पाण्डेलाई दिनु भएको जग्गा धनीको नाममा बाँकी कि.नं.२८२ को क्षेत्रफल २–८–० जग्गा कित्ताकाट गरी कायम भएको कि.नं.२८३ को ०–४–३ जग्गा सोही जग्गामा रहेको मेरो भोगको घर समेत समावेश गरी ज.ध. ले नारायणप्रसाद भट्टराईलाई ०३९।१।२६ मा मोहीको महलमा मेरै नाम उल्लेख गरी राजीनामा गरी दिएको, बाँकी कि.नं.२८४ को २–३–१–० जग्गा पनि नारायणप्रसादलाई म मोही उल्लेख गरी ०३९।२।५ मा हालैको बकसपत्र गरी दिएको उक्त कि.नं.२८४ को जग्गा बकसपत्र गरी लिएर दिएतर्फ लिखत बदर मुद्दा र मेरो भोग कायम भएको साविक कि.नं.१७० को घरबारीको जग्गामा रहेको घरलाई पृथक कित्ता नं.२८३ कायम गरी बिक्री गर्नसक्ने कानुनी हकै नपुग्ने जग्गा धनीले घर समेत बिक्री ज.ध. र प्रत्यर्थी नारायणप्रसाद भट्टराईले जालसाजी गरी हक मेटाएको हुँदा सो ०३९।१।२६ को राजीनामा लिखतलाई मेरो हक मेटाएको हदसम्म जालसाजी घोषित गरिपाउँ भन्ने काठमाडौं जिल्ला अदालतमा फिराद दिई कारवाही युक्त अवस्थामा छ । ३. प्रत्यर्थी नारायणप्रसाद भट्टराईले उल्लेखित कि.नं.२८३ र २८४ को २०३९ सालको बाली नबुझाएको भनी बाली भराई मोही निष्कासन गरिपाउँ भनी म उपर भू.सु.का. काठमाडौंमा फिराद दिई कारवाही हुँदा ०४० साल आषाढ १९ गतेको तारेख गुजारी ०४०।४।८।१ मा बिन्तिपत्र चढाई हु.प्र. बकस भएको प्रत्यर्थी भू.सु.का. काठमाडौंको २०४०।५।२।५ को १५ दिने सूचनामा समेत उपस्थित हुन नआई भूमि सुधार कार्यालयबाट ०४०।१२।१२ गते विपक्षीको दावी खारेज हुने निर्णय भएको थियो । प्रत्य