निर्णय नं. ४५८३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५८३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/१६ २६३० निर्णय नं. ४५८३ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रि.नं.१२१३ आदेश भएको मिति: २०४९।७।१६।१ मा निवेदक : महान्यायाधिवक्ताको कार्यालयको का.मु. सहायक न्यायाधिवक्ता तेजबहादुर कार्की विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालयसमेत विषय : उत्प्रेषण (१) बढुवा पाउने हक प्रचलनको लागि रिटनिवेदन दिनु भएको हो त्यो हक रिट निवेदकले रा.प. द्वितीय श्रेणीमा बढुवा पाइसकेकोबाट रिट निवेदकको सो हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन नपर्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीर : २०४७ सालको रि.नं.५३ डा. सरस्वती एम.पाध्ये विरुद्ध लोकसेवा आयोग समेत भएको उत्प्रेषण रिटनिवेदनमा २०४८।९।१८ गते पूर्णइजलासबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको तथ्य यस प्रकार छ : २. म निवेदक मिति २०३९।१२।४ गतेको निर्णयले नियुक्ति भए देखि क्रमशः स.स.अ.तथा स.स.अ.कार्यालय सल्यान जिल्ला सरकारी वकील कार्यालय, पाँचथर र महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भई विगत ७ वर्ष भन्दा बढी अवधि देखि सफलतापूर्वक काम गरी आएको छु । प्रत्यर्थी मध्येको न्यायसेवा आयोगद्वारा मिति २०४६।४।२५ मा प्रकाशित सूचना तथा नेपाल न्याय सेवा नियमावली, २०२९ द्वारा निर्धारित योग्यता पुगेका एक उम्मेदवारको हैसियतले सूचनामा तोकेको म्याद भित्र रा.प.द्वि. श्रेणीको सहायक सचिव पदमा बढुवा पाउनको लागि दर्खास्त चढाएको थिएँ । मिति २०४६।५।२५ गतेको सूचनाद्वारा शुरुमा देखाएको ११ रिक्त पदमा संशोधन गरी कति कारणले हो कटौती गरी ९ कायम गरिएको थियो । मिति २०४६।९।१३ गतेमा बढुवाको सिफारिश पाउने उम्मेदवारको नाम प्रकाशित सूचीमा निवेदकको नाम नभएको र २०३.०२८ अंक प्राप्त गर्ने भनिएको प्रत्यर्थी वीरेन्द्रकुमार बाटाजुको नाम समेत क्रमसंख्या ९ मा प्रकाशित भएको देखी न्याय सेवा आयोग समक्ष बुझ्दा निवेदकले जेष्ठतातर्फ २५.२६६ शैक्षिक योग्यतातर्फ ३२.०० तालीम बापत ९.०० वर्गिकृत क्षेत्रको २४.६०० विशेष जिम्मेवारी बापत ५.००० समेत गरी ९५.८६६ अंक प्राप्त गरेको देखिएकोले विपक्षी वीरेन्द्रकुमार बाटाजुले पाएको कुल प्राप्तांक २०३.०२८ बाट कटाई हेरी अनुमान गर्दा कार्य सम्पादन तर्फ १०७.१९३ भन्दा पनि कम अंक दिइएको देखिन्छ । वीरेन्द्रकुमार र मोहनरमण समेतको नियुक्तिको मिति २०४३।४।२६ गतेमा भएको न्यूनतम वर्ष योग्यता नै नपुगेको यी व्यक्तिहरु कसरी सिफारिश भएको भनी बुझ्दा निजहरुले न्याय सेवामा प्रवेश गर्नु अघि गरेको सेवा जोड्न नमिल्नेमा नियम विपरीत जोड्न लगाई कानुन विरुद्ध सिफारिश गरी गराएको देखिएकोले उक्त कुरा उल्लेख गरी श्री ५ को सरकारको समक्ष म्यादभित्र उजूर गरेकोमा मिति २०४७।१।२ मा मन्त्रिपरिषद् सचिवालयमा निवेदन दिएपछि मात्र बल्ल तल्ल पछि मिति २०४७।१।४ मा न्यायसेवा आयोगको निर्णय मनासिब देखिएको भनी मिति २०४६।१२।७ मा श्री ५ को सरकारबाट निर्णय भएको जानकारी दिइएकोले उक्त निर्णय उपर कानुनी उपचारको अन