निर्णय नं. ४५८४ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८४ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/०३ २४७७ निर्णय नं. ४५८४ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधशि श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रि.नं.६९८ आदेश भएको मिति: २०४९।७।३।२ मा निवेदक : जिल्ला महोत्तरी नैनही गा.वि.स. वा.नं.२ बस्ने कैलास मिश्र विरुद्ध विपक्षी : महेन्द्र संस्कृत विश्व विद्यालय केन्द्रीय कार्यालय, दाङसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) उपप्राध्यापक पद नै नरहेकोमा प्रकाशित विज्ञापनको सूचनाले भ्रम पर्न जाने अवस्था देखिन आएको छ तापनि पद नै नरहेको अवस्थामा निवेदकको नाम उपप्राध्यापक पदमा निकाल्न नमिल्ने । (प्रकरण नं. ९) (२) जाँच दिँदैमा सो पदमा कसैको नियुक्तिको अधिकार नहुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ :– २. प्र.नं.४ ले प्र.नं.१ अन्तर्गतको विभिन्न विद्यापिठहरुको लागि हिन्दी विषयको उपप्राध्यापक पदका लागि मिति २०४४।७।१ को गोरखापत्रमा वि.नं.१।०४४।४५ विज्ञापन गरिएकोमा योग्यता र अनुभव पुगेकोले उपप्राध्यापक र सहायकप्राध्यापक पदका निमित्त फर्म भरेको थिएँ । सहायकप्राध्यापक तर्फ स. ११७ तथा उपप्राध्यापक तर्फ ५० को प्रवेश पत्र प्र.नं.२ ले प्रदान गरी मिति २०४५।२।६ का दिन उपप्राध्यापकको र मिति २०४५।२।७ मा लिखित परीक्षा लिई मिति २०४५।९।२० गतेका दिन प्र.नं.३ को हस्ताक्षरबाट परीक्षाफल प्रकाशित गरियो । निवेदक दुबै परीक्षामा उत्तीर्ण भएको हुँदा मिति २०४७।३।८ का दिन अन्तर्वार्ता लिइयो । मिति २०४७।३।११ गतेका दिन अन्तर्वार्ताको प्रतिफल प्रकाशित भएकोमा मेरो नाम ननिस्केको र सहायकप्राध्यापक पदमा ताराकान्त झाको नाम निस्केको देखी मेरो नाम किन निस्केन भनी सोधपुछ गर्दा उपप्राध्यापक पदमा उत्तीर्ण भएको दरबन्दी नभएकोले नतीजा प्रकाशित नगर्नुभएको मौखिक जानकारी पाएँ । ३. म.स.वि.वि. ऐन, २०४३ को दफा ५(ज) अनुसार दरबन्दी वि.वि. सभाले स्वीकृत गर्छ । दरबन्दी स्वीकृत भएपछि ऐ. दफा २५ अन्तर्गत दफा २७ बमोजिम अधिकार काम कर्तव्य भएको प्र.नं.२ ले विज्ञापन गरी छनौट गरी नियुक्ति दिनु पर्ने व्यवस्था भएको पाइन्छ । प्र.नं.१ ले नियमावली २०४४।३।८ गतेमा पारीत गरी लागू गरेको विनियम भने वि.वि.को लागू गरी विज्ञापन गरेको थियो । विनियम १–६–६ अनुसार सिफारिश गर्नु बाहेक दरबन्दी छैन भन्ने निहु बनाई नियुक्ति नदिने कृया गैरकानुनी छ र अन्तर्वार्ताको नतिजालाई रोकी राख्ने अधिकार प्रतिरक्षीहरुलाई छैन । अन्य विषयको र हिन्दीमा सहायकप्राध्यापकको परीक्षाफल प्रकाशित गरी उपप्राध्यापक पदका परीक्षाफल प्रकाशित नगर्दा संविधानको धारा १०(१) को हक हनन् हुन गएकोले प्रतिफल प्रकाशित नगरी नियुक्ति समेत रोक्ने कृया तत्सम्बन्धी अन्य कुनै निर्णय भएको रहेछ भने आघातित हकको प्रचलन गराउन अन्य कुनै कानुनमा उपचार नभएकोले धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु । अन्तर्वार्ताको नतिजा प्रकाशित गरी नियुक्तिपत्र समेत दिनु भनी परमादेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको