निर्णय नं. ६१८७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१८७ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०४/२४ २९४० निर्णय नं. ६१८७ ने.का.प. २०५३ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५२ सालको रिट.नं. ....... २१०३ आदेश मितिः- २०५२।४।२४।४ विषय: उत्प्रेषण । निवेदकः- ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ३ बस्ने देबेन्द्र के.सी.को ऐ. संरक्षक भई आफ्नो हकमा समेत ऐ.बस्ने मिन बहादुरको पत्नि र ऐ.बस्ने कान्छी खत्री के.सी.। विरुद्ध विपक्षीः- ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. १५ बस्ने सानुमाया शाक्य । भूमी सुधार कार्यालय, ललितपुर । मोही भै कमाई आएको जग्गा सौता वा सौतेनी छोरामा मोहियानी सर्न सक्ने कानूनी व्यवस्था भएको नपाइने । (प्र.नं. ४) मोहीयानी लागेको जग्गा मोहीको मृत्यु पश्चात कानूनन मोहीको नामसारी गराउने तर्फ व्यक्ति नरहेको अवस्थामा जग्गाधनीले मोही लगत कट्टा गराउन पाउने । (प्र.नं. ४) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री राजु आचार्य । विपक्षी तर्फबाटः- × अबलम्बित नजीरः- × आदेश न्या. नरेन्द्र बहादुर न्यौपानेः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । 2. ससुरा नर बहादुर खत्रीको २ पत्निहरु जेठी देव कुमारी खत्री र कान्छी पूर्ण कुमारी खत्री भएकोमा जेठी तर्फको ३ छोराहरु ठूला बाबु खत्री १, माइला खत्री १ र मिन बहादुर खत्री १ भएको र कान्छी पूर्ण कुमारीको कुनै सन्तान नभई निसन्तान हुनु भएको हो । सासु पूर्ण कुमारी खत्रीले आफ्नो जीवन कालमा धेरै अघि देखी खेती कमाई आएकोमा नापि हुँदाको बखत ललितपुर जिल्ला, ललितपुर नगारपालिका वडा नं. ३(६) कि.नं. ७९ को क्षेत्रफल ०-८-० कायम भई जग्गा धनी सानुमाया शाक्य मोही पुर्ण कुमारी खत्री भएको कुरामा विपक्षी सानु माया शाक्यले जोत लगत कट्टा निम्ति दिनु भएको निवेदन र वाली बुझी दिएको भरपाई कागजहरु छन् यसरी मोही भई विपक्षीका जग्गाहरु कमाई आएकोमा बसोबासको लागि जग्गाधनी सानु मैया शाक्यसंग मौखिक स्वीकृति लिई कांचो ईट्टाको गारो माटोको जोडाई भएको भुई सिमेण्ट ढलान गरेको जस्ताको छाना छाएको १ ऐ.भई टायलको छाना भएको घर १ समेत २ घर बनाई परिवार समेत बसोबास गरी आएकोमा मिति १९९१ सालमा ससुरा नर बहादुर खत्री, २०१८ सालमा सासूको र २०५१ सालमा कान्छी सासुको मृत्यु पश्चात निजहरुको हक खाने हामी फिरादहरु समेत उक्त घर जग्गामा निरन्तर बसोबास गर्दै आएको र पति मिनबहादुर खत्रिको नाममा विद्युत जडान गरी त्यसको मासिक महसुल बुझाई आएका छौं यसरी सासूको मोही हक दर्ताको जग्गामा निजको शेष पछि हक खाने हकदार हामी फिरादीहरु छँदाछदै यस्तो हक प्राप्त हुन सक्ने घर जग्गाको नामसारी हुन बाँकी हुँदाकै अवस्थामा विपक्षी मध्येका सानुमाया शाक्यले मिति २०४९।६।१३ मा मोही लगत कट्टा गर्ने निवेदन दिई विपक्षी भूमी सुधार कार्यालयमा दायर गर्नु भई कारवाही भएको नि.नं. ५८ को मिसिलमा भूमी सुधार कार्यालय ललितपुरले निवेदकको माग दाबी बमोजिम मोही लगत कट्टा गरी निर्णय गरेको रहेछ यस तथ्यको जानकारी यसै मोही हक जग्गाको घर जग्गा सम्बन्धी भएको मिलापत्र बदर मुद्दामा प्रतिवादी मध्येका पूर्ण बहादुर राइले प्रतिउत्तरको प्रमाण खण्डमा उल्लेख गरे बमोजिम प्रमाणको रुपमा भएको विपक्षी भूमी सुधार कार्यालयको मिसिल प्रमाणबाट थाहा पाएकोले के भएको रहेछ भनी हेर्दा मिति २०४१ सालमा मोही पूर्ण कुमारी खत्रीको मृत्यु भएको र निजको हक खाने