निर्णय नं. ४५८५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/२७ २७४१ निर्णय नं. ४५८५ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४७ सालको रि.नं.६५० आदेश भएको मिति: २०४९।०७।२६।४मा निवेदक : जिल्ला सिंचाई कार्यालय, धनकुटामा कार्यरत वैद्यनाथ साह विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) वैकल्पिक उम्मेदवारले नियुक्ति पाउने शर्त योग्यतम उम्मेदवारले नियुक्ति नलिएको अवस्थामा मात्र हो । निवेदक वैकल्पिक उम्मेदवार भएको र मूल उम्मेदवारले नै नियुक्ति लिइसकेपछि निवेदकको यसबाट कुनै पनि कानुनी वा संवैधानिक हक हनन् भएको नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामकृष्ण निराला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ :– २. लोकसेवा आयोगको विज्ञापन नं.२७३।०४६ अनुसार रा.प.तृ. इन्जिनीयरिड्ड सेवा सिभिल समूहको ईरिगेशन उपसमूहको लागि १४४ जनाको रिक्त पदपूर्ति खुल्ला प्रतियोगिताद्वारा गरिने व्यहोराको सूचना अनुसार दर्खास्त पेश गरी परीक्षा दिएकोमा ७२ जना पास भई अन्तर्वार्ताको लागि छनौट गरियो । मौखिक परीक्षाको नतिजा प्रकाशित हुँदा ३ नं.को वैकल्पिक उम्मेदवारको रुपमा निवेदकको नाम उल्लेख गरियो । नियुक्तिका लागि सिफारिश गरी पहिलो पटक सूचना प्रकाशित हुँदा रमेशचन्द्र अस्त्री, नरेन्द्र चौधरी, मोहनप्रसाद ढुंगेल, हरीलाल भट्टराई र शरदराज रेग्मी नियुक्तिपत्र नलिएकोले नियुक्ति लिन आउन घर ठेगानामा पत्राचार गर्दा पनि सम्पर्क राख्न नआएको हुँदा ३५ दिन भित्र नियुक्ति लिन नआए नियुक्ति रद्द गरी वैकल्पिक उम्मेदवारलाई सिफारिश गरी पठाउन लो.से.आ. मा अनुरोध गर्ने भनी जानकारीको लागि गोरखापत्रमा मिति २०४७।१।१० गतेमा सूचना प्रकाशित भयो । दुई जनाले नियुक्ति बुझिलिएका र ३ जनाको हकमा भने १ र २ नं.का वैकल्पिक उम्मेदवारलाई सिफारिश गरी नियुक्तिपत्र दिइयो मलाई दिइएन । किन नियुक्तिपत्र नदिएको भनी अनुरोध गर्दा उचितजवाफ पाउन शरदराज रेग्मीलाई नियुक्ति दिने भएको छ, भन्ने अप्रष्ट व्यहोरा अवगत भयो । रिक्त पद संख्या ३ मा निवेदक भन्दा अगाडिका २ जनालाई नियुक्तिपत्र दिइएको र मलाई पनि दिनु पर्नेमा दिइएन । ३५ दिन भित्र नियुक्ति लिन नआएको अवस्थामा वैकल्पिक उम्मेदवारले स्वतः नियुक्ति पाउनु पर्ने हो । वैकल्पिक उम्मेदवार सरह नियुक्ति नदिएको गैरकानुनी र त्रुटिपूर्ण हुँदा संविधानको धारा १०, ११ र १५ द्वारा प्रदत्त समानता र सम्पत्ति विषयक मौलिक हकमा आघात परेको हुँदा धारा १६।७१ अन्तर्गत निवेदन दिएको छु । १ पदमा निवेदकको नाम सिफारिश गरी नियुक्ति दिनु भन्ने उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ३. यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. योग्यतम उम्मेदवारलाई सिफारिश गरिने भएकोले निवेदक वैकल्पिकमा समावेश भएका थिए । नियुक्ति नलिएको भनी सिफारिश फिर्ता आएमामात्र वैकल्पिक सूचीमा समावेश भएकाले योग्यता क्रमानुसार सिफारिश