निर्णय नं. ८५८२ - कीर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५८२ - कीर्ते जालसाजी भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/११/०१ ४५४३ निर्णय नं. ८५८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती ०६४–CR–०८०८, ०६६–CR–००४२ फैसला मितिः २०६७।११।८।१ मुद्दा : कीर्ते जालसाजी । पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, बहुअर्वा भाठा गा.वि.स. वडा नं. ३ बस्ने अशोकराम महरा विरुद्ध प्रत्यर्थी वादीः जिल्ला पर्सा, बहुअर्वा भाठा गा.वि.स. वाड नं. ३ बस्ने छोटेलाल राम तथा पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, सतवरिया पोखरिया गा.वि.स. वाड नं. ९ बस्ने भागवत महरा चमार विरुद्ध प्रत्यर्थी वादीः जिल्ला पर्सा बहुअर्वा भाठा गा.वि.स. वाड नं. ३ बस्ने छोटेलाल राम शुरु फैसला गर्ने : मा.न्या.श्री बालकृष्ण उप्रेती पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री गौरीबहादुर कार्की मा.न्या. श्री टंकबहादुर मोक्तान § हस्ताक्षर जाँच गर्ने दुई विशेषज्ञको राय अलग–अलग भै विरोधाभाष रहेका अवस्थामा ती रायहरूलाई विवादको निरुपण गर्ने निश्चयात्मक र भरपर्दो प्रमाण मान्न सकिने देखिँदैन । यस्तो अवस्थामा विवादको निरुपण गर्न मुद्दाको तथ्य, पक्षहरूको सम्बन्धमा देखिएको विकसित घट्नाक्रम एवं परिस्थितजन्य प्रमाणहरूलाई नियाल्नु पर्ने । § विशेषज्ञको राय न्यायकर्तालाई निष्कर्षमा पुग्न सहयोग गर्ने आधार अवश्य हो । तर, विशेषज्ञको रायलाई एक मात्र निश्चयात्मक प्रमाण मानी अन्य प्रमाणलाई उपेक्षा गर्नु न्यायसंगत हुँदैन । अन्य भरपर्दा प्रमाणको विपरीत विशेषज्ञको राय भएमा न्यायकर्तालाई विशेषज्ञको राय प्रतिकूल निष्कर्ष निकाल्न आपत्ति नहुने । (प्रकरण नं.२) § कसूर गर्नेले सजाय पाउनु पर्ने हुन्छ । सम्पत्ति पाई नै हाल्यो भनेर गम्भीर करतुतहरू कानूनको आँखामा क्षम्य मानिदिँदा दण्डहीनताले प्रश्रय पाउने । § लिखत बदर तथा जालसाजी भन्ने दावी रहेकोमा लिखत बदर भएपछि जालसाजी नठहर्नु र लिखतमा वादीलाई प्रतिकूल असर पुर्याउने उद्देश्यले निजको कीर्ते सही गरिनु समान अवस्था नहुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजन अधिकारी प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § कीर्ते कागजको ९ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मूल पुर्खा वालगोविन्द महरा भै निजको एकमात्र छोरा विपक्षी हरिश्चन्द्रप्रसाद दास हुनुहुन्छ । निज हरिश्चन्द्रप्रसाद दासकी पत्नी पानमती देवी चमैन हुनु भै निजहरूको दाम्पत्य जीवनबाट जन्मेका ४ भाई छोराहरूमा क्रमशः कमल महरा, विपक्षी अशोकराम, हिरालाल राम र म फिरादी हुँ । हामी सम्पूर्ण परिवार एकसाथ सगोलमा बसी आउँदा विपक्षी पिता तथा दाजुहरू समेत उपर दे.नं. २७४४ को अंश दर्ता मुद्दा दिई उक्त मुद्दा चल्दा चल्दैको अवस्थामा दाजु कमल महराले निजको नाउँ दर्ताको कि.नं. २० को जग्गा पिता हरिश्चन्द्रले मलाई थाहा जानकारी नै नदिई वकसपत्र लिखत पारित गरी दिई सोको भोलिपल्ट मिति २०५८।१२।२७ गते निज हरिश्चन्द्रले उक्त कि.नं. २० को जग्गा र साविकदेखि निजको गाउँमा दर्ता रहेको जिल्ला पर्सा गा.वि.स. विश्रामपुर वार्ड नं. ४ को कि.नं. २७९ को ज.वि. ०–०–१७ जग्गा विपक्षी भागवत महरालाई र.नं. ६१५४ बाट दूषित तवरले राजीनामा लिखत गरी म फिरादीलाई थाहा जानकारी नै नदिई मलाई साक्षीमा देखाई मेरो कीर