निर्णय नं. ४५८६ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८६ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/२६ २७७८ निर्णय नं. ४५८६ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रि.नं.१४६२ आदेश भएको मिति: २०४९।७।२६।४ मा निवेदक : श्री पशुपती सोप इण्डष्ट्रिज (प्रा.)लि. को अधिकार प्राप्त कर्मचारी भृगुनाथ प्रसाद श्रीवास्तव विरुद्ध विपक्षी : श्री ५ को सरकार विराटनगर भंसार कार्यालय विषय : उत्प्रेषण मिश्रित परमादेश (१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) ले पुनरावेदन गर्न पाउने निकायबाट प्राप्त हुने उपचार अपर्याप्त वा प्रभावहिन मान्न मिल्ने अवस्था छैन । पुनरावेदनद्वारा प्राप्त हुने उपचार प्रभावी र पर्याप्त हुने । (प्रकरण नं. ९) (२) महसूल तिर्ने कुरा सक्षम निकायको निर्णय वा आदेश बमोजिम हो । अधिकार प्राप्त निकायले लगाएको महसूल तिर्नु पर्ने कारणबाट पुनरावेदन निकायमा पुनरावेदन नदिने सर्वोच्च अदालतको असाधारण क्षेत्र अन्तर्गत रिट दिने संविधानको धारा ८८ (२) को मनसाय होइन । (प्रकरण नं. ९) (३) पुनरावेदन अदालत कानुनद्वारा संस्थापित निकाय हो र यसबाट प्राप्त हुने उपचार अपर्याप्त वा प्रभावहीन मान्न नसकिने । (प्रकरण नं. ९) (४) राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाउने बाटो हुँदा हुँदै सो को उपचारको माध्यम नअपनाई संविधानको धारा २३, ८८(२) को अवस्थासंग मेल नखाने जिकिर लिई रिट क्षेत्रमा प्रवेश गर्ने निवेदकलाई असाधारण अधिकार क्षेत्र अन्तर्गत उपचार दिन नसकिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधानको धारा २३, ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ । २. भारत नासिक स्थित महेन्द्र एण्ड महेन्द्रा लिमिटेडबाट इन्जिन नं.४ एस. ०६६६५ चेसिस नं.४ एस. ०६६६५ को एफ् जे ४६० डि/४ डब्लु डिमोडलको चेसिस एण्ड काउल थान १ ए.आर. १ फाराम रड नं.१६६ ता. ३१।१।१९८९ अन्तर्गत कम्पनीले निजी प्रयोगको लागि आयात गरेकोमा प्रतिरक्षी कार्यालयमा मिति २०४५।१०।१९ गतेका दिन आइपुगेको हुनाले ऐ. मितिमा नं.२२५६ को आयात प्रज्ञानपत्र दर्ता गराइयो । तत्काल लागू रहेको आर्थिक ऐन, २०४५ भन्सार दरबन्दी संकेत नं.८७.०४(२) मा बस, ट्रक वा लहरीको लागि इन्जिन फिट गरेको चेसिसमा २० प्रतिशत भन्सार महसूल लाग्ने र बिक्रीकर १५% प्रतिशत लाग्ने कानुनी व्यवस्था थियो । कम्पनीले मिति २०४५।७।६ मा आयात प्रज्ञापनपत्र नं.९०९ बाट माल कम्पनीको प्रयोजनको लागि झिकाउँदा उक्त संकेत नं.बमोजिम भन्सार महसूल र बिक्री कर असूल गर्नुभएको थियो । तर यसै आर्थिक वर्षमा दोस्रो चेसिस एण्ड काउल आइपुग्दा ७०% प्रतिशत भन्सार महसूल तिर्र्नुपर्छ भनी मौखिक भनेबाट मिति २०४५।१०।२१ गतेमा द.नं.५२६० मा निवेदन दिंदा कुनै निर्णय गरिएन । जनआवाज साप्ताहिकको वर्ष ९ अंक १७ क्रमांक ३९७ को सूचना अनुसार भन्सार दरबन्दी निराकरण गर्न पुनः निवेदन दिए पनि निर्णय वा जानकारी प्राप्त भएन । मिति २०४८।१।२६ का दिन कम्पनीले स्पष्ट जानकारी पाउन निवेदन दिएकोमा विपक्षी कार्यालयको प.सं.म.फा.२०४७।०४८ च.नं.१९३२ मिति २०४८।२।६ गतेको पत्रानुसार आर्थिक ऐन, २०४७ द्वारा संशोधित भन्सार दरबन्दीको संकेत नं.८७.०४ (४) बाट साधार