निर्णय नं. ४५८७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८७ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/०२ २५३६ निर्णय नं. ४५८७ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा २०४८ सालको फौ.पु.नं.२९८ सम्वत् २०४९ सालको फौ.सा.नं.१०३ फैसला भएको मिति: २०४९।७।२।१ मा पुनरावेदक/प्रतिवादी: झापा कारागारमा रहेको टंकप्रसाद रिजाल विरुद्ध प्रत्यर्थी/वादी: श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादी पुनरावेदकले खुकुरी जस्तो जोखिम हतियार प्रयोग गरी सोही प्रहारबाट लागेको चोटबाट थला परी सेप्टीक भई मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिंदा प्रतिवादीले ज्यानसम्बन्धीको १३ (१) को अपराध गरेको ठहर्याएको मनासिब ठहर्ने । (प्रकरण नं. २१) (२) प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय निहित रहेको नभई रिसको आवेगमा आफ्नो साथमा रहेको खुकुरीले खुट्टामा प्रहार गरेको देखिएको र सो खुकुरीले काटेको घाउ सेप्टिक भएको कारणबाट मृत्यु भएको देखिन आयो । अतः उक्त परिप्रेक्ष्यमा घटित अपराधलाई ध्यानमा राख्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. २२) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बेदप्रसाद सिवाकोटी फैसला न्या.रुद्रबहादुर सिंह १. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. जयप्रसाद रिजाललाई टंकप्रसाद रिजालले खुकुरीले २०४५।४।७ गते प्रहार गरी घाइते गरेकाले विराटनगर अस्पतालमा उपचार गराउँदा निको हुन नसकी भारत सिलगडी मेडिकल हलमा उपचार गराउँदा गराउँदै सोही चोटबाट २०४५।४।१४ मा जयप्रसादको मृत्यु भएको हुँदा खुकुरी प्रहार गर्ने टंकप्रसाद उपर कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त । ३. मृतकसंग ३ वर्ष अघि देखि बोलचाल थिएन २०४५।४।७ गते भन्दा ८।१० महीना अघि विष्णुमाया र भाइ समेतलाई कुट्नु भएको २०४५।४।७ गते अं.४ बजे बीउ उखेली रहेको अवस्थामा मृतक कराउँदै आई ए ज्यानमारा किन कुखुरा छाडेको भटमास खायो भनी कराउन लाग्दा काका सम्झाए भइहाल्छ नी भन्दा पाखुरा सुर्किन थालेपछि आमाले कुखुराले खाएको अर्मल तिर्छु भन्दा मेरो आमालाई कुटपीट गर्न लागेकोले आमालाई जोगाउन खोज्दा मृतकले फरुवा लिई आई लागेको देखी मेरो घर टाटीमा सिउरेको खुकुरी झिकी ल्याई पछाडि पट्टिबाट मृतकको दाहिने खुट्टाको छेपारिमा खुकुरीले प्रकार गरेको हुँ भन्ने समेत व्यहोराको अभियुक्त टंकप्रसाद रिजालको प्रहरीको बयान कागज । ४. दमक न.पा. वार्ड नं.१५ स्थित घटनास्थल देखि ६०० मिटिर उत्तर घाईतेको धान खेतमा नांगो खुकुरी बरामद भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ५. टंकप्रसाद रिजालको खुकुरी प्रहारको चोट पीरबाट मृतक जयप्रसाद रिजालको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. ०४५।४।७ गते अन्दाजी ४ बजे होहल्ला भएको र टंक हातमा खुकरी बोकी उत्तर तिर जाँदै गरेको चारै तिर मानिस कुदेको देखी के भएछ भनी सोद्धा टंकले जयप्रसादलाई काट्यो भनेकाले गई हेर्दा जयप्रसादको गाउँमा भेला भएका मानिसहरुले पटुका बाँधेको देखेको हुँ भन्ने समेत व्यहोराको जयप्रसाद रिजालले गरेको कागज । ७. टंकप्रसादको आमा र हामी बीच पहिले झगडा भयो, त्यसपछि टंकप्रसादले उसकी आमा र मेरी आमालाई नजीक भएका मानिसले छुट्याई दिएपछि टंकप्रसाद घर तर्फ लागी केही बेरपछि अं. ४ बजेको समयमा आमा र म अघि बुबा पछि पछि जाँदै गर्दा त्यसै बखत टंकप्रसादले आफ्नो शरीरमा ल