निर्णय नं. ४५८८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५८८ - हक सफा भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/२६ ३७३६ निर्णय नं. ४५८८ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०४७ सालको दे.पु.नं.३५२ फैसला भएको मिति: २०४९।७।२६।४ मा पुनरावेदक/वादी: का.न.पं. वा.नं.१० बानेश्वर बस्ने सविता श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी: का.प.जि. उग्रचण्डी नाला गा.पं. वा.नं.१ बस्ने धर्मध्वज भण्डारी मुद्दा : हक सफा (१) आफू कुन किसिमले लेनदेन व्यवहारको ११ नं.अन्तर्गत निखन्न पाउने व्यक्ति हो, कुन किसिमले सन्धीसर्पन पर्ने व्यक्ति हो र सो सम्बन्धमा निखन्न पाउन अ.बं. ८२ नं.बमोजिम निजको उजूरी लाग्ने हो भन्ने कुरा समेत खुलाउँदै नखुलाएकोमा उजूरी दर्ता गरी कारवाही किनारा गर्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्त प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवप्रसाद सिग्देल फैसला न्या.रुद्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतले अनुमति नदिने गरी गरेको आदेश उपर न्याय प्रशासन सुधार ऐन, २०३१ तथा स.अ.नियमावली, २०२१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. यसमा दिने मेरा एकाघरका पति श्यामलाल श्रेष्ठ र लिने विपक्ष धर्मध्वज भण्डारी भई निज श्यामलालका हक भोगको का.प.जि. दछुटोल गा.पं. वडा नं.७ को कि.नं.६८ क्षेत्रफल १–९–२–० को मोल रु. ३८,०००।– जाने जग्गा कित्ता –१ र ऐ.ऐ. कि.नं.७० को क्षेत्रफल ०–२–२–० को मोल रु. २७,०००।– समेत जम्मा मोल रु. ६५,०००।– पैसठ्ठी हजार लिनु दिनु गरी मिति ०४४।१२।२८ गतेका दिन राजीनामा पारीत गरी लिनु दिनु गरेको कुरा ०४४।१।२९ मा नक्कल सारी हेर्दा थाहा हुन आएकोले जग्गा खरिद गरी लिने विपक्ष धर्मध्वज भण्डारी कहाँ गई उक्त जग्गा हक निखन्न दिन्न भनी मन्जूर नगर्नुभएको र उक्त अचल सम्पत्तिको अभावमा मेरो बाल बच्चाहरुलाई हातमुख जोड्ने जस्तो मानव जीवनको प्रारम्भिक रुपमा रहेको अति सामान्य क्रियाबाट समेत बन्चित हुन पर्ने भई सारै सन्धीसर्पन पर्ने भएको र म हकवाला समेत हुनुका साथै लेनदेन व्यवहारको १० नं.मा व्यवस्थित कानुनी व्यवस्थानुसार सगोलको सम्पत्तिमा हक छोडी दिँदा ऐनले आफू खुशी गर्न पाउनेमा मात्र अंशियारको मन्जूरी लिन नपर्ने र सो बाहेक अरुमा अंशियारको मन्जूर लिएर मात्र हक छोड्न पाउने व्यवस्था भए अनुसार सो नभएकोले लेनदेन व्यवहारको ११ नं.बमोजिम हक निखनाई लिन पाउने कानुनी अधिकार म वादी निवेदकलाई भएकोले थैली अंक रु. ६५,०००।– र पारीत दस्तूर रु. ४,५५०।– समेत जम्मा रु. ६९,५५०।– (उनन्सत्तरी हजार पाँच सय पचास) रुपैयाँ धरौटी राख्न ल्याएको छु । उक्त धरौटी रकम विपक्षी धर्मध्वज भण्डारीलाई बुझाई मेरा पतिले बिक्री गरेको उक्त अचल सम्पत्ति हक निखनाई पाउँ भन्ने सविता श्रेष्ठको उजूरी निवेदन । ३. विपक्ष वादी सविता श्रेष्ठले म उपर हक साफी गरी पाउँ भन्ने उजूरी दिनु भएकोमा सो को ७ दिने म्याद गुज्रन गएकोले हु.प्र.बाट थामी प्रतिउत्तर गर्न आएको छु । बिक्री भएको अचल सम्पत्ति हकवालाले निखन्ने सम्बन्धमा लेनदेन व्यवहारको ११ नं.ले सबैभन्दा नजीकको सन्धीसर्पन पर्ने हकवालाले मात्र निखन्न पाउने कानुनी व्यवस्था छ । विपक्षी वादी मेरा दाताको श्रीमती हुन् भने पनि निजको उक्त जग्गा निखनाई पाउनुको लागि साँध सीमाना जोडिएको भनी आफ्नो उजूरी निवेदनमा उल्लेख गर्न सक्नु नभएको र विपक्ष लेनदेन व्यवहारको ११ नं