निर्णय नं. ४५८९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/१२ २७५१ निर्णय नं. ४५८९ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं.९८६ आदेश भएको मिति: २०४९।७।१२।४ मा रिट निवेदक: धनुषा जिल्ला हुलाक कार्यालयका खरिदार काशिकान्त मिश्र विरुद्ध विपक्षी : जि.सर्लाही वयलवास इलाका हुलाक कार्यालयमा कार्यरत रामाशिष शाह विषय : उत्प्रेषण (१) अर्धन्यायिक निर्णय गर्ने कार्य अन्य अधिकारीको राय विचारलाई समर्थन गर्ने कार्य नभई निर्णयकर्ता स्वयंले न्यायिक विवेक प्रयोग गरी न्याय र कानुनका मान्य तौर तरीका बिधि पुर्याएर निष्कर्षमा पुग्नु पर्ने । (प्रकरण नं. १०) (२) टिप्पणी प्रकृतिका निर्णय प्रशासनिक कार्यसंग सम्बन्धित विषयमा हुन्छ, यस्तो प्रकृतिको प्रशासकीय निर्णय प्रशासनिक नीति निर्देशन समेतको आधारमा समेत गर्न सकिने । (प्रकरण नं. १०) (३) विशुद्ध प्रशासकीय निर्णयमा कुनै नागरिकको हकहितमा असर पर्ने हुँदैन, त्यस्तो असर पर्ने भएमा असर पर्ने व्यक्ति समेतलाई बुझी उसको कुरा सुनेर उसले पेश गरेको प्रमाण समेतलाई आधार बनाई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) (४) बढुवा समितिले नियम र संबद्ध फाइल कागजको आधारमा निवेदकलाई समेत बढुवाको लागि सिफारिश गर्ने गरेको निर्णय यो यति कारणले नियम विपरीत भयो भन्ने कुराको आधार सहित आफूले बढुवा पाउनु पर्ने जिकिर लिई परेको उजूरी पुनरावेदन प्रकृतिको हुने हुँदा त्यस्तो उजूरी सुन्न पाउने अधिकार प्राप्त अधिकारी स्वयंले नै हेरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) (५) आफैले निर्णय नगरी अर्काले राय व्यक्त गरी उठाएको टिप्पणीमा समर्थनसम्म जनाएको देखिएकोले उक्त निर्णय र सो अनुरुप प्रकाशित गरिएको संशोधित नामावली सूचना समेत त्रुटिपूर्ण देखिँदा उक्त निर्णय एवं सूचना समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलि अकबर मिकरानी आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक २०२७।११।१४ मा विकास तर्फको रा.प.अं. द्वितीय श्रेणी खरिदार सरहको पदमा नियुक्ति पाई २०३४ साल माघ देखि साधारणमा परिणत भई हाल सम्म सोही पदमा काम गरी रहेकोमा २०४५।९।१९ को गोरखापत्रको सूचना अनुसार २०४५ असार मसान्त सम्म अवधि पुग्ने संभाव्य उम्मेदवारहरुबाट रा.प.अं. प्रथम श्रेणीको पदमा बढुवाको लागि दर्खास्त आव्हान गरियो सो अनुसार म समेतबाट परेका दर्खास्त उपर छानबीन गरी मिति ०४६।१।२५ मा जनकपुर अञ्चल अदालतका अञ्चल न्यायाधीशको अध्यक्षतामा बसेको बढुवा समितिले मिथिला विहारी बर्मा र म निवेदकको नाम बढुवाको लागि सिफारिश गर्ने निर्णय गर्यो सो निर्णय उपर विपक्षी रामाषिस शाहले चित्त नबुझी पुनरावेदन गर्नु भएछ र मिति ०४६।८।१२ मा जनकपुर अञ्चलाधीश कार्यालयबाट म निवेदकले पाएको बढुवा सिफारिश रद्द गरी विपक्षी रामाषिस शाहलाई बढुवा गर्ने निर्णय भएको सूचना मिति २०४६।१०।२ मा प्रकाशित भएबाट मलाई जानकारी हुन आयो । ३. नि.से.नि. ३.५ (१०) मा बढुवा समितिको निर्णय संशोधन गर्नु परेमा नामवली पहिलो पटक प्रकाशन भएका मितिले ३ महीना ननघाई संशोधित नामावली पुनः प्रकाशित गर्नु पर्ने व्यवस्था भएकोमा