निर्णय नं. ४५९० - अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५९० - अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०५/२२ २८२८ निर्णय नं. ४५९० ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय २०४७ सालको फौ.पु. नं.२५० फैसला भएको मिति: २०४९।५।२२।२ मा पुनरावेदक/वादी: का.न.पा. वा.नं.३१ बस्ने कमलकुमार गर्ग विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार राजश्व अनुसन्धान महाशाखा मुद्दा : अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार (१) अभियोगबाट सफाई पाउनु पर्ने भन्ने कुराको सबूद कानुनी व्यवस्था अनुसार प्रतिवादीले गुजार्न नसकेको भनी कसूरदार कायम गर्न मिल्ने हुँदैन । अभियोग प्रमाण वादी पक्षबाट आउनै पर्दछ अभियोग प्रमाणित हुने प्रमाणको अभाव छ भने सबूद दिने दायित्व भएको प्रतिवादीले सफाईको सबूद दिन नसकेको भनी अभियोग प्रमाणित गर्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्धान अधिवक्ता श्री बाबुराम कुवंर विपक्षी/वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.केशवप्रसाद उपाध्याय १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :– २. मिति २०४२।४।१४ गतेको दिन इण्डियन एयर लाइन्सको जहाजबाट दिल्लीतर्फ जान लागेको एम.आर. शर्माको ब्याग पोकाहरु चेक गर्दा निजको ब्याग र कागजको कार्टुन र काठको बाकस समेतबाट भारतीय रुपैयाँ रु. ५,००,८००।– पाँचलाख आठसय फेला परेको भन्ने समेत व्यहोराको मौका मुचुल्का । ३. भारतको दिल्ली जाने यात्रु एम.आर.शर्माले लुकाई छिपाई लान लागेको भारतीय रुपैया ५,००,८००।– फेला परेकोले यसै साथ दाखिल गरेको छु भन्ने समेत व्यहोराको ग.नि.दानबहादुर चन्द्र समेतले विशेष अधिकृत अनुन्धान रा.अ.महाशाखामा चढाएको प्रतिवेदनपत्र । ४. इण्डियन एयर लाइन्सको हवाई जहाजको नं.०९२२७५६ को टिकटमा लेखिएको एम.आर. भन्ने मेरो नाम हो । भारतीय रुपैयाँ ५,००,८००।– म बाट बरामत भएको हो । हवाई जहाजको टिकट ईन्द्रचोक रेडिमेड कपडाको पसल थाप्ने बागबजार बस्ने मेरो साथी कमलकुमार गर्गले ट्राभल एजेन्सीबाट खरीद गरी दिएको हो भन्ने समेत व्यहोराको भगतरामले अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत समक्ष गरेको बयान कागज । ५. मिति २०४२।४।१४ गतेमा भगतुरामबाट बरामत भएको भारतीय रुपैया ५,००,८००।– मध्ये दिल्लीका साडी व्यापारी पुनमचन्द्र गुप्ता १०।१५ दिन अगाडि काठमाडौं आउँदा साडीको बिक्रीबाट उठेको रु.१,५०,०००।– मेरो मानिस भगतुरामबाट पठाई दिनु भनी मलाई छाडी गएको रुपैयाँ हो र बाँकी भारती रुपैयाँ ३,५०,०००।– मेरो डाँफे प्लाष्टिक उद्योगको लागि मेसिनरी खरिद गर्न निज भगतुरामलाई मैले दिई पठाएको रकम हो भन्ने समेत व्यहोराको कमलकुमार गर्गले अर्थ मन्त्रालय रा.अ.महाशाखाका विशेष अधिकृत समक्ष गरेको बयान कागज । ६. इजाजत प्राप्त संख्या निकाय वा व्यक्तिबाट भारतीय रुपैया प्राप्त गरेको नभई अन्य तरीकाले संचालन गरेको भारतीय रुपैयाँ नेपाल राष्ट्र« बैंकको स्वीकृत बेगर नेपाल बाहिर पठाई कमलकुमार गर्गले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र दफा ५(२) विपरीत काम गरेको र भगतुराम शर्माले समेत सोही ऐनको दफा ५(२) को विपरीत काम गरेकोले निजहरु उपर सोही ऐनको दफा १७(१) बमोजिम सजायँ गरी बरामद भारतीय रुपैयाँ ५,००,८००।– मध्ये भा.रु. ५,००,४००।– न