निर्णय नं. ४५९१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५९१ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०५/२४ २३९६ निर्णय नं. ४५९१ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय २०४९ सालको रिट नं २४२१ आदेश भएको मिति: २०४९।५।२४।४ मा निवेदक : कारागार शाखा, स्याङजामा थुनामा रहेको कर्णबहादुर खाण विरुद्ध विपक्षी : स्याङजा जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) रिट क्षेत्रबाट ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा तथ्यमा प्रवेश गरी सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) मुद्दाको पूर्पक्षको लागि थुनामा रहेको अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा बदर गर्दै जाने हो भने तल्लो तहका अदालतबाट कानुन अनुरुप भएका आदेशको औचित्य नै नरहने हुँदा प्रस्तुत विषयमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णबहादुर थापा, विद्वान वैतनिक अधिवक्ता श्री लब मैनाली विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री अलि अकबर मिकरानी आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ :– २. मिति २०४८।१०।६ मा जाहेरवाला कुस्माखर पौडेलले निजको बाबुलाई म निवेदक र छोरा मदनले बाँधछाँद गरी कुटपीट गरेको र सोही कारणबाट बाबु त्रिलोचनको मृत्यु भएकोले कारवाही गरी पाउँ भन्ने जाहेरी परी म अधिकार प्राप्त अधिकारी समक्ष समेत मृतकलाई कुटपीट गरेकोमा इन्कार रही बयान गरेको र मृतकको मानसिक स्थिति असन्तुलन भएको स्थितिमा मिति २०४८।१०।६ का राती आफू सुतेको धंसारबाट खसी ३, ४ गज तल पुगी सोही धनसारबाट खसी लडेका कारणबाट टाउकोमा चोट लागी मृत्यु भएको भनी पोष्टमार्टम रिपोर्ट, लाश जाँच प्रकृति मुचुल्का मेघनाथ, यज्ञप्रसाद समेतको कागजबाट मृतक उक्त रात ११ बजे घर धनसारबाट लडेको हामीले बोकेर आँगनमा ल्याएको भन्ने स्पष्ट देखिंदा देखिंदै सरजमीनका केही व्यक्ति जुन मेरा विरोधी छन् तिनीहरुको झुठ्ठा सरजमीनको आधारमा मलाई कसूर गरेको भनी १३(३) बमोजिम सजायँको माग दावी लिई प्रहरी प्रतिवेदन दायर भएकोमा म निवेदक पूर्ण इन्कारी भएकोमा स्याङ्जा जिल्ला अदालतबाट अ.बं. ११८(२) बमोजिम पूर्पक्षको लागि थुनामा राख्ने आदेश भएकोले थुनामा छु । उक्त आदेश बेरितको भएकोले बदर गरी तारेखमा रही मुद्दाको पूर्पक्ष गर्न पाउँ भन्ने पुनरावेदन अदालत पोखरामा अ.बं. १७ नं.बमोजिम निवेदन दिई कैफियत प्रतिवेदन समेत माग भई मिति २०४९।१।५ मा संयुक्तइजलासबाट शुरुको आदेश मनासिब छ निवेदन जिकिर पुग्न सक्दैन भन्ने आदेश गैरकानुनी एवं त्रुटिपूर्ण भई मेरो संवैधानिक वैयक्तिक स्वतन्त्रताको हक समेत गुम्न गई अन्यायमा परेको छु । ३. मैले कुटपीट गरेको भन्ने कुरा कतैबाट देखिएको छैन र जाहेरवालाले आफूले बाबु त्रिलोचनलाई मिति २०४८।१०।६ गतेको बेलुकी घरमा लैजाँदा टाउको शरीरमा कुनै घाउ खत थिए भन्न सक्नु भएको छैन । पोष्टमार्टम रिपोर्ट समेतबाट खुल्न नसकेको कुरालाई अदालतबाट मुख्य प्रमाणलाई गौण बनाई भएको निर्णय गैरकानुनी छ । म उपरको प्रहरी प्रतिवेदन नै कानुनसंगत छैन । ज्यानसम्बन्धीको १० नं.को म्यादभित्र ज्यान मरेको भनी ऐ. १ नं.विपरीत कसूर मान्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा छँदै छैन । न्याय प्रशासन ऐन, २०४८ ले जिल्ला अदालतले गरेको निर्णयमा एक तह मात्र निवेदन