निर्णय नं. ४५९२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५९२ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/२६ ६७५२ निर्णय नं. ४५९२ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४८ सालको रिट नं.२२७४ आदेश भएको मिति: २०४९।७।२६।४ मा निवेदक : कारागार शाखा पर्सामा थुनामा रहने देवनन्दन महतो कोइरीको हकमा सेवक दास तत्मा विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, कारागार शाखा पर्सासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) आरोपित कसूर गरेको प्रमाण तत्काल विद्यमान भए नभएको आधारमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्ने । (प्रकरण नं. १४) (२) निवेदक उपर ज्यानसम्बन्धी महलको १७(२) नं.अन्तर्गत ज्यान मार्न संयोग पारी दिएको भन्ने अभियोग लगाई मुद्दा चलाएको देखिएको तर सो संयोग पारिदिने यो यस्तो कार्य निवेदकले गरेको, यो यस्तो तत्काल प्राप्त प्रमाणबाट देखिएको भन्ने शुरु जिल्ला अदालतको आदेशमा उल्लेख भएको नदेखिंदा उक्त आदेश कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १४) (३) निवेदकको के कस्तो कार्यबाट मृतकको ज्यान मार्नमा संयोग परेको भन्ने उल्लेख नभएको जाहेरी दर्खास्तलाई आरोपित कसूर गरेको देखिने तत्काल प्राप्त प्रमाण मान्न कानुनसंगत हुने नदेखिने । (प्रकरण नं. १४) (४) थुनछेकको आदेश गर्दा प्रत्येक अभियुक्तहरुले यो यस्तो अपराधजन्य कार्य गरेको भन्ने कुराको प्रतिव्यक्ति प्रमाण हुनु पर्ने यी निवेदक समेतका प्रतिवादीहरुका सम्बन्धमा केवल गोश्वारा रुपमा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको हुँदा थुनामा राखी पूर्पक्ष गर्नु भन्ने आदेश भएको समेत अ.बं. ११८(२) नं.को मनसाय अनुकूल नदेखिने । (प्रकरण नं. १४) (५) निवेदकलाई अभियोगसंग प्रत्यक्ष रुपले सम्बन्धित तत्काल प्राप्त प्रमाणहरुको अभावमा अ.बं. ११८(२) नं.अन्तर्गत थुनामा राखी मुद्दाको पूर्पक्ष गर्ने गरेको जिल्ला अदातलको आदेश र सो लाई सदर गरेको पुनरावेदन अदालतको आदेश समेत त्रुटिपूर्ण भई त्यस्तो त्रुटिपूर्ण आदेशको आधारमा निवेदकलाई थुनामा राख्ने गरेको गैरकानुनी देखिंदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लबकुमार मैनाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता अलिअकबर मिकरानी आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी नं.४ र ५ ले मृतक रामदास गिरीको मृत्यु सम्बन्धमा म निवेदक समेतको नाम जाहेरीमा उल्लेख गरी जि.प्र. का मा झुठ्ठा उजूरी गरी म पक्राउ भई ०४८।२।२४ मा मैले निर्दोषिता व्यक्त गर्दै बयान गरे, म उपर ज्यानसम्बन्धी महलको १७(२) अन्तर्गतको दावी लिई प्रहरी प्रतिवेदन दर्ता भई थुनछेक आदेश हुँदा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको भनी अ.बं. ११८ को (२) आकर्षण गरी थुनामा राखी पूर्पक्ष गर्ने आदेश भए उपर अ.बं. १७ नं.अन्तर्गत विपक्षी नं.३ मा निवेदन गर्दा पनि विपक्षी नं.२ को आदेश सदर भयो । ३. जाहेरीमा मृतकको मृत्यु ०४८।१।१२ गते राती अं. ८ बजे २० जनाको हुलले घेरी कुटपीट गरेको कारणले भएको भन्ने उल्लेख, सो राती अध्यारो हुनाले हुलमा कसैले कसैलाई देख्ने चिन्ने स्थिति आउँदैन । निवेदक एवं जाहेरवाला तथा मृतक बीच कुनै झगडा विवाद थियो भन्ने जाहेरीमा नभएको, जाहेरीमा मुछिएका अन्य प्रतिवादीले प्रहरी एवं अदाल