निर्णय नं. ८५८३ - पर्ती जग्गा नामसारी गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५८३ - पर्ती जग्गा नामसारी गरी भ्रष्टाचार गरेको भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/०५/२९ १०९३४ निर्णय नं. ८५८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६३ सालको CR–०२३४, ०२८७, ०२८८ फैसला मितिः २०६७।५।२९।३ मुद्दा : पर्ती जग्गा नामसारी गरी भ्रष्टाचार गरेको । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं.६ बस्ने दुर्गादत्त सिग्देल विरुद्ध विपक्षी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत मधुसुदन भट्टराईको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला, शंकरनगर गा.वि.स.वडा नं.३ बस्ने नारायणप्रसाद सापकोटा समेत विरुद्ध विपक्षी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत मधुसुदन भट्टराईको प्रतिवेदनले नेपाल सरकार रुपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं.८ बस्ने अनिल श्रेष्ठ समेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत मधुसुदन भट्टराईको प्रतिवेदनले नेपाल सरकार शुरु फैसला गर्नेः अध्यक्ष मा.न्या.श्री भूपध्वज अधिकारी सदस्य मा.न्या.श्री कोमलनाथ शर्मा सदस्य मा.न्या.श्री चोलेन्द्र शमसेर ज.ब.रा. § कसैको नाममा दर्ता नभएको जग्गा सार्वजनिक पर्ती, ऐलानी जे जस्तो नाम दिएको भए पनि त्यस्तो जग्गा आफ्नो नाममा दर्ता गराउने कार्य रीतपूर्वकको मान्न नसकिने । § आफ्नो नाममा विधिवत् रुपमा आउन नसक्ने तथा अदालतले समेत हक स्थापित गराई दिन नसकेको जग्गालाई जबरजस्ती आफ्नो नाममा ल्याउने प्रयास गर्ने कार्य असल नियत साथ गरेको भन्न नमिल्ने । (प्रकरण नं.४) § एक जिम्मेवार अधिकारीले वस्तुस्थिति एवं प्रमाण बुझी कानूनबमोजिम गर्नुपर्ने कार्य कसैले भन्यो भनेर प्रमाण वुझ्दै नवुझी गर्दछ भने त्यस्तो कार्यको जिम्मेवारी आफूले नै लिनुपर्ने । § कुनै ठोस आधार र कारण बिना नै आफूले गरेको कार्यको जिम्मेवारी अर्कैमा सार्ने र सो कार्यबाट त्यस्तो अधिकारीलाई उन्मुक्ति दिने हो भने प्रशासनिक उत्तरदायित्व एवं जवाफदेहितासम्बन्धी अवधारणामा नै नकरात्मक असर पर्न गई कर्मचारीहरूमा वेथिति एवं गैरजिम्मेवारपन नबढ्ला भन्न नसकिने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्तात्रय श्री गोकर्णसिँह थापा, र श्री हरिकृष्ण कार्की र श्री जनार्दन बन्जाडे विपक्षी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापा र विद्वान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८, १६क, ग र २९ नं. फैसला न्या.कल्याण श्रेष्ठः विशेष अदालत काठमाडौंको मिति २०६३।३।१८ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– बुटवल नगरपालिका वडा नं.६ को पूर्व सिद्धार्थ राजमार्ग, पश्चिम सडक, दक्षिण लक्ष्मण नेपालको जग्गा यति ४ किल्लाभित्रको सार्वजनिक जग्गासमेत अन्दाजी विगाहा ०–४–५–० जग्गामध्ये केही जग्गामा शोभा बोर्डिङ्ग स्कुलसमेत सञ्चालन रहेको र उक्त चौकिल्लाभित्रको केही जग्गा विभिन्न व्यक्तिका नाउँमा बुटवल नगरपालिका र ६ नं.वडा समेतले अख्तियारको दुरुपयोग गरी अनियमित सिफारिश गरे गराए भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी, बुटवल नगर समितिको ध्यानाकृष्ट भै श्रीमती माया गुरुङ्