निर्णय नं. ६१९० - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१९० - अंश दपोट भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०६/१८ ३७९३ निर्णय नं. ६१९० ने.का.प. २०५३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा २०५० सालको दे.पु.इ. नं. ....... ४० फैसला मितिः- २०५२।९।२८ मुद्दा: अंश दपोट । पुनरावेदक/प्रतिवादीः- जिल्ला ललितपुर, ललितपुर नगर पञ्चायत वडा नं. २ सानेपा बस्ने रत्नमान तण्डुकार । ऐ.ऐ. बस्ने बाबुकाजी तण्डुकार ऐ.ऐ. बस्ने अन्तरमाया तण्डुकार विरुद्ध विपक्षीः- ऐ.ऐ. घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं नगर पञ्चायत वडा नं. १२ टेकू डेरा गरी बस्ने सक्कली माया तण्डुकारको मु.स. गर्ने ललितपुर नगर पञ्चायत वडा नं. २ सानेपा बस्ने प्रेम विक्रम हमाल । ऐ.को मु.स. गर्ने काठमाडौं नगरपालिका वडा नं १९ ढोकाटोल बस्ने सन्तोष शर्मा । ऐ.ऐ.को मु.स. गर्ने ऐ.ऐ.बस्ने अमरनाथ शर्मा । ऐ.को सकार गर्ने ऐ. वडा नं. १३ ताहाचल बस्ने शिला ज्ञवाली । ऐ.को मु.स. गर्ने वडा नं. १२ टेकू बस्ने भीमनारायण श्रेष्ठ । ऐ.ऐ.को मु.स. गर्ने ऐ.ऐ.बस्ने नन्दा थापा । ऐ.ऐ.को मु.स. गर्ने ऐ.ऐ.बस्ने राममाया श्रेष्ठ । ऐ.ऐ.को मु.स. गर्ने ऐ. वडा नं. १४ कुलेश्वर बस्ने रन्जु मैनाली । ऐ.ऐ.को मु.स. गर्ने ऐ. वडा नं. २ लाजिम्पाट बस्ने निर्मला थापा । अंश मुद्दामा वादी प्रतिवादी दुबै पक्षसंग तायदाती फाँटवारी माग्नुको मूल तात्पर्य दुवै थरीले आ-आफ्नो जिम्मा जानकारीमा रहेको सम्पत्तिको विवरण पेश गरुन् भन्ने हुँदा फाँटवारी पेश गर्ने दायित्व वादी प्रतिवादी दुवै पक्षको रहने । (प्र.नं.१५) अंश मुद्दा भन्दैमा सम्पत्तिको विवरण पेश गर्ने दायित्व एक पक्षको उपर मात्र रहन्छ भनी अर्को पक्षको दायित्वलाई नजर अन्दाज गर्न नमिल्ने । (प्र.नं. १५) अंश दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति अर्को पक्षले दपोट गर्‍यो भनी कुनै पक्षले दाबी लिन्छ भने सो सम्पत्ति अंश मुद्दाको तायदाती फाँटवारी दाखेल गर्ने कारवाहीको अवस्थामा दाबी गर्ने पक्षको जानकारीमा थियो थिएन ? अर्को पक्षले अंशियारको हक मेटाउने नियतले उक्त सम्पत्ति निजले दबाए छिपाएको अवस्था देखिन्छ देखिदैन ? भन्ने तर्फ समेत विचार गर्नु पर्ने । (प्र.नं. १५) अंश मुद्दाको तायदातीमा अर्को पक्षले कुनै सम्पत्तिको विवरण पेश गरेन भनी कसैले अंश दपोटमा दाबी लिंदैमा त्यो दपोट ठहर्ने अवस्था नहुने । (प्र.नं. १५) अंश मुद्दाका प्रतिवादी यी पुनरावेदकको नाउँमा दर्ता समेत नरहेको विवादित सम्पत्तिहरु प्रतिवादीको तायदातीमा उल्लेख नभएको भन्ने कारणबाट मात्र निजले दपोट गरेको ठहराउन सर्वोच्च अदालतले अवलम्बन गर्दै आएको सिद्धान्तबाट समेत मिल्ने नदेखिने । (प्र.नं. १६) पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली अबलम्बित नजीरः- मेहरमान खड्गी विरुद्ध हिरामान (ने.का.प. २०२६, नि.नं. ४६३, अंक २, पृष्ठ ४१ फुलबेन्च), कृष्ण कुमारी श्रेष्ठ विरुद्ध मंगलदास मरी मु.स. गर्ने केदार श्रेष्ठ (ने.का.प. २०४६, अंक ८, पृष्ठ ८१३ पूर्ण इजलास), भरत बहादुर विरुद्ध मनहरि रोक्का (ने.का.प. २०४५, अंक ८, पृष्ठ ८२८), दिल बहादुर विरुद्ध चिनिया माया समेत (ने.का.प. २०४८, पृष्ठ १७) मा प्रतिपादित सिद्धान्त । फैसला न्या. केशव प्रसाद उपाध्यायः- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार