निर्णय नं. ४५९४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५९४ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०६/२५ २५९३ निर्णय नं. ४५९४ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं.१०८६ आदेश भएको मिति: २०४९।६।२५।१ मा निवेदक : जि.का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने हिरामान श्रेष्ठ विरुद्ध प्रत्यर्थी : तनहुँ जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) जबरजस्ती करणी मुद्दामा लागेको कैद भोगी रहेको अवस्थामा कैदबाट भागेपछि डाँका ज्यान मुद्दामा फैसला भई सजायँ भएको भन्ने जिल्ला अदालतको लिखितजवाफबाट देखिएको हुँदा सो मुद्दामा लागेको कैद ठूलो खतमा गाभिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८) अवलम्बित नजीर: वीरबहादुर थापा मगर विरुद्ध ललितपुर जिल्ला अदालत समेत भएको उत्प्रेषणको रि.पु.नं.५६ मा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. वादी श्री ५ को सरकार प्रतिवादी निवेदक भएको जबरजस्ती करणी मुद्दामा २०३३ सालमा कैद वर्ष ११ गर्ने फैसला भई ०३३।७।९ देखि थुनामा रहेको कलम एक हे.क. भुपाल सिंहको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको डाँका ज्यान मुद्दामा ०३८।७।४ मा कैद वर्ष ६ र जरीवाना रु. ५,२८६।– हुने भनी गरेको फैसलाको कलम एक र जि.का. कारागार शाखा तनहुँको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको थुनुवा भागे भगाए भन्ने मुद्दामा कैद वर्ष ४।१०।२३ हुने भनी मिति ०३८।७।२४ मा फैसला भएको कलम १ गरी उपरोक्त फैसला बमोजिम कैद म्याद ठेकी पठाउँदा ठूलो खत लागी जरिवाना कैद भएकोमा द.स. को ८ नं.बमोजिम खत नखापिने भएकोले जबरजस्ती करणी मुद्दामा लागेको कैद वर्ष ११ हुने हुँदा निवेदक ०३६।५।१४ देखि थुनामा रहेकोले ०४७।५।१३ सम्म कैदमा राख्ने गरी प्रत्यर्थी अदालतले ०३८।८।३० गते निवेदकको नाउँमा कैद म्याद ठेकूवा पुर्जी र प्रत्यर्थी कारागारलाई सोही बमोजिमको कैद ठेक्ने आदेश पत्र पठाएको थियो । तत्पश्चात जबरजस्ती करणी मुद्दामा कैद वर्ष ११ ठेकिएकोमा भुक्तान गरेको कटाई बाँकी कैद वर्ष ८।२।२४, थुनुवा भागे भगाए भन्ने मुद्दामा डेढी थप भएको कैद वर्ष ४।१।१२ र डाँका ज्यान मुद्दामा कैद वर्ष ६ र जरिवाना रु. ५,२८६।– समेत जम्मा कैद वर्ष १८।४।६ र जरिवाना रु. ५,२८६।– भएको द.स. को ४१ नं.बमोजिम कैद ठेक्न लेखी पठाएकोमा ज्यान डाँका मुद्दाको कैद वर्ष ६ जरिवाना रु. ५,२८६।– को कैद वर्ष ४ र कारागारबाट भागेको मुद्दामा १० समेत कैद वर्ष २२।४।६ ठेकी ०३६।५।१४ देखि थुनिएको ०५८।९।२० मा छुट्ने गरी कैद ठेकिएको कैदी पुर्जी पठाइदिनु भनी जि.का. कारागार शाखाको पत्र बमोजिम कैदी पुर्जी दिइएको छ भनी ०३९।५।२८ गते प्रत्यर्थी अदालतबाट पुनः निवेदकको नाममा कैदी पुर्जी दिइएको छ । ३. अदालतबाट कानुन बमोजिम रीत पुर्‍याई थुन्न वा कैद गर्न पठाएको व्यक्तिलाई कारागार कार्यालयले बुझी लिई कैदमा राख्नु पर्ने र रीत नपुर्‍याई थुन्न वा कैद गर्न पठाइएकोमा बुझिलिई पुर्जी बमोजिम कैदमा राखी रीत नपुगेको कुराहरु खोली रीत पुर्‍याउनका लागि सम्बन्धित अधिकारी समक्ष कारागारले लेखी पठाउनु पर्ने व्यवस्था कारागार ऐन, २०१९ को दफा ४(१)(२) मा गरिएको, सो बमोजिम नगरी उपरोक्त बमोजिम अदालतलाई निर्देश गर्ने अधिकार प्रत्यर्थी कार