निर्णय नं. ४५९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५९५ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४९/०७/०२ २५३९ निर्णय नं. ४५९५ ने.का.प. २०४९ (ख) अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४९ सालको फौ.सा.नं.५४ फैसला भएको मिति: २०४९।७।२।१ मा वादी: हरिप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: पाँचथर सल्लेरी गा.वि.स. वा.नं.७ बस्ने वासुदेव न्यौपानेसमेत मुद्दा : कर्तव्य ज्यान (१) किटानी जाहेरी दर्खास्त, लास प्रकृति मुचुल्का, अख्तियार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीहरुको बयान, सरजमीन मुचुल्का समेतका प्रमाणबाट निज प्रतिवादीहरुले खुकुरी प्रहार गरी मृतकलाई मारेको प्रमाणित हुन आएको हुनाले निजहरुलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको जिल्ला अदालतको निर्णय मनासिब ठहराएको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्रकरण नं. २९) (२) प्रतिवादीहरुलाई सजायँ गर्दा अपराधको मात्रालाई ध्यान दिनु पर्ने हुन्छ अपराधको मात्रा निर्धारण गर्नमा प्रतिवादीहरुको अपराध मनसायले गहन भूमिका खेल्ने समेत हुन्छ । अतः प्रतिवादीहरुको मृतकलाई मार्ने सम्मको मनसाय भएको देखिन नआएको स्थितिमा निजहरुलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा १० वर्ष मात्र कैद गर्नु पर्ने भनी शुरु र पुनरावेदन अदालतबाट व्यक्त भएको राय समेत मनासिब ठहर्ने । (प्रकरण नं. ३०) फैसला न्या.कृष्णजंग रायमाझी १. पुनरावेदन अदालत विराटनगरको फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ०४६।१।१५ गते राती मेरो वर्ष २० को छोरा कविन्द्र श्रेष्ठलाई निजले काम गर्ने मिलको डीही घर छेउमा खेतमा कसले काटी मारी फालेछन् । कर्णाखर न्यौपाने, वासुदेव न्यौपाने, राजकुमार श्रेष्ठ, फनिनाथ बन्जारा समेतले मारेकोमा शंका लागेको हुँदा कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. दुबै खुट्टाको सबै औंलाहरु नभएको, बायाँपट्टी कानको बीच भागबाट धारिलो हतियारले काटिएको, चिउडोमा ५१२ ” लम्बाई १” चौडाईको काटिएको चोट, किलकिलेमा ३” लम्बाई १” चौडाई काटिएको, बायाँ कुममा ५”, २” को काटिएको हड्डी निस्किएको बायाँ पाखुरामा कुहिना माथि ३” ३” चोट सो मुनि नाडीमा ४”२” को चोट सो नजिकै ११२ ” को बायाँ कोखामा ५”२” को चोट भई भित्रको करंग देखिएको दाहिने पट्टिको कुममा ४”३” को चोट भई हड्डी देखिएको मुटु तर्फ १२ ” चोट देखिएको, बायँपट्टिको करंग ६ वटा काटिएको, आन्द्रा भुँडी समेत १ फिट उत्तरमा छरिएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. धेरै काटिएको घाउ भई रगत बगेर मृत्यु भएको भन्ने लास जाँचको रिपोर्ट । ५. बासुले कविन्द्रलाई कुट्न जाउँ भनेकोले म, शहरध्वज र राजकुमार बासुको पछि लागेको, बासु कविन्द्र सुत्ने कोठामा गए, म तल कुलामा र म भन्दा माथि केही पछाडि शहरध्वज थिए, कोठामा भ्वाक्क गरेको आवाज सुनें, वासुले कविन्द्रलाई काटेछन्, कविन्द्र टाउको बांगो पार्दै तल झरे, म र शहरध्वज छेक्न कुद्यौं, राजकुमार एकापट्टिबाट कुद्यो, वासु कविन्द्रको पछि पछि खुकुरी लिएर कुदे । अगाडि साँगुमा कविन्द्र लड्यो बासुले ३/४ पटक खुकुरीले काटे, शहरध्वजले ४/५ पटक काटे होला, मैले वासुको हातको नांगो खुकुरीले ५/६ चोटी ढाड पट्टी काटेको, राजकुमारले काटेनन्, रगत लागेको सर्ट खोलामा ढुंगाले थिची राखेको हो भन्ने समेत प्रहरी समक्ष भएको फनिनाथ बन्जाराको बयान । ६. कविन्