निर्णय नं. ६१९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१९१ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०३/१३ २८२२ निर्णय नं. ६१९१ ने.का.प. २०५३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे २०५१ सालको रि.पु.इ. नं. ....... ५९ आदेश मितिः- २०५३।३।१३।५ विषय: उत्प्रेषण । निवेदकः- काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. १ बस्ने उपेन्द्रनाथ उपाध्याय । ऐ.ऐ. बस्ने महेन्द्रनाथ उपाध्याय विरुद्ध विपक्षीः- गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौं । गुठी संस्थान गुठी लगत तथा तहसील कार्यालय । मालपोत कार्यालय, डिल्लीबजार । काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ३ बस्ने माहिला नकर्मी । श्री भक्त हेमेश्वर, हेम भक्तेश्वर सान्त बालेस्वर समेत श्री ३ शिवालय क्षेत्रपाटी । गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले गुठी अधिनस्थ जग्गाको बन्दोबस्त गर्ने सम्म व्यवस्था गरेको तर गुठी जग्गाको मोहियानी हकको तेरो मेरो परेकोमा सो विषयको निर्णय गर्ने अधिकार गुठी संस्थानलाई प्रदान गरेको नदेखिने । (प्र.नं.९) यस अदालत संयुक्त इजलासबाट सम्वत् २०४९ सालको दे.पु.नं. ७१६, ७९९ पुनरावेदक प्रतिवादी गणेश बहादुर गिरी विरुद्ध कालु गिरी भएको निर्णय बदर मुद्दामा गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले मोही विवादमा निर्णय गर्ने अधिकार गुठी कार्यालयलाई नभएको भनी सिद्धान्त समेत प्रतिपादन भई सोही बमोजिम निर्णय समेत भई रहेको देखिन आउँछ । साथै माथि उल्लेख गरिएको कानूनी प्रावधानबाट गुठी जग्गाको मोहियानी हकको तेरो मेरो सम्बन्धी विवादको निरोपण गर्ने अधिकार गुठी संस्थानलाई भएको देखिन नआउने । (प्र.नं. ९) भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३१(क) ले मोहियानी हकको तेरो मेरो सम्बन्धी विवादको निर्णय गर्ने अधिकार भूमि सुधार अधिकारीलाई प्रदान गरेको सो दफाले गुठीको जग्गालाई बाहेक गरेको समेत देखिन नआएबाट गुठी जग्गाको हकमा समेत सबूद प्रमाण बुझी मोही सम्बन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमि सुधार अधिकारीलाई भएको मान्नु पर्ने । (प्र.नं. ९) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री मोहन कृष्ण खरेल विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद अबलम्बित नजीरः- संयुक्त इजलासबाट सम्बत् २०४९ सालको दे.पु.नं. ७१६, ७९९ पुनरावेदक प्रतिवादी गणेश बहादुर गिरी विरुद्ध कालु गिरी भएको निर्णय बदर मुद्दामा प्रतिपादित सिद्धान्त । उत्प्रेषण न्या. केशव प्रसाद उपाध्यायः- सर्वोच्च अदालत नियमावलीको नियम ३(१)(ख) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः- 2. हाम्री फुपु दिव्य कुमारीले भक्त हेमेश्वर, हेम भक्तेश्वर र सान्त बालेश्वर समेत श्री ३ शिवालय गुठी अन्तर्गतको जग्गा मध्ये दुई रोपनी खेत बहादुरे सार्कीबाट सम्वत् २००४ सालमा खरीद गरी गुठीमा लाग्ने पोत सालसालै बुझाउँदै भोग गर्दै आएकोमा नापीको समयमा फुपु वृद्ध हुनु भएको र हामी कर्मचारी भै बाहिर रहनु परेकोले उपस्थित हुन सकेनौ । नापीमा उक्त जग्गा जिल्ला काठमाडौं, विष्णु गाऊँ पञ्चायत वडा नं. ३ (क) कि.नं. १०३ मा नरवेसी भै तीन रोपनी चार आना कायम भएकोमा फुपु परलोक भएपछि मिति १९९८।८।२१ मा फुपु दिव्य कुमारीले गरिदिनु भएको शेष पछिको बकसपत्र अनुसार हामीले भोग गरी विपक्षी श्री ३ शिवालय क्षेत्रपाटीलाई फुपुकै नामबाट बाली बुझाई आएकोमा उक्त जग्गा नापी हुँदा तुलसी नारायणल